आर्थिक अपचलन भएको सहकारीको विशेष साधारणसभाबाट सात प्रस्ताव पारित : दुई बर्षभित्र बचतकर्ताको रकम फिर्ता गरिने

Posted:: (1 month ago) | July 13, 2019| 377 views

करिब ३८ करोड रुपैयाँ अपचलन भएको सहकारी वित्तीय विकास संस्था लि. नेपालगन्जको विशेष साधारणसभाले अपचलनमा संलग्न भनिएकाहरुको चल/ अचल सम्पत्ति संस्थामा धितो राख्ने र जसले धितो राख्दैन उसलाई मुद्दा चलाउने निर्णय पारित गरेको छ । शनिबार बसेको विशेष साधारणसभाले हिनामिना भएको रकम बराबरको धितो राखेर प्रत्येकको दायित्व अनुसार २ बर्षभित्र रकम फिर्ता लिने निर्णय पारित गरेको हो ।

bises sadharan sabha

संस्थाको यसअघिको छानबिन समितिले करिब ३८ करोड रुपैयाँ अपचलन भएको देखाएपनि त्यो नै अन्तिम नभएको निष्कर्षसहित हेमन्त कर्माचार्य, सर्वदेव प्रसाद ओझा र राजेन्द्र विक सम्मिलित छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा चार्टड एकाउन्टेन्ट र दुई जना बैंकिङ विज्ञ पछि थप गरिने छ ।

संस्थामा रकम अभाव भएकाले अधिकतम एक बर्षसम्म बचतकर्ताहरुले रकम फिर्ता नमाग्ने निर्णय पनि साधारणसभाले गरेको छ । यद्यपी आइतबारदेखि नै निक्षेप संकलन गर्ने, ऋण असुली गर्ने लगायतका वित्तीय कारोबार भने नियमित गरिने भएको छ ।

हालका संचालक समिति सदस्यहरुको जायजेथा धितो राखेर सहकारी बोर्डबाट ५ करोड ऋण लिई संस्थामा दाखिला गर्ने निर्णय गरेको विशेष साधारण सभाले संस्थाबाट प्रवाह भएको ऋण असुलीमा तदारुकता देखाउने र आवश्यक परे ऋणीहरुको धितो लिलाम गरेर भएपनि चाँडोभन्दा चाँडो ऋण असुली गर्ने निर्णय पनि गरेको छ । अहिले बैंकको १२ करोड रुपैयाँ ऋण लगानी रहेको छ । जसमध्ये ९५ प्रतिशतभन्दा बढीको भाका नाघिसकेको छ ।

त्यसैगरी हाल हिरासतमा रहेका तीनै जनालाई (अरुण कुमार पाठक, गंगाधर सुवेदी र गोपाल भण्डारी ) सहभागि हुने वातावरण सृजना गराउने र आथिर्क बर्ष २०७६÷०७७ को साधारणसभा यही असोज महिनाभित्र गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

संचालक समितिको कार्यकारी अध्यक्ष समेतको जिम्मेवारी सम्हालेका संचालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीलाई साउन पन्ध्रभित्र प्रमुख प्रबन्धक चयन गरी कार्यकारी अधिकार प्रत्यायोजन गर्न समेत विशेष साधारण सभाले निर्दिष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*