अर्को महिना उपमहानगरपालिकाले नगरबस सेवा सुरु गर्दै : बसका कर्मचारीमा महिलालाई प्राथमिकता

Posted:: (3 months ago) | July 10, 2019| 285 views

आउँदो साउनभित्रमा नगरबस सेवा संचालन गर्ने लक्ष्य लिएको नेपालगन्ज उपमहानगरपालिकाले बुधबार चार वटा बस भित्र्याएको छ । तीन वटा बस भने एक/दुई दिनमै आईपुग्ने बताइएको छ ।

सुरुवातमा ७ वटा नगरबसबाट सेवा प्रदान गर्ने तयारी भईरहेको र संचालनका लागि कार्यविधि बनाउने काम धमाधम भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार गाडीमा अब सिसि क्यामेरा जडान गर्ने काम चाँडै सुरु गरिँदै छ ।

नेपालगन्ज भित्रिएका नगरबस ।

नेपालगन्ज भित्रिएका नगरबस । तस्विर : खगेन्द्र दाहाल

नगरबस सेवामा महिला कर्मचारीलाई प्राथमिकता दिने उपमहानगरपालिकाको कार्यनीति छ । जस अनुसार यसअघि नै उपमहानगरपालिकाले करिब ७० जना महिलालाई ड्राईभिङ तालिम समेत दिइसकेको छ ।

‘हामीले नगरबसमा महिला कर्मचारीहरुलाई प्राथमिकतामा राख्ने नीति बनाएका छौं । यसअघि नै हामीले ७१ जना महिलालाई ड्राईभिङको तालिम समेत दिइसकेका छौं ।’, प्रवक्ता रिजालले भने, ‘हेवी सवारीसाधन भएकाले तालिम लगत्तै महिलाहरु ड्राईभिङमा पोख्त नहुन सक्ने भएकाले सुरुमा उनीहरुलाई कन्डक्टर लगायत अन्य पदमा भर्ना गर्ने तयारी भइरहेको छ ।’ छनौट प्रक्रियामा कोही निपूर्ण चालक महिलाले आवेदन दिएमा भने उनीहरुलाई प्राथमिकतामा राखिने पनि प्रवक्ता रिजालले जानकारी दिए ।

५ नं. प्रदेश सरकारले लक्षित वर्गका लागि दिएको ७ करोड रुपैयाँ मध्ये करिब ५ करोड रुपैयाँ खर्चेर नेपालगन्ज उपमहानगरपालिकाले नगरबस सेवा संचालन गर्न लागेको हो । नगरबस सेवा नेपालगन्जसहित खजुरा, कोहलपुर, कम्दी लगायतका ठाउँसम्म संचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*