मन्दिर परिसरमा सपिङ्ग कम्पलेक्स निर्माण गरिँदै : निर्माण रोक्न शहरी विकास मन्त्रालयद्धारा गृह मन्त्रालयलाई पत्राचार

Posted:: (2 months ago) | August 15, 2019| 92 views

bageshary shoping complexपश्चिम नेपालकै प्रमुख शक्तिपीठ मानिने नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरको किनारामा सपिङ कम्पलेक्स निर्माण हुने भएको छ । बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर छेउमा पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ सपिङ कम्पलेक्स निर्माण गर्न थालेको हो ।

विगतमा ब्यापारिक सटर भत्काइएको स्थानका व्यवसायीहरुवाट रकम संकलन गर्नुका साथै गुठी ब्यवस्थापन समितिको समेत ९३ लाख रुपैयाको लागतमा कम्पलेक्स बनाउन लागिएको हो ।

नयाँ बन्ने दुईतले व्यवसायीक भवनको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले शिलान्यास गरी निर्माणकार्य शुरु गरिएको छ । उक्त भवनमा १७ वटा व्यवसायीक सटरहरु रहनछन भने प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ ।

समितिले बागेश्वरी मन्दिरको सटरमा पाँच दशक भन्दा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीको अनुरोधमा ब्यापारिक भवनको निर्माण सुरु गरेको बताईएको छ ।

मन्दिरलाई फराकिलो बनाएर थप सौन्र्दयीकरण बनाउनुपर्नेमा मन्दिरको जग्गा अतिक्रमण गरी साँघुरो बनाउन थालिएको भन्दै सो कार्यको स्थानीयले विरोध गरेका छन । नेपालगञ्जका सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवाला व्यक्तिहरुले सामाजिक सञ्जालमा समेत सो कार्यको व्यापक विरोध जनाईरहेका छन । उनीहरुले बिहिवार शहरी विकास मन्त्री मो ईश्तियाक राईलाई उक्त कार्य रोक्का गराई रेलिंग तथा सौन्र्दयीकरण गराउन ध्यानाकर्षण पत्र पठाएका थिए ।

उक्त पत्रका आधारमा शहरी विकास मन्त्रालयले विहिबार नै गृह मन्त्रालयलाई एक पत्र पठाएर उक्त कार्य तत्काल रोक्न अनुरोध गरेको छ । मन्त्रालयको चलानी नम्वर २३ को पत्र अनुसार प्राचिन स्मारक संरक्षण ऐन २०१३, सम्पदा संरक्षण ऐन तथा नगर विकास समिति नेपालगञ्जको कार्ययोजना विपरित कार्य तुरुन्त रोक्न भनेको छ । मन्त्रालयका ईन्जिनियर शौगात थापा द्धारा हस्ताक्षरित पत्रमा माननिय मन्त्री ज्यु को तोकादेश अनुरुप आवश्यक कार्वाहीको लागि तहाँ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ भनिएको छ ।

ब्यापारिक भवन बनाउन सुरु गरेपछि सार्वजनिक रुपमा बिरोध गरिएको छ । सामाजिक सञ्जालमा मन्दिरलाई खुल्ला छोड्नका लागि कुनै पनि व्यापारिक भवन बनाउन दिन नहुने माग उठेको छ । अधिकांसले बागेश्वरी मन्दिर परिसरलाई खुल्ला राख्दा आर्कषक देखिने भएकाले त्यहाँ कुनै पनि सटर निर्माण नगर्न भनेका छन् । मेयर डा. धवल शमसेर राणालाई उनीहरुले सार्वजनिकरुपमा सटर बनाउने कार्य रोक्न आग्रह गरेका छन् ।

नेपालगञ्जमा सडक विस्तारको क्रममा बागेश्वरी मन्दिरको ब्यापारिक सटरहरु रहेको भवन भत्किएपछि ब्यवसायीहरुको अनुरोधमा नयाँ भवन निर्माण सुरु गरिएको बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

1697072

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*