नेपालगन्जमा बहुउद्देश्यीय सभागृह सरकारले बनाउँछ : मन्त्री राई

Posted:: (9 months ago) | July 12, 2019| 703 views

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने जानकारी दिएका छन् । उद्योग वाणिज्य संघले सभागृह बनाउन भन्दै भाडामा लिएको सडक विभागको जग्गासम्बन्धी सम्झौता सरकारले खारेज गरेपछि उत्पन्न अन्यौलकाबीच मन्त्री राईले अब नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने बताएका हुन् ।

अवध पोस्ट्सँग कुरा गर्दै मन्त्री राईले सरकारी तवरबाट बहुउद्देश्यीय सभागृह बनाउन आफूले पहल गरिरहेको बताएका हुन् । जसका लागि नेपालगन्जका मेयर डा. धवल शमशेर राणालाई नगरभित्र उपयुक्त सरकारी जग्गा पहिचान गरी उपलब्ध गराउन आफूले भनेको पनि मन्त्री राईले जानकारी दिए ।
istiyak rai
‘नेपालगन्ज उद्योग वाणिज्य संघले भाडामा लिएको सडक विभागको जग्गासम्झौता खारेज भएपनि बहुउद्देश्यीय सभागृहको योजना तुहिँदैन । अब सरकारले नै नेपालगन्जमा बहुउद्देश्यीय सभागृह बनाउँछ । जसका लागि आवश्यक पर्ने करिब १ अर्ब बजेट सहरी विकास मन्त्रालयबाट व्यवस्था गरिने छ ।’, मन्त्री राईले भने ।

मन्त्री राईले बहुउद्देश्यीय सभागृहका लागि कम्तिमा ५ विघा सरकारी जग्गा आवश्यक पर्ने पनि बताए ।

५० बर्षका लागि सडक विभागको जग्गा भोगाधिकार पाएको नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति–२०७१ अनुसारका जिम्मेवारी पुरा नगरेपछि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले जग्गासम्बन्धी सम्झौता रद्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*