एकता युवा क्लबको उद्घाटनसँगै रक्तदान

Posted:: (4 months ago) | June 29, 2019| 203 views

नेपालगन्ज वडा नं. २२ पुरैनीका युवाहरुको सक्रियतामा एकता युवा क्लब स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी, वडा नं. २२ का अध्यक्ष विद्याराम बर्मा लगायतको आतिथ्यतामा शनिबार एकता युवा क्लबको उद्घाटन गरिएको छ ।

yakata club (1)
राजेश कुमार यादव अध्यक्ष रहेको क्लबले विशेषगरी युवाहरुको क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । युवाशक्तिलाई कुलतमा फस्न नदिन र उत्पादनमुलक कार्यमा लगाउन क्लबको स्थापना गरिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका क्लबका सल्लाहका चेतबहादुर घर्तीले बताए ।

yakata club (4)

उद्घाटनको अवसर पारेर क्लबले रक्तदान गर्दै पहिलो सामाजिक कामको पनि सुरुवात गरेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा क्लबले आयोजना गरेको कार्यक्रममा ४४ जना दाताले रक्तदान गरेका थिए ।

yakata club (2)

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*