अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता : वडा नं. ३ सेमिफाइनलमा

Posted:: (2 months ago) | June 14, 2019| 149 views

नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा न ३ सेमिफाइनलमा पुगेको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा वडा नं. ३ ले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

पहिला व्याटिङ गरेको वडा नं. ११ ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन वनायो । जसमा राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । वडा नं. ३ का बलर दिल्साद अन्सारीले ३ रिजबान अन्सारीले २ विकेट लिए ।

जबाफी व्याटिङमा आएको वडा नं ३ ले ९ दशमलब २ ओभरमा ५ विकेटको नोक्सानीमा बिजयी लक्ष्य भेट्टायो । उसका लागि गणेश छेत्रीले ३७, अक्रम सिदिकी २२, अबदुल्ला अन्सारीले २० रन जोड्दै टिमलाई जित दिलाए । वडा नं. ११ का बलर मुन्नालाल बैश्यले ३ तथा शरद चौबेले २ बिकेट लिए । खेलमा गणेश क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

64541145_445187719597360_2694707561487138816_n
यसअघि शुक्रवार भएको प्रतियोगिताको पहिलो खेल जित्दै वडा नं. २३ क्वाटर फाईनलमा प्रवेश गरेको छ । वडा नं. २३ ले वडा नम्बर १९ लाई ९७ रनले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । जसमा हफिज शेखले ५०, रफिज शेखले २७, नासीमुलाह शेखले २३ रनको पारी खेलेका थिए । १९ का बलर अंकित जैसवाल र साकार बिस्टले २ र २ बिकेट लिए ।

जवाफी व्याटिङगमा आएको वडा नं. १९ ले १३ ओभर ४ बलमा सबै बिकेट गुमाएर मात्र ५१ रन बनाउन सक्यो । उसका लागि पुर्ण बहादुर थापाले १८, अब्दुल बेहनाले १४ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन् ।

वडा नं. २३ का बलर सहिद शेखले ३ ओभरमा ७ रन दिएर ४ बिकेट लिए भने रसिद शेखले ३, हसिब शेखले २ बिकेट लिए । खेलमा सहिद शेख म्यान अफ द म्याच घोषित भए ।

cricket
शनिबार ३ वटा क्वाटर फाइनल हुनेछ । पहिलो खेलमा १२ र २२ तथा दोस्रोमा ४ र ८ तथा तेस्रोमा २३ र १५ वडाबीच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*