पत्रकार विरहीको उपचारकालागि मेयर राणाले गरे ५० हजार सहयोग

Posted:: (4 months ago) | August 11, 2019| 211 views

hhhक्यान्सर पीडित बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ५० हजार सहयोग गरेका छन । आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखामा आयोजित कार्यक्रममा मेयर राणाले सो रकम हस्तान्त्रण गरेका हुन ।

कार्यक्रममा मेयर राणाले शाखा अध्यक्ष ठाकुर सिंह थारुलाई डेढ महिनाको पारिश्रमिक हस्तान्तरण गरेका हुन ।

नेपालगञ्जमा लामो समयसम्म क्रियाशिल क्यान्सरसँग संघर्षरत पत्रकार विरहीले नेपालगञ्जमा पुर्याएको योगदानको स्मरण गर्दै मेयर राणाले सहयोग गरेको बताए ।

महासंघले विरहीको उपचारका लागि सहयोग अभियान संचालन गरिरहेको छ । विरहीको. उपचार सहयोगार्थ आइतबारसम्म दुईलाख रकम संकलन भईसकेको महासंघका अध्यक्ष थारुले जानकारी दिए । महासंघले सुरु गरेको अभियानमा खजुरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लले एक महिनाको पारीश्रमिक उपलब्ध गराएको थारुले बताए ।

यसअघि पत्रकार महासंघ बाँके शाखाले संस्थागत १५ हजार र कार्यसमिति सदस्यबाट जनही १ हजारको दरले ३५ हजार रकम सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*