अध्यक्ष कक्षपतिको स्वागत

Posted:: (1 month ago) | July 13, 2019| 183 views

उज्वेकिस्तानमा आयोजित ग्रीन इकोनोमी सम्बन्धी कार्यक्रममा सहभागी भई दीगो कृषि तथा हरित खजुराको लागि सम्झौता गरेर फर्किएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई नेपालगन्ज विमानस्थलमा शनिवार स्वागत गरिएको छ ।

खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, खजुरा गाउँपालिका नेकपाका अध्यक्ष राजकुमार विक, वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँ, सामाजिक विज्ञ पूर्णचन्द्र उपाध्याय, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम शर्मा, उद्योग वाणिज्य संघ खजुराका अध्यक्ष नेत्र रानाभाटलगायतको टोली स्वागतका लागि विमानस्थल पुगेको थियो ।

kismat wellcome

खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच गत मंगलबार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको थियो । उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ‘दीगो तथा हरित कृषि र हरित सहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । खजुरा गाउँपालिका प्रमुख कक्षपति र युएनओ एसएस सी प्रमुख बीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*