गाई संरक्षणमा लाग्न नेपालगञ्ज ग्यालरीको आब्हान : नेपालगञ्जका युवा गाई बचाउ अभियानमा

Posted:: (8 months ago) | August 7, 2019| 432 views

1zxयतीबेला पश्चिम तराईका धेरै स्थानीयतहलाई टाउको दुखाईको विषय बनेको छाडा चौपाया व्यवस्थापन गर्ने कार्य नेपालगञ्ज उपमहानगरपालिकामा समेत विकराल बन्दै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको उदासीनताकाकारण चौपाय व्यवस्थापनमा समस्या आएको हो । फलस्वरुप उपमहानगरले निर्माण गरेको कान्जिहाउसमा खाना नपाउनुका साथै औषधी उपचार र स्याहार नपाएर दैनिक रुपमा चौपायाको मृत्यु हुने गरेको छ । तर, पछिल्लो समय केही स्थानीय युवाहरु सामाजिक सञ्जाल मार्फत आब्हान गरी गाई संरक्षण अभियानमा जुटेका छन ।
स्थानीयतहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुनेमा स्थानीयवासी ढुक्क भएपनी निर्वाचित जनप्रतिनिधि आएको लामो समय वितिसक्दा समेत समस्या झन बल्झिएको हो । सडकमा होस या चौपाया ब्यवस्थापनका लागि भन्दै निर्माण गरेको कान्जिहाउसमा । सरकारी उदासीनताका कारण खुला छाडीएका गाई, गोरु, घोडा, खच्चर लगायतको अवस्था दयनिय छ । यस्तो अवस्था देखेपछि गाइले खाना नपाएर मर्ने स्थिती आएको भन्दै नेपालगञ्जका केही युवाहरु स्वतस्र्फुत रुपमा सकृय भएर गाइ बचाउ अभियानमा लागेका छन ।

bbbb
नेपालगञ्जका स्थानीय विवेक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गाइ बचाउन अभियान थालेको स्टाटस लेखेर शुरु गरेको यो अभियानले अहिले व्यापकता पाएको छ । छाडा पशु चौपाया व्यवस्थापनका लागि कसैले पनी चाँसो नदिएपछि पशु चौपायाको दयनिय अवस्था देखेर आफुहरुले अभियानको रुपमा चौपायालाई संरक्षण गर्ने अभियान थालेको श्रेष्ठको भनाई छ । ‘हामीले मानविय नाताले विना स्वार्थ गौमाता बचाउन अभियान थालेका हौ’ उनले भने ‘यसको दिर्घकालिन समाधान नगरपालिकाले गर्नुपर्र्छ ।
यो अभियानलाई करिव ८६ हजार सदस्य रहेको फेसबुक ग्रुप नेपालगञ्ज ग्यालरीले निरन्तरता दिएपछि हरेक दिन स्वतस्र्फुत रुपमा गाई संरक्षणमा स्थानीय युवाहरु जमघट भएर स्याहार गर्न थालेको नेपालगञ्ज ग्यालरीका संचालक समिरमान श्रेष्ठले बताए । ‘खाना र स्याहार नपाएर कान्जीहाउसमा दिनदिनै गाई मरीरहेका छन’ उनले भने ‘म गाई बचाउ अभियानमा सहयोग गर्न सम्र्पुण ग्रुप सदस्यहरुलाई अनुरोध गर्दछु ।’
युवाहरुले स्वतस्फुर्त रुपमा गाई जोगाउन अभियान थालेपनि पशु चौपाया संरक्षण गर्नुपर्ने दायित्व बोकेको नेपालगञ्ज उपमहानगरपालिकाले भने खासै चाँसो देखाएको छैन । निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पाटीवाट चुनाव चिन्ह गाई लिएर निर्वाचन जितेका मेयर डा. धवल शम्सेर राणा नै गाई संरक्षणका लागि उदासीन हुँदा झन चुनौती थपिएको स्थानीयको आरोप छ । तर, मेयर राणाले भने भारतवाट दैनिक सयौंको संख्यामा छाडा गाई बढीरहेको बताउँदै नेपालगञ्ज उपमहानगरले आफै गाई पाल्न नसक्ने तर कुनै व्यक्ति वा संस्थाले गाई संरक्षण सम्वन्धी योजना ल्याए आर्थिक सहयोग गर्न तयार भएको बताए ।
गाई बचाउनका लागि स्वतस्र्फुत रुपमा युवाहरुले चालेको कदम स्वागत योग्य छ । तर, यसरी दिर्घकालिन रुपमा समस्या समाधान नहुनेहुँदा सम्वन्धित निकायले गाई संरक्षण गरी मलका साथै बैकल्पीक उर्जा उत्पादन गर्नेजस्ता ठोस योजना ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*