डुडुवा प्रकरणमा कांग्रेसद्वारा कार्यकर्ताहरुको बचाउ : झुठो मुद्दा लगाईएको दाबी !

Posted:: (3 weeks ago) | June 29, 2019| 194 views

डुडुवा गाउँपालिकामा भएको घटनामा प्रहरी÷प्रशासनले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ— डुडुवा गाउँपालिकामा भएको एक घटनामा एकपक्षीय, राजनीतिक पूर्वाग्रह राखी व्यवहार भएकोप्रति नेपाली कांग्रेस बाँकेको ध्यानाकर्षण भएको छ ।

डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँ कुटिएको भनिएको घटनामा आफ्ना निर्दोष नेता÷कार्यकर्ताहरुलाई फसाईएको बाँके कांग्रेसको दाबी छ । सगिरमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जसलाई कांग्रेस बाँकेले पूर्वाग्रही कारबाही बताउँदै आएको छ ।

duduwa congress‘गणेश कुमार यादवको खेतजग्गाबाट माटो लिन ट्रयाक्टर गइरहँदा स्वयम् मदिराले लठ्ठीएका वडाध्यक्ष सगिर खाँले ट्रयाक्टर चालक लक्ष्मण थारुलाई प्रताडित गर्न खोजेको घटनाबारे थाहा पाएर चौकमा पुगेका हसिब खाँले वडाध्यक्ष सगिर खाँलाई तथ्य बुझ्न आग्रह गर्दा सगिरले हुलहुज्जत गर्न र ढुंगाले नै प्रहार गर्न खोज्दा अरुले बीचबचाउ गरेको घटनाका प्रत्यक्षदर्शी साक्षी छन् ।’, बाँके कांग्रेसकी सभापति कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यहाँबाट छुट्टिएर हसिव खाँ गइसकेको केही बेरमा वडाध्यक्ष सगिरको नेतृत्वमा वडा नं. ५ सिधनियास्थित रामुकमार यादवको घरमा हातहतियारसहित करिब ४० जनाको समूहमा ढुंगामुढा गर्नुका साथै शारीरिक आक्रमण पनि गरिएको छ ।’

अध्यक्ष खाँकै नेतृत्वमा घटना गराईएकोमा उल्टै यादव परिवारका सदस्यसहित अन्यलाई झुठा मुद्दामा फसाउन खोजिएकोप्रति पार्टी आश्चर्यमा परेको विज्ञप्तीमा उल्लेख छ । ‘राजनीतिक दवाव र घटनाको तथ्य जाँच नगरी एकतर्फी भनिएको आधारमा प्रहरीले केहीलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहासकारुपमा लिँदै नेपाली कांग्रेस उक्त कृत्यको निन्दा पनि गर्दछ— विज्ञप्तीमा भनिएको छ ।

बाँके कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी अनाहकमा फसाईएका आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेको छ । अन्यथा न्यायका लागि विरोधको बाटो रोज्ने कांग्रेसको चेतावनी छ । कांग्रेस कार्यककर्ताको आक्रमणमा परेर घाईते भएका भनिएका वडाध्यक्ष सगिरलाई थप उपचारका लागि लखनउ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*