छाडा पशुचौपाया व्यवस्थापन गर्न पहल गरिँदै , मेयर राणाको अध्यक्षतामा समिति गठन

Posted:: (2 months ago) | August 13, 2019| 189 views

main news photoनेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि पहल थालेको छ । मंगलवार उपमहानगरपालिकाले गाई संरक्षणका लागि भन्दैे सर्वपक्षीय बैठकको आयोजना गरी औपचारीक रुपमा महत्वपुर्ण निर्णयहरु गरेको हो ।

पशुचौपायाको दिर्घकालिन व्यवस्थापनका लागि आर्थिक रकमको जोहो गर्न कोष बनाउने, रेखदेखका लागि व्यवस्थापन समिति गठन गर्ने र अनुगमन समिति गठन गर्ने निर्णय भएको हो । बैठकमा नेपालगञ्जका मेयर डा. धवल शमसेर राणाले नेपालगन्जमा छाडा छाडिएका पशुचौपाया विकराल समस्याको रुपमा रहेको भन्दै उनले तत्काल अल्पकालिनसँगै दीर्घकालिन रुपमा समाधानका उपायको लागि खोजी भइरहेको बताए ।

सर्वपक्षीय बैठकमा बोल्दै मेयर डा. राणाले गाई संरक्षणसँगै अन्य पशुचौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिका तयार रहेको बताउँदै चुनौती बन्दै गएको चौपाया व्यव्स्थापनका लागि नयाँ रणनीति तयार गरिने जानकारी दिए ।

चौपाया संरक्षणका लागि कोष सञ्चालन गरेर अघि बढ्ने उनको भनाई थियो । यसबाट हाल देखीएको चौपाया संरक्षण र व्यवस्थापनमा थप सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरे ।

बैठकमा उपमहानगरकी उपप्रमुख उमा थापा मगरले छाडा पशुचौपायाको ब्यवस्थापनमा सबै पक्षबीच हातेमालो हुन जरुरी रहेको बताईन । नेपालगन्जमा हाल निर्माणाधिन गौशाला नभई काञ्जी हाउस भएको बताउँदै उनले गौशालाका लागि नेपालगन्जमा स्थान अभाव रहेको बताइन् ।

बैठकमा नेपालगन्जको काञ्जी हाउसमा रहेका साढे, गाई, घोडा, बाच्छा–बाच्छी लगायतलाई अलग–अलग राख्ने, टिनका टहरा थप गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

जिल्लास्थित विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको बैठकमा नेकपाका नगर अध्यक्ष डिल्ली बराल, नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ट, राप्रपाका मनोज श्रेष्ठ लगायतले छाडा पशुचौपायाको दर्ता प्रक्रिया (ट्यागिङ)को ब्यवस्थापन गर्न सुझाव दिएका थिए ।

यसैविच छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि मंगलवार समिति गठन गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहेका छन । त्यस्तै

समितिको सदस्य सचिवमा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी पवन कनौजियालाई तोकिएको छ । बैठकले उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सदस्य रहेको अनूगमन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*