भोलि नेपालगन्जमा नेपाल–भारत मैत्री संघको योग शिविर

Posted:: (4 months ago) | June 24, 2019| 179 views

विश्व योगा दिवसको अवसर पारेर नेपाल भारत मैत्री संघ बाँकेले भोलि बिहान नेपालगन्जमा योग शिविर आयोजना गर्दैछ । बीवी चोक नजिकै सुनाखरी रेस्टरेन्टको हलमा योगा शिविर आयोजना गर्न लागिएको नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष प्रदीप कुमार गुप्ताले जानकारी दिएका छन् ।
1538050190_NepalBharatFriendshipAssociation
योगगुरु गिरिराज भट्टराईले शिविरमा प्रशिक्षण दिने छन् ।  शिविरमा संघका केन्द्रीय अध्यक्ष राजकुमार सिन्धी र केन्द्रीय महासचिव श्रीपद कोइराला पनि सहभागि हुने गुप्ताले बताए । हरेक बर्ष जुन २१ तारिखका दिन विश्व योगा दिवस मनाउने गरिएपनि विभिन्न संघ/संस्थाहरुले साताव्यापीरुपमै यो दिवस मनाउने गरेका छन् । शिविर बिहान ६ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*