अत्याधुनिक बसपार्क निर्माणमा ढिलाई : उपभोक्ता समितिले थाल्यो निर्माणको थप काम

Posted:: (4 months ago) | August 6, 2019| 299 views

xcacनेपालगन्जमा निर्माण थालिएको अत्याधुनिक बसपार्क निर्माण कार्यमा ढिलाई भएको छ । निर्माण कम्पनी यूनाइटेड बिल्डर्सको लापरवाहीका कारण निर्माण कार्यमा ढिलाई भएको हो ।
बसपार्क निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषको १४ करोड ९४ लाख ७५ हजार ऋण लगानीमा निर्माण कम्पनी यूनाइटेड बिल्डर्ससँग १५ महिनाभित्र सम्पन्न गर्नेगरी ३१ मार्च २०१६ मा सम्झौता गरेको थियो । त्यसयता ५ पटक म्याद थप भएर २०७६ साउन १५ भित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार नेपालगन्ज उपमहानगरले साउन १५ देखि बसपार्क सञ्चालन गर्ने दाबी गर्दै आएपनी निर्माणका कतिपय कामहरु बाँकी नै रहेकोले सञ्चालनमा आउन नसकेको बताईएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताका अनुसार सम्झौता अनुसार निर्माण कम्पनीले काम गरेपनी सम्झौतामा नभएका थप कामका लागि उपभोक्ता समिति मार्फत काम भईरहेको छ । त्यसका लागि बसपार्कको दक्षिणतर्फ खुला ठाँउमा संरक्षणका लागि वाल तथा ग्रील लगाउने, बस्ने बेन्च निर्माण, गार्डेनिंगको कामका साथै छुटपुट कामको थप डिजाईन गरी उपभोक्ता समितिलाई जिम्मा दिईएको हो । सो कार्यका लागि करिव ३५ लाख लागत स्टीमेट तयार गरी काम बढाईएको ईन्जिनियर गुप्ताले बताए । बढीमा १५÷२० दिनभित्र काम सक्नेगरी जिम्मा दिईएको बताउँदै उनले सो कार्यलाई प्रभावकारी र छिटो छरितो बनाउन बसपार्क क्षेत्र अन्तगर्तका वडा नम्वर २ र ४ का वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई अनुगमनको जिम्मा दिईएको जानकारी दिए ।
साढे चार बिगाहा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा टर्मिनल भवन, शपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र रहका छन् । बसपार्क सञ्चालन गर्ने तयारी गरिरहँदा बसपार्कभित्र निर्माण गरिएका सटरहरु उपमहानगरपालिकाले भाडामा दिईसकेको छ । उपभोक्ता समतिले थप काम सक्ने वित्तिकै अबको केहीदिनभित्र बसपार्क सञ्चालन गर्ने गरी तयारी थालिएको मेयर डा. धवल सम्शेर राणाको भनाई छ ।
१५ महिनामा सक्नुपर्ने काम अढाई बर्ष ढिला हुँदा पनि सम्पन्न नहुँदा बसकाउन्टर सञ्चालनमा समस्या हुनुका साथै यात्रीले सास्ती खेप्दै आएका छन् । निर्माणमा ढिलाई हुँदा गाडी पार्किङ, टिकट काउन्टर सञ्चालन र यात्रुहरुलाई समस्या भएको यातायात व्यवसायीको भनाई छ । व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रु पनि अलमलमा पर्ने गरेको उनीह्रु बताउँछन ।
समयमै निर्माण कार्य पुरा नहुँदा बसपार्कमा पार्किङ्ग गर्नुपर्ने बसहरु सडकमै खचाखच भरिएर सड्क नै बसपार्क जस्तो भएको छ । सडकमा अव्यवस्थीत तरिकाले सवारीसाधन राखेका कारण पुष्पलाल चोकदेखि बसपार्कसम्मको ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*