क्वीक्स कप फुटबल : सुजनको ह्याट्रिकसँगै प्रभात विजयी

Posted:: (3 weeks ago) | June 29, 2019| 118 views

नेपालगन्जमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तरगत दोस्रो दिनका खेलहरुमा दीपज्योती विद्याश्रम, अरुणोदय बोर्डिङ स्कूल, प्रभात मावि र प्रयत्न इ.मि. स्कूल विजयी भएका छन् ।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा प्रभात मावि, बैजनाथले सेन्चुरी एजुकेशनल एकेडेमीलाई ५–१ गोलले पराजित गरेको छ । प्रभातका लागि सुजन रानामगरले ह्याट्रिक गरेका थिए । जारी प्रतियोगितामा सुजनको ह्याट्रिक पहिलो हो । सुजनले ३ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । २३ र ४५ मिनेटमा गोल गरेर उनले ह्याट्रिक गरे । प्रभातका लागि नरेश कार्की र जीवन आर्गीले एक/एक गोल गरेका थिए ।

quicks football
दीपज्योती विद्याश्रम, चप्परगौडीले दीपज्योती विद्यानेकतन, डिगियालाई २–० गोलले पाखा लगायो । दीपज्योती विद्याश्रमका लागि बसन्त सिंह र ईश्वर श्रेष्ठले गोल गरेका थिए ।

अर्को खेलमा प्रयत्न इ.मि. स्कूलले डायनामिक इ.मि. स्कूल, बैजनाथलाई १–० गोलले पराजित गरेको छ । प्रयत्नका लागि विवेक खत्रीले १८ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो ।

अरुणोदय बोर्डिङ स्कूल भने खेल्दै नखेली विजयी भएको छ । जुनियर आइस्टाइन स्कुलले वाक ओभर दिएपछि अरुणोदय नखेलेरै विजयी घोषित भएको हो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*