उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको सडक विभागको जग्गासम्बन्धी सम्झौता रद्द भएको पुष्टि

Posted:: (1 week ago) | July 11, 2019| 146 views

नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको कारकाँदोस्थित सडक विभागको १० विघा जग्गाको सम्झौता रद्द भएको पुष्टि भएको छ । मन्त्री परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ— नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगन्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगन्जको नाममा कायम गर्ने निर्णय गरिएको छ ।

udhyog banijya sangh

नेपालगन्ज उद्योग वाणिज्य संघले भोगाधिकार पाएको जग्गामा सभागृह बनाउने भन्दै महोत्सवहरु आयोजना गर्दै आएको थियो । तर सो अनुसार काम भने अघि बढाएको थिएन ।

२०७२ सालदेखि जग्गा भोगाधिकारबापतको रकम समेत संघले बुझाएको थिएन । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार संघले जिम्मेवारी पुरा नगरेपछि सरकारले सम्झौता रद्द गरेको हो ।

कार्यनीतिको दफा २० को उपदफा १ (क) मा जग्गा लिजमा लिनेले दायित्व पुरा नगरेमा, (ख) मा लिइएको उद्देश्य र प्रयोजन अनुसार जग्गा प्रयोग नगरेको पाइएमा र (घ) मा लिजबापतको बुझाउनु पर्ने रकम नबुझाएमा सम्झौता रद्द हुने प्रावधान छ । सोही आधारमा मन्त्रिपरिषद् बैठकले संघलाई दिएको जग्गा भोगाधिकारसम्बन्धि सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

संघले जिम्मेवारी पुरा नगर्दा उक्त जग्गामा अन्तर्राष्ट्रियस्तरको सभागृह बनाउने योजना तुहिएको छ । उक्त जग्गामा सभागृहका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जग्गा नै नरहेपछि अब उक्त रकम पनि फिर्ता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*