घटनास्थल परिवर्तन गरी फसाउन खोजियो : घटना कैलालीमा, मुचुल्का कोहलपुरको

Posted:: (2 months ago) | August 15, 2019| 2,755 views

nsacjsafजिल्ला अदालत बाँकेमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा प्रहरीले घटनास्थल परिवर्तन गरी फसाउन खोजेको आरोप लागेको छ । वैवाहिक बलात्कार कुटपिट र अङ्गभंग सम्बन्धी एक मुद्दामा प्रहरीले झुठो मुचुल्का तयार गरी घटनास्थल नै परिवर्तन गरेको हो ।

पीडित परिवारले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी कैलालीमा भएको भनिएको घटनालाई प्रहरीले बाँकेको कोहलपुरमा भएको नक्कली मुचुल्का तयार पारी निर्दोश छोरालाई फसाउन खोजेको भन्दै बुवा रेशम बहादुर मल्लले आपत्ती जनाएका हुन । ‘घटनावारे बुझ्न प्रहरी अहिलेसम्म पनी हाम्रो घरमा पुगेको छैन’ उनले भने ‘तर, कैलालीमा भएको भनिएको घटनालाई कोहलपुरमा हाम्रो घरमा भएको भनी झुठो मुचुल्का तयार पारीएको छ ।’

उनका अनुसार घरपरिवारलाई थाहै नदिएर भागेर विवाह गरेका छोरा बुहारी कैलाली धनगढी–१३ स्थित राजपुरमा कपडा पसल गरेर बस्दै आएका थिए । अघिल्लो पतीलाई त्यागेर बसेकी महिलालाई छोराले लिएपछि आफुहरुले नराम्रो मानेको र सोही कारणले विहे गरेदेखी हालसम्म घरमा कहिल्यै उनीहरु आएका थिएनन । उनले भने ‘छोराको भनाई अनुसार धनगढी–१३ स्थित राजपुरमा बुहारी छतबाट खसेर चोटपटक लागेपछि छोराले से.ज ९४६ नम्वरको हाईसमा रिर्जव गरी औषधी उपचारका लागि निर्सग अस्पताल धनगढी ल्याएका थिए ।’ त्यहाँ सन्चो नभएपछि थप उपचारका लागि वेस्र्टन अस्पताल नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । उक्त कुरा अस्पतालको पर्चा लगायत कागजातवाट पनी थाहा हुने पीडितका बुवा मल्लले बताए ।

तर, गत असार १३ गते बुहारीले इलाका प्रहरी कार्यालय, कोहलपुरमा वैवाहिक बलात्कार र कुटपिट अङ्गभंगको जाहेरी दिइन् । वैशाख ८ गतेको धनगढीमा भएको भनिएको घटनाको ६५ दिनपछि श्रीमानविरुद्ध जाहेरी दिएको देखिन्छ । जाहेरी १३ गते दिएपनी प्रहरीले असार ९ गते कोहलपुर स्थित हाम्रो घरको घटनास्थल मुचुल्का गराएको रहेछ बुवा रेशमले भने त्यो दिन हामी घरमै छौ, प्रहरी यहाँ नआएरै झुटा बारदात स्थल कायम गरेको छ ।’ त्यसको लागि साक्षी राख्दा घरनजीकैका छिमेकीलाई राख्नुपर्नेमा घरभन्दा टाढाका ब्यक्तिलाई राखीएको उनको भनाई छ ।

सो मुद्दामा जिल्ला अदालत बाँकेले साउन १५ गते थुनछेकको आदेश दिई छोरालाई कारागार पठाएको उनले बताए । अदालतको आदेशप्रती असन्तुष्टि जनाउँदै बुवाले आदेश बदर गरी तारेखमा राखी पाउँ भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निवेदन दर्ता गरेको बताए ।

पत्रकार सम्मेलनमा उनले धनगढीमा राजपुरस्थित कोठाको छतबाट बुहारी खसेको विषयलाई लिएर जाहेरीवाला र इलाका प्रहरी कार्यालय, कोहलपुरको मिलोमतोमा झुठा बारदातस्थल देखाई आफ्नो निर्दोष छोरालाई फसाउने अन्यायपुर्ण प्रपञ्च रचेकोले न्यायका लागि सहयोग गर्न आव्हन गरेका छन । यो घटना संग सम्वन्धीत सत्य तथ्य उपचार गरेको अस्पतालको कागजात, गाडी रिर्जव गरेको बिल भरपाई आफुसंग सुरक्षित रहेकोले सत्यतथ्य अनुसन्धान गर्न उनले सरोकारवालाहरु संग माग गरेका छन । उनले निर्दोश व्यक्तिलाई झुटो विवरण बनाइ जर्बरजस्ती फसाउन खोज्ने प्रहरीलाई कार्वाहीको मागका लागि समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*