भारतको दवावसामु झुक्यो सरकार : फलफूल र तरकारीको विषादी परीक्षण नगरेरै आयात गर्ने निर्णय

Posted:: (2 weeks ago) | July 5, 2019| 63 views

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गरेर मात्र ल्याउन पाउने निर्णयबाट सरकार पछि हटेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण कार्य स्थगन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले हाललाई तरकारी र फलफूलको विषादी परीक्षण गर्ने व्यवस्था स्थगन गर्न ठाडो प्रस्ताव गरेका थिए ।

यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो । काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो ।

bhansar tarkari (2)
मन्त्रिपरिषद्को निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर भईसकेको भन्सारका एक अधिकारीले बताए ।

जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरिएको थियो ।

नेपालगन्जमा रानीतलाउस्थित विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालामा भारतबाट आएका तरकारी तथा फलफूलहरुको स्याम्पल जाँच गरेर मात्र भित्र्याउन थालिएको थियो । प्रयोगशालामा कार्यालय प्रमुखका रुपमा कार्यरत सकिल अहमद एकमात्र कर्मचारी भएका हुँदा विषादी परीक्षणमा समस्या भएको थियो ।
bhansar tarkari (1)
त्यस्तै अन्य भन्सार नाकाहरुमा पनि जनशक्ति र प्रयोगशाला नहुँदा भारतबाट आउने तरकारी र फलफूल भन्सार नाकामै रोकिएर विग्रिएको भन्दै भारतले तत्काल विषादी परीक्षणको व्यवस्था हटाउन दवाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*