डुडुवा प्रकरण : अदालतको आदेशमा कांग्रेस कार्यकर्ताहरु रिहा

Posted:: (3 months ago) | July 10, 2019| 281 views

डुडुवा गाउँपालिकामा भएको मारपिटको घटनामा पक्राउ परेका नेपाली कांग्रेसका ५ जना कार्यकर्ता रिहा भएका छन् । ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका पाँच जनामध्ये ३ जनालाई १०/१० हजार रुपैयाँ धरौटी र २ जनालाई साधारण तारेखमा जिल्ला अदालत बाँकेले रिहा गर्न आदेश दिएको हो । रामकुमार यादव, गणेश यादव र दिनेश यादवलाई धरौटीमा तथा सलिम खाँ र असिफ खाँ साधारण तारेखमा रिहा भएका हुन् ।

congress duduwa

रिहा भएका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस बाँकेले बुधबारै पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो । जहाँ पार्टी सभापति किरण कोइरालाले प्रहरी/प्रशासनले सत्ताको आडमा पूर्वाग्रही तरिकाले आफ्ना कार्यकर्ताहरुलाई फसाउन खोजेपनि अदालतबाट न्यायको आभाष भएको प्रतिक्रिया दिइन् । आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसले मुद्दा फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको थियो ।

असार १२ गते राति डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँ (समाजवादी पार्टीका) लगायतको समूहसँग कांग्रेस कार्यकर्ताहरुको मारपिट भएको थियो । मारपिटमा संलग्न समाजवादी पार्टीका ४ जनालाई पनि नेपाली कांग्रेसको दवावमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । उनीहरु भने मंगलबार नै २/२ हजार रुपैयाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयबाट रिहा भइसकेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*