बागेश्वरी मन्दिर परिसर विकासबारे अन्तरक्रिया : दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने निष्कर्ष

Posted:: (2 months ago) | August 19, 2019| 87 views

bggपछिल्लो समय सपिंग कम्लेक्स बनाउने भन्दै विवादीत बनेको बागेश्वरी मन्दिरको गुरुयोजना बनाएर विकास गर्नतर्फ अघि बढ्नुपर्ने नेपालगञ्जका सरोकारवालाहरुले जोड दिएका छन ।

विकासका लागि नागरिक सरोकार मञ्च बाँकेले आयोजना गरेको साँस्कृतिक सम्पदा हाम्रो सरोकार, बागेश्वरी मन्दिर परिसर विकास बारे अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा बागेश्वरी मन्दिरका शोधकर्ताको रुपमा कार्य गरेका संस्कृतिबिद् डा. राजकुमार सुवेदीले मन्दिरको दिर्घकालिन विकासका लागि गुरुयोजना बनाउन जरुरी रहेको बताए । गुरुयोजना नबनाए सम्म सटर बनाउनुको कुनै औचित्य नहुँने बताउँदै उनले मन्दिरको स्वरुप लगायत श्रद्धालु भक्तजनको व्यवस्थापन लगायत विभिन्न पक्षको बारेमा योजना बनाएर अघि नबढेसम्म आर्थिक स्रोत संकलन गर्ने नाममा सटर बनाउनुको अर्थ नहुने बताए । ‘सटर बन्नु नबन्नु मुख्य कुरा होईन’ उनले भने ।

बागेश्वरी मन्दिरको गुरुयोजनाका बारेमा धेरै पहिले नै खाका तयार भईसकेको भए पनि त्यो अगाडी बढ्न नसकेको बताउँदै उनले पर्यटन मन्त्रालयले तयार पारेको गुरुयोजनाको खाकाकै आधारमा काम थाल्नुपर्ने उनको भनाई थियो ।

विकासका लागि नागरिक सरोकार मञ्च कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिहरुले मन्दिरको गुरुयोजना बनाएर व्यवस्थीत तरिकाले काम गरेर प्रसिद्ध धार्मिक शक्तिपिठका रुपमा विकास गर्नुपर्ने बताएका छन । अन्तरक्रिया कार्यक्रम मानवअधिकार तथा अनुसन्धान केन्द्रका अधिवक्ता बिश्वजित तिवारीले मन्दिरलाई सरकारवाट आर्थिक सहयोग प्राप्त नहुने बताउँदै मन्दिर सञ्चालनको खर्च कहाँबाट ल्याउने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा नेपालगञ्जका पूर्वमेयर बिजय गुप्ता, साहित्यकार एवं इतिहासका जानकार सनत रेग्मी, पशुपतियाल मिश्र, महेन्द्र बहुमुखी कयाम्पसका प्रमुख गणेश रेग्मी, अधिवक्ता प्रह्लाद कार्की, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पुनरावेदन बार उच्च अदालत नेपालगञ्ज इजलासका अध्यक्ष विकास आचार्य लगायतको कानून व्यवसायी, उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।

उनीहरुले मन्दिरको विषयमा अनावश्यक राजनीतिकरण गर्न नहुने सुझाएका छन । मन्दिर जस्तो सार्वजनिक सरोकारको विषयमा आवाज उठाउनु सान्दभिृक भएपनी राजनीतिकरण गर्ने कार्यले अशान्ती हुने भएकोले यसतर्फ सवै सचेत बन्नुपर्ने धारणा राखेका छन ।

कार्यक्रमका अध्यक्ष श्रेष्ठले छलफलका क्रममा निस्कीने निष्कर्षकाआधारमा सरोकारवाला निकायको ध्यानाकर्षण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

About newsdesk awadhpost

प्रतिक्रिया दिनुहोस

तपाईको ईमेल गोप्य राखिनेछ Required fields are marked *

(अनिवार्य)*