जिल्ला लिग फुटबल : धम्बोझी र मोडेलबीच उपाधी भिडन्त

Posted:: (4 days ago) | June 14, 2019| 80 views

 

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधीका लागि धम्बोझी क्लव र मोडेल टीम, सीगाउँ भीड्ने भएका छन् । नेपालगन्जको प्रहरी तालिम केन्द्रमा भइरहेको जिल्ला लिगमा शुक्रबार धम्बोझीले मिलन युवा क्लव, नेपालगन्ज र मोडेलले न्यू डाँफे स्पोर्टस क्लव, डीगाउँलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

धम्बोझीले मिलनलाई ४–० गोलले पराजित ग¥यो । धम्बोझीले २७ मिनेटमा विशाल थापाको गोलबाट अग्रता लिएको थियो । एक गोलले पछि परेपछि मिलनको लय बिग्रियो । त्यसको फाइदा धम्बोझीले उठायो । धम्बोझीका लागि ४४ र ५२ मिनेटमा अशोक केसी र ३८ मिनेटमा प्रितम खड्काले गोल गरे । डीएरियामा ह्याण्डबल भएपछि पाएको पेनाल्टीलाई धम्बोझीका किपर प्रितमले गोलमा परिणत गरेका थिए ।

धम्बोझी क्लबका खेलाडीहरु

धम्बोझी क्लबका खेलाडीहरु

अर्को खेलमा मोडेलले न्यू डाँफेलाई २–१ गोलले पराजित ग¥यो । प्रतिस्पर्धात्मक खेलमा मोडेलले बाजी मारेको थियो । शुरुवाती अग्रता मोडेलले नै लिएको थियो । खेलको ६ मिनेटमै राज गुरुङले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । तर, त्यो खुशी धेरैबेर टिक्न पाएन । न्यू डाँफेका सन्देश गुरुङले ९ मिनेटमा गोल गरेर बराबरी गरेका थिए । ५६ मिनेटमा मोडेलका अर्जुन सुनारले गरेको गोल निर्णायक भयो ।

मोडेल टीमका खेलाडीहरु

मोडेल टीमका खेलाडीहरु

मोडेलले भन्दा न्यू डाँफेले गोल गर्ने धेरै मौका पाएको थियो । खेलको अधिकांश समय मोडेलका रक्षापंक्ति व्यस्त थिए । न्यू डाँफेको फरवार्डलाइन मजबुत भएपनि गोल गर्न नसक्दा घर फर्किनु प¥यो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्ला लिगको उपाधीका लागि असार १ गते (आईतबार) बिहान धम्बोझी र मोडेल भीड्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*