किन्डरपिलरमा दन्त शिविर : अड्चालिस जना नानीहरुको दाँत परीक्षण गरियो

Posted:: (9 months ago) | July 12, 2019| 558 views

नेपालगन्जको शितलनगरस्थित किन्डरपिलर प्रि–स्कुलका नानीहरुको आज दन्त परीक्षण गरिएको छ । डा. बेला अग्रवाल कनोडियाले किन्डरपिलरका स–साना नानीहरुको दन्तपरीक्षण गरेकी थिइन् ।

किन्डरपिलरका स–साना नानीहरुको स्वास्थ्य परीक्षण गर्ने नियमित कार्यक्रम अन्तरगत शुक्रबार आयोजित निशुल्क शिविरमा यो पटक दन्तपरीक्षण गरिएको हो । जहाँ ४८ जना नानीहरुको दन्तपरीक्षण गरिएकोमा अधिकांशको दाँत स्वस्थ रहेको पाइएको किन्डरपिलर प्रि–स्कुलकी प्रिन्सीपल रिता श्रेष्ठ कक्षपतिले जानकारी दिईन् ।

kinderpiller (1)

‘स्कुलको नियमित कार्यक्रम अन्तरगत यो पटक अभिभावकहरुको आग्रहमा दन्तशिविर संचालन गरेका हौं । दन्तपरीक्षण गरिएकामध्ये ८ जनाको दाँतमा सामान्य समस्या देखिएको चिकित्सकबाट जानकारी पायौं ।’ प्रिन्सीपल कक्षपतिले भनिन्, ‘सोही अनुसार हामीले अभिभावकलाई आवश्यक औषधोपचारका लागि जानकारी गराएका छौं ।’

kinderpiller (2)

स–साना नानीहरुको शारीरिक/मानसिक अवस्थाबारे थाहा पाई उनीहरुलाई सोही अनुसारको उपचारव्यवस्था मिलाउने र गाईड गर्ने कार्यनीति अनुसार किन्डरपिलरले नियमितरुपमा शिविरको आयोजना गरी बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*