एनआरएनए अस्ट्रेलिया चुनाव : वेस्टर्न अस्ट्रेलियाका दुई सशक्त दावेदार भण्डारी र केसी

Posted:: (4 months ago) | July 4, 2019| 354 views

यही जुलाई ६ तारिखमा (शनिवार) हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचन अन्तरगत वेस्टर्न अस्ट्रेलियाबाट नेतृत्वका लागि दुई जुझारु युवाहरु सशक्तरुपमा मैदानमा उत्रिएका छन् । चितवन भरतपुर घर भई करिब १२ बर्षदेखि अस्ट्रेलियमा रहँदै आएका नविन भण्डारी र नेपालगन्ज घर भई ५ बर्षदेखि अस्ट्रेलियामा रहँदै आएका प्रमेश केसी क्रमशः वेस्टर्न अस्ट्रेलियाका स्टेट को–अर्डिनेटर र युथ को–अर्डिनेटरका लागि बलियो दावेदारका रुपमा एउटै प्यानलबाट चुनावी मैदानमा उत्रिएका छन् ।

navin_pramesh

स्टेट को–अर्डिनेटर विजेता स्वतः एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष हुने भएको हँुदा यो पदलाई महत्वपूर्ण मानिन्छ । त्यस्तै अधिकांश युवाहरु रहेको अस्ट्रेलियामा प्रत्येक स्टेटका युथ को–अर्डिनेटरको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

स्टेट को–अर्डिनेटरमा उम्मेदवारी दिएका भण्डारीले अस्ट्रेलियामा रहँदै आएका नेपालीहरुलाई एकताबद्ध बनाउँदै नेपालको पर्यटन प्रबद्र्धनका योजनाहरु अघि सारेका छन् । ‘अहिले अस्ट्रेलियामा रहेको नेपाली समाज पनि एक किसिमले विभक्त अवस्थामा छ । राजनीतिक पक्ष/विपक्षमा समाज विभाजन हुँदा अस्ट्रेलियामा रहँदै आएका नेपाली र गैरआवासीय नेपालीहरुले नोक्सानी ब्यहोर्नु परिरहेको देखिन्छ ।’, भण्डारी भन्छन्, ‘सबैलाई एकताबद्ध बनाउँदै उनीहरुको हकअधिकार स्थापित गर्ने र नेपालको विकासमा पनि योगदान पु¥याउन मैले उम्मेदवारी दिएको हुँ ।’

नेपाल सरकारले पर्यटन प्रबद्र्धनका लागि लिएको लक्ष्य भिजन ट्वान्टी–ट्वान्टीको सफलताका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको भूमिका प्रभावकारी बनाउन आफूले पहलकदमी लिने पनि भण्डारीको भनाई थियो । ‘पर्थमा नेपाल फेस्टिबल गर्ने, नेपाल सरकारको भिजन ट्वान्टी–ट्वान्टीलाई सहयोग पुग्ने गतिविधिहरु संचालन गर्ने मेरो योजनालाई साथीहरुले सकारात्मकरुपमा लिँदै चारैतिरबाट सघाउनुभएको छ । उहाँहरुले दिने जिम्मेवारी पुरा गर्न म तम्तयार छु ।’, भण्डारीले भने ।

सन् २०१० मा अष्ट्रेलियाबाट स्नातकोत्तर उत्तीर्ण गरेका भण्डारी करिब १ दशकदेखि सामाजिक कार्यमा सक्रिय छन् । भण्डारी मेरिलिण्डा सेन्टरमा म्यानेजरकारुपमा कार्यरत छन् ।

स्टेट युथ को–अर्डिनेटरका दावेदार केसीले अध्यनका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थी र त्यहाँ कार्यरत कामदारहरुका पक्षमा उल्लेख्य काम गर्नुपर्ने महशुस गर्दै आफूले उम्मेदवारी दिएको बताएका छन् । केसीले भने, ‘यहाँ अध्यनका लागि आउने विद्यार्थीहरुले थुप्रै किसिमका समस्याहरु ब्यहोर्दै आउनु परिरहेको छ । अस्ट्रेलिया पुगेका सुरुवाती दिनहरुमा विद्यार्थीहरु अलमलमा पर्ने र असहज परिस्थितिमा पुग्ने गरेको पाइएको छ । त्यसैले मैले विद्यार्थीहरुको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छु ।’

केसीले आफू विजयी भएमा अस्ट्रेलियामा नेपालीहरुको श्रमशोषण अन्त्य गर्न पहलकदमी लिने, युवाहरुलाई संगठित गर्ने, अस्ट्रेलियाका रहनसहन र कानुनबारे परामर्शको व्यवस्था गर्ने, सीपमुलक तालिमहरु प्रदान गर्ने लगाएतका कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् । विभिन्न संघ/संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका केसी अस्ट्रेलियाभन्दा अघि लण्डनमा रहँदा पनि सामाजिक क्षेत्रमा चीरपरिचित थिए ।

वेस्टर्न अस्ट्रेलियाका १ हजार ७ जना गैरआवासीय नेपालीहरु एनआरएनएमा अबद्ध छन् । एनआरएनए अस्ट्रेलियाको अध्यक्षका उम्मेदवार केशव कंडेलको प्यानलबाट भण्डारी र केसी चुनावी मैदानमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*