डुडुवा प्रकरणमा नेपाली कांग्रेसको चरणबद्ध आन्दोलन : प्रशासनमा धर्नादेखि प्रहरी कार्यालय घेराउसम्म !

Posted:: (2 weeks ago) | July 5, 2019| 108 views

आफ्ना कार्यकर्ताहरुलाई झुठो मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसले प्रहरी/प्रशासनविरुद्ध चरणबद्ध आन्दोलन थालेको छ । शुक्रबार बिहान १ घण्टा जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको नेपाली कांग्रेसले साँझ जिल्ला भेला गरी चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँसहितका समाजवादी पार्टीका कार्यकर्ताहरुसँग नेपाली कांग्रेसका कार्यकर्ताहरुको मारपिट भएको घटनामा प्रहरी/प्रशासनले सत्ताको दवावमा पूर्वाग्रही तरिकाले आफ्ना कार्यकर्ताहरुलाई फसाएको कांग्रेसको आरोप छ ।

शुक्रबार विहान जिल्ला प्रशासनमा धर्ना दिँदै नेपाली कांग्रेसका नेता/कार्यकर्ता l

शुक्रबार विहान जिल्ला प्रशासनमा धर्ना दिँदै नेपाली कांग्रेसका नेता/कार्यकर्ता

असार १२ गते डुडुवामा भएको मारपिटको घटनामा नेपाली कांग्रेसका रामकुमार यादव, गणेश यादव, दिनेश यादव, सलिम खाँ र हसिफ खाँविरुद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको छ ।

तर समाजवादी पार्टीका चार जनाबिरुद्ध भने सार्वजनिक मुद्दा मात्र चलाइएको छ । कांग्रेसले एउटै घटनामा संलग्न भएकाहरुलाई प्रहरी–प्रशासनले फरक–फरक व्यवहार गरेको भन्दै आपत्ति जनाउँदै आएको छ ।

पार्टी सभापति किरण कोइरालाको संयोजकत्वमा गठन भएको कांग्रेसको संघर्ष समितिमा पूर्व सांसद, प्रदेश सांसद, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, संघीय, प्रादेशिक र स्थानीय तहमा उम्मेदवार भएकाहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृसंगठन सदस्य रहेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत असोज २१ गते विरेन्द्र चोकमा नेपाली कांग्रेसले कोणसभा गर्ने भएको छ । मारपिटमा संलग्न समाजवादी पार्टीका कार्यकर्ताहरुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न दवाव दिने उद्देश्यले २२ गते प्रहरी कार्यालय घेराउ गर्ने, मुद्दा दर्ता नभए सरकारी वकीलको कार्यालयमा दवाव दिने र त्यो पनि नभए जिल्ला प्रशासन कार्यालयमा गएर दवाव दिने कांग्रेसले निर्णय गरेको छ । सोही दिन राष्ट्रिय मानव अधिकार आयोगमा गएर झुठो मुद्दा लगाईएकोबारे प्रष्ट्याउने पनि निर्णय गरिएको नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए ।

त्यस्तै २३ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिने, २४ गते पनि जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिने आन्दोलनका कार्यक्रम तय गरेको बाँके कांग्रेसले २५ गते बृहत् प्रदर्शन गर्दै वीपी चोकमा कोणसभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*