वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सर्यो

Posted:: (1 week ago) | July 11, 2019| 144 views

 

adalatउच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको बाणिज्य इजलास तुलसीपुर उच्च अदालतमा सारिएको छ । मन्त्रीपरिषद्को बैठकले नेपालगन्ज इजलासबाट बाणिज्य इजलास झिकेर तुलसीपुरमा वाणिज्य इजलास गठन गर्ने निर्णय गरेको हो ।
यसअघि उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास थिएन । बाणिज्य इजलास तुलसीपुर सारिएपछि यहाँका सेवाग्राहीलाई असहज हुने भएको छ । नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सार्ने निर्णय न्यायोचित नभएको टिप्पणी गरेका छन् । अवध पोस्ट्सँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेपालगन्जको तुलनामा तुलसीपुरमा वाणिज्य सम्बन्धी मुद्दा अत्यन्तै न्यून छ । इजलास सरेसँगै अब वाणिज्य सम्बन्धी मुद्दा अब सबै तुलसीपुर जान्छ । जसले गर्दा सेवाग्राहीले सास्ती ब्यहोर्नुपर्ने देखिन्छ ।’
वाणिज्यसम्बन्धी मुद्दा अत्यधिक हुने नेपालगन्जमा पनि वाणिज्य इजलास कायमै राखेर तुलसीपुरमा थपेको भए उपयुक्त हुने पनि श्रेष्ठको भनाई छ । पूर्वाधार र सुगमनाका हिसाबले पनि तुलसीपुरमा वाणिज्य इजलास उपयुक्त नहुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*