तीन थुनुवा हिरासतबाटै फरार !

Posted:: (1 month ago) | July 15, 2019| 349 views

 

बाँकेको धनौलीवाट प्रहरी हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ बर्षिय सिमन बि.क, खजुरा ३ का १९ बर्षिय निर्मल थापा र उज्वल कार्की शनिवार राती १२ बजे फरार भएका हुन ।

received_720455355040644
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहेपनी तिनजना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन । ‘चार जना मध्य कतब्य ज्यान मुद्धाका आरोपी त्यही छन’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बिर बहादुर ओलीले भने ‘घटना लगत्तै म आफै त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टी कपडाले छोपेर राखेको अवस्थामा भेटीयो ।’ राम्रोसंग फिक्स नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको उनको दावि छ ।
फरार भएकाहरु मध्ये बि.क लागुऔषध मुद्धामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्धामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखीएको बताईएको छ ।
२३ जनाको दरबन्दी रहेको सो कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक मख्खन प्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन ६ दिनको विदा लिएर उपचारका लागि काठमाण्डौ गएकै दिन शनिवार राती उनीहरु फरार भएका हुन । उनी विदामा रहेपछि कार्यालयको जिम्मेवारी सई चक्र बहादुर खत्रीले सम्हालेका थिए । प्रहरी निरिक्षक यादव विदामा गएकै दिन फरार हुनुले उनीहरुलाई प्रहरीकै मिलेमतोमा भगाइएको हुनसक्ने आसंका गरिएको छ ।
उनीहरु भागे लगत्तै जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमवाट खोजी कार्य जारी राखेको जनाएको छ । यसैविच ड्युटीमा लापरवाही गरेको भन्दै सेन्ट्रीमा रहेका प्रहरी जवान सम्सेर थापालाई आईतवार नै निलम्बन गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*