युक्रेनका विश्वचर्चित डिजे लिनेटा नेपालगन्ज आउँदै : स्नेहा होटलको पुल पार्टीमा जलवा देखाउने !

Posted:: (3 months ago) | June 22, 2019| 243 views

विश्वचर्चित डीजे लिनेटाको उपस्थितिमा नेपालगन्जको स्नेहा होटेलमा आउँदो सोमबार डिजे पुल पार्टी आयोजना हुने भएको छ । दिउँसो २ बजेदेखि राति १० बजेसम्म संचालन हुने डिजे पुल पार्टी एक्स जेनेरेसनले आयोजना गर्न लागेको हो भने समन्वय होटेल स्नेहा क्लार्क ईन स्वीट्सले गरेको हो ।

आयोजक एक्स जेनेरेसनका अध्यक्ष संयोग जंग शाहले शनिबार पत्रकार सम्मेलन गरेर पुल पार्टीको व्यवस्थापन चुस्त पारिने दाबी गरे । अधिकतम ३ सय ५० जनासम्म सहभागि गराईने पुल पार्टीमा प्रत्येक व्यक्तिको प्रवेश शुल्क ५ सय रुपैयाँ लाग्ने पनि शाहले बताए ।

pool party

पुल पार्टीको आकर्षण युक्रेनका डिजे लिनेटा रहने छिन् । उनी विश्वचर्चित सय डिजेमध्येकै एक भएको आयोजकको भनाई छ । लिनेटालाई साथ दिन नेपालका डिजे डिजे अर्पण, बिधान, ¥यापर सरकार, दङ्गाली ब्वाय, ट्रिक्स (बिट बक्स) को उपस्थिति रहने पनि शाहले बताए । चर्चित मोडेल पुजन थापाले पुल पार्टीमा होस्ट गर्दैछिन् ।

‘बिट द हिट’ मुख्य थिम रहेको पार्टीमा सहभागी हुने व्यक्तिका लागि स्विमिङ निशुल्क गरिएको छ । एक्स जेनेरेसनले सन् २०१५ देखि स्नेहामा प्रत्येक बर्ष पुल पार्टी आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*