जमुनाह नाकाबाट छयालिस जनाको उद्दार

Posted:: (4 months ago) | August 6, 2019| 258 views

ppppनेटवर्किङ विजनेशमा काममा लगाई दिने भन्दै विभिन्न जिल्लाका युवायुवतीहरुलाई ठगी गर्ने मनसायले भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले छयालिस जनाको उद्दार गरेको छ ।
भारतको चेन्नईमा रहेको ओरियन्स कम्पनीमा नेटवर्किङ विजनेशमा काममा लगाई दिने भन्दै भारततर्फ लैजाँदै गर्दा ईलाका प्रहरी कार्यालय जमुनाह बाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरको हो ।
भारततर्फ लैजादै गरेको अवस्थामा युवायुवतीहरुको उद्धार गरिएका युवा युवतीहरु दाङ, बाँके, बर्दिया, कैलाली जिल्लाका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो कार्यमा संलग्न २ जना लाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*