दुर्घटनामा तीन जना घाइते

Posted:: (1 week ago) | July 10, 2019| 749 views

नेपालगन्ज–कोहलपुर सडकखण्डमा बुधबार दिउँसो करिब १२ बजे सुजुकी भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । घाइते भएकामा २ जना मोटरसाईकलमा चढेका र एक जना भ्यानका चालक रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार घाइते भएकामा मोटरसाईकल चालक बर्दियाको गुलरिया नगरपालिका–२ का सूर्य प्रसाद गौडेल, पछाडि बसेकी कोहलपुरकी मिना गौडेल र भ्यान चालक सल्यान धारापानीका पूर्ण ऐरी रहेका छन् ।

accident (1)

जानकी गाउँपालिका अन्तरगत पर्ने कोठारपुर नजिकै कोहलपुरबाट नेपालगन्ज आउँदै गरेको बा.४७ प.५१८६ नं. को मोटरसाईकललाई विपरित दिशाबाट (गलत दिशाबाट) जाँदै गरेको लु.१ ज.९७१ नं. को भ्यानले ठक्कर दिएको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भीम बहादुर खड्काले जानकारी दिए ।

accident (2)
घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । भ्यान चालकले मदिरा पिएर गलत दिशाबाट गाडी चलाएको हुँदा दुर्घटना भएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*