वडा नं. २३ ले जित्यो अन्तर वडास्तरीय क्रिकेटको उपाधी

Posted:: (1 month ago) | June 18, 2019| 225 views

# म्यान अफ द सिरिज साहिद शेखले पाए एसी र गियर साईकल

नेपालगन्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २३ ले चुमेको छ । मंगलबार भएको फाईनलमा वडा नं. ३ बिरुद्ध रोमाञ्चक जित हासिल गर्दै वडा नं. २३ ले उपाधी चुमेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा विजेता टोली वडा नं. २३ ले वडा नं. ३ लाई १० रनले पराजित गरेको हो ।

cricket

टस जितेर पहिले व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ९२ रन जोडेको थियो । जसमा स्माइल शेखले २६, साहिद शेखले २०, आनिश शेखले १६ रनको पारी खेलेका थिए ।

वडा नं. ३ का बलर रिजवान अन्सारी, अक्रमम सिद्दिकी, मुजिब अन्सारीले समान ३/३ विकेट लिएका थिए । जवाफी व्याटिङगमा आएको वडा नं. ३ अन्तिम ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

वडा नं. ३ का आलम अन्सारीले १५ र रिजवान अन्सारीले १० रनको पारी खेले । २३ का बलर अक्रम शेख, हसिव शेख, नैसिमुल्लाह शेखले समान ३/३ विकेट लिए । फाईनलमा अक्रम सिद्दिकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा म्यान अफ द सिरिज साहिद शेख हुँदा वेष्ट बलर उपाधी २३ नं. वडाका नसिव उल्ला शेखले हात पारे । बेष्ट व्याटस् म्यान वडा नं. ८ का अस्फाक शेख हुँदा उदयीमान खेलाडीको खिताब वडा नं. ६ का उदीप भट्टराईले जिते ।

त्यस्तै बेस्ट फिल्डर वडा नं. २२ का रसिब बर्मा भए भने अनुशासित टिम वडा नं. १ घोषित भयो ।

64946727_346402696034355_2356556441151602688_n

प्रतियोगिताको विजेता वडा नं. २३ ले १ लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले वडा नं. ३ ले ५० हजार रुपैयाँ ।

क्लवका अध्यक्ष विष्णु अर्यालको सभापतित्वमा भएको समापन कार्यक्रममा बिजेता तथा उपबिजेता खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खा“, वडा नं. १० का अध्यक्ष विन्दु भुषण बस्नेत, वडा नं. ११ का अध्यक्ष उज्वल सिंह राठौंर, वडा नं. १२ का अध्यक्ष बुद्धि प्रसाद सुवेदी, वडा नं. १८ का वडाध्यक्ष दीपक बर्मा, नेपाली कांग्रेसका सभापति किरण कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा कैलपाल कलेजको सह प्रायोजन गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले प्रतियोगिताको आयोजना गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*