हरित शहरको शुरुवात : १० हजार विरुवा रोप्ने अभियान शुरु

Posted:: (4 months ago) | August 11, 2019| 215 views

sssa

नेपालगन्जलाई हरित शहरको रुपमा विकास गर्न थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगन्जको आयोजनामा हरित शहरको रुपमा विकास गर्न बृहत वृक्षारोपण शुरु भएको हो ।

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले आइतवार नेपालगन्जको जमुनाबाट वृक्षारोपण शुरु गरे । सात वटा प्रदेशका सातै शहरमा विरुवा रोप्ने मन्त्रालयको कार्यक्रम अन्तर्गत नेपालगन्जमा मात्रै १० हजार विरुवा रोपिने उनको भनाइ छ । सरकारले नै देशभर बृक्षारोपण गर्ने अभियान चलाइरहेका बेला शहरी विकास मन्त्रालयले भने प्रदेशका प्रमुख शहरहरुमा त्यहाँको सौन्दर्यकरण र हरियालीका लागि वृक्षारोपण शुरु गरेको हो । सौन्दर्य झल्काउने यि विरुवा भारतको कोलकोत्ताबाट ल्याइएको पनि मन्त्री राइले बताए ।

मन्त्री राइले दुई तीन महिनाभित्र नगरमा १० हजार बिरुवा रोपिने बताए । सुर्खेतरोडको जमुनाहादेखि राँझा चोकसम्म र नगरका सार्वजनिक स्थलमा पनि बिरुवा रोप्ने लक्ष्य छ । सडक क्षेत्रको खाली ठाउँ, सार्वजनिक स्थल, सरकारी कार्यालय, विद्यालयलगायतका क्षेत्रमा सो प्लान्ट लगाईने बताईएको छ ।

आईतवार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले दश हजार बिरुवा रोप्ने अभियानको शुरु भएको बताए । उनले गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि रुख रोप्ने घोषणा गरेका थिए । आइतवार भेरी प्राविधक शिक्षालय नजिक, वडा नम्बर १ र राँझामा समेत बिरुवाहरु रोपिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र सबै वडा कार्यालयहरुले बिरुवाको संरक्षण र हेरचाह गर्ने प्रतिवद्धता जनाएपछि वृक्षारोपण अभियान शुरु गरिएको उनले बताए ।

उपमहानगरले हेरचाह गर्ने भएकाले सरंक्षणमा कुनै समस्या नहुने उनको भनाई छ । नेपालगञ्जबाट बिरुवा रोप्ने अभियान शुरु गर्ने बारे प्रधानमन्त्री र वनमन्त्रीलाई जानकारी गराउँदा सो अभियान देशभरी शुरु गर्ने प्रधानमन्त्रीले निर्देशन दिनु भएको उनले बताए । सो अवसरमा बोल्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले बृक्षारोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गरिरहेको र बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाए ।

देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको नेपालगञ्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा सहरमा पहिलो चरणमा दस हजार रुखका विरुवा रोपिन थालिएको हो ।

विरुवा रोपीएपनी संरक्षणमा ध्यान नजाँदा विरुवा हुर्काउन चुनौती हुने स्थानीयले बताएका छन । यसअघि पनी धेरै विरुवा बृक्षारोपण गरिएका छन तर संरक्षण हुन नसकेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*