भोलि अन्तर वडास्तरीय क्रिकेट फाईनल

Posted:: (1 month ago) | June 17, 2019| 237 views

नेपालगन्जका सबै वडाहरुलाई समेटेर आयोजना गरिएको अन्तर वडास्तरीय क्रिकेट प्रतियोताको उपाधी भीडन्त भोलि हुँदैछ । उपाधीका लागि वडा नं. ३ र २३ बीच दिउँसो दुई बजे मंगलप्रसाद माध्यामिक विद्यालयको मैदानमा प्रतिस्पर्धा हुँदैछ ।

नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा फाईनल खेल हुने आयोजक द ग्रुप अफ सिक्स्टिनका अध्यक्ष विष्णु प्रसाद अर्यालले जानकारी दिए । प्रतियोगिताको उपाधी विजेता टीमले १ लाख नदगसहित ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफि प्राप्त गर्नेछ ।

62372179_1260387947451205_3551216798718230528_n

म्यान अफ द सिरिज हुने खेलाडीले ग्रि कम्पनीको १ टनको एयर कन्डिसन (एसी), गियर साईकल प्राप्त गर्ने छन् । बेस्ट ब्याट्सम्यानले एक सेट क्रिकेट किट, बेस्ट बलरले श्यामसङको एन्ड्रोईड मोबाईल सेट, र इमर्जिङ प्लेयरले पनि श्यामसङको एन्ड्रोईड मोबाईल सेट प्राप्त गर्ने छन् । त्यस्तै बेस्ट फिल्डरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*