ग्रीन खजुराको सपना पूरा हुँदै : ‘हरित कृषि र हरित सहरीकरण’को सम्झौतामा हस्ताक्षर

Posted:: (3 months ago) | July 9, 2019| 232 views

खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच मंगलबार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ । उज्वेकस्तानमा जुलाई ८ देखि १० तारिखसम्म सञ्चालन भएको ग्रीन इकोनोमी कार्यक्रममा सहभागि खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ‘हरित कृषि र हरित सहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खजुरा गाउँपालिका प्रमुख कक्षपति र युएन प्रमुखबीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो । हरित कृषि र हरित सहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि बढ्नेछ ।

green

गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटीलगायतका विषयमा पनि छलफल गरेर टुङ्गो लगाइने बताए । हरित खजुरा बनाउने अभियानका लागि ठूलो सफलता हात लागेको बताउँदै प्रमुख कक्षपतिले यसलाई अगाडि बढाइने बताए ।

गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागि भएका खजुरा गाउँपालिका प्रमुख कक्षपतिले खजुरा गाउँपालिकालाई ग्रीन सिटीका रुपमा विकास गर्न गरेको प्रस्तुतीकरणपछि यो कार्यक्रम अगाडि बढेको थियो । ग्रीन खजुराका लागि भएको सम्झौतापछि खजुराबासीमा खुशीयाली छाएको छ ।

यो प्रोजेक्ट भित्र्याउन खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्याय, प्राविधिक प्रमुख कञ्चन तिवारी, आइटी अफिसर सुरेश शाहु, रोजगार प्रमुख महेन्द्र रेग्मी आन्तरिक सहयोगीको रुपमा थिए ।

कृषि तथा हरित खजुराका लागि भएको सम्झौतापछि प्रतिक्रिया दिँदै विज्ञ सदस्य पूर्णचन्द्र उपाध्यायले खजुराबासीका लागि मात्र नभई देशकै लागि नमूना र उदाहरणीय काम भएको भन्दै कृषिमा दीगो विकासका लागि नमूना हुने बताए ।

प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र हरित सहरीकरण प्रोजेक्ट लागु भएपछि खजुरा संसार भरीकै रिसर्च सेन्टरका रुपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट, खजुरा कृषि क्याम्पसको सपना पूरा हुने धारणा राखे ।

खजुरा ग्रीन सिटी तथा कृषिको दीगो विकासका लागि यसअघि युएन तथा चाइनाको टीम खजुरा गाउँपालिका आई अध्ययन अवलोकन गरेर फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*