एनआरएनए अस्ट्रेलियामा प्रजातान्त्रिक प्यानलको बर्चस्व : अध्यक्षमा कंडेल

Posted:: (2 weeks ago) | July 6, 2019| 336 views

एनआरएनए अस्ट्रेलियाको चुनावमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । प्रजातान्त्रिक प्यानलबाट केश कंडेल अध्यक्षमा विजयी भएका छन् । कंडेलले बामपन्थी उम्मेदवार दिनेश पोखरेललाई करिब ४ सय मततान्तरले पराजित गरेका हुन् । कंडेलले करिब ४१ सय मत ल्याउँदा पोखरेलले करिब ३७ सयको आसपासमा मत प्राप्त गरेका छन् ।

keshav kandel australia

त्यस्तै महासचिवमा पनि प्रजातान्त्रिक प्यानलकै डा. ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । सचिवमा भने बामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुमा सबै प्रजातान्त्रिक प्यानलका विजयी भएका छन् ।

बामपन्थी निकटस्थहरु समावेशी प्यानलबाट र प्रजातान्त्रिक समूहका उम्मेदवारहरु साझा प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । आठमध्ये अधिकांश स्टेटमा पनि प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरु विजयी भएको पर्थबाट कांग्रेस निकटस्थ गैरआवासीय नेता नविन विडारीले जानकारी दिए ।

बामपन्थीहरुको बर्चस्व रहँदै आएको वेस्टर्न अस्ट्रेलियामा प्रजातान्त्रिक प्यानलले केही सीटमा जीत हात पारेको छ । प्रजातान्त्रिक प्यानलबाट सचिवमा दीपक बस्नेत विजयी हुँदा युवा संयोजकमा प्रमेश केसी र सदस्यमा उषा खनाल विजयी छन् ।
एनआरएनए अस्ट्रेलियामा १० हजार ८ सय मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*