Author Archives: Prabhat Devkota

बाँकेमा कति व्यक्तिसँग छन् हतियार ?

फाईल फोटो

अवध पोस्ट्/नेपालगन्ज बाँकेसहित भेरी अञ्चलका विभिन्न जिल्लामा लाईसेन्सधारी (बैद्य) हातहतियारकै त्रास बढ्दै गएको छ । सरकारले मान्यता दिएका बैद्य हतियार नै पछिल्लो समय सुरक्षामा ठूलै समस्या र चुनौतीका रुपमा देखिएका छन् । प्रहरीले बाँके राधापुर गाबिसबाट बुधवार मात्रै एकजनालाई अवैध बन्दुक सहित पक्राउ गरेको छ । यस्तै पछिल्ला केही घटनाले पनि यस्तो पुष्टि गरेका छन् । भेरीको बाँके जिल्लामा अहिलेसम्म करिब ३ सयको हाराहारीमा भरुवा बन्दुक र ५ सय ३४ वटा अन्य बैद्य हातहतियारहरु रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार भरुवा बन्दुकहरुको बैद्यता जिल्लामा रहेका गाविसहरुले नै दिने भएकोले एकिन विवरण ...

Read More »

रेड पान्डाको छालासहित तीन पक्राउ

news feature

दाङ, ३ चैत । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पान्डाको छालासहित घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । ...

Read More »

विकासे अड्डाहरुमै बढी समस्या: बाँकेमा विकास खर्च न्यून

bikash kharcha

बाँके यो बर्ष पनि विकास निर्माण खर्च न्यून देखिएको छ । विकास खर्च न्यून गर्नेमा विकासे अड्डाहरु नै अगाडि छन् । पूँजिगततर्फ बाँकेमा अहिलेसम्म ३२ प्रतिशत र चालुतर्फ ५७ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेले दिएको जानकारी अनुसार यो आर्थिक बर्षमा जिल्लामा पुजिँगततर्फ  ५ अर्ब ४० करोड ५१ लाख ८३ हजार  र चालुतर्फ ६ अर्ब २३ करोड ६३ लाख ८५ हजार बजेट छ । जिल्लामा रहेका सरकारी कार्यालयहरुले अहिलेसम्म पुँजिगत बजेटमा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ खर्च गरेको बाँकेका कोष तथा लेखा नियन्त्रक ठाकुरप्रसाद पौडेल जानकारी दिए । यसैगरी चालुखर्चतर्फ सरकारी कार्यालयहरुले ...

Read More »

स्थानीय तहको स्वरुप फेरियो

जिल्ला विकास समितिको परिवर्तित नाम

सरकारको निर्णय कार्यान्वयन गर्ने देशभरमै पहिलो जिल्ला बाँके सरकारले जिल्ला विकास समिति र यस अन्र्तगतका गाउँ विकास समितिहरुको संरचना भंग गरेपछि  बाँकेमा शुक्रबारदेखि नै  निर्णय कार्यान्वयनमा ल्याईएको छ । यसअघि जिल्ला विकास समितिका नामबाट हुँदै आएका सबै काम जिल्ला समन्वय समितिका नाममा हुने र असारपछि साविकका गाविसका सबै कामहरु गाउँपालिकामार्फत हुने बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले जानकारी दिए । राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको स्थानीय तह अनुसार बाँकेमा एक नगरपालिका, एक उप–महानगरपालिका र ६ गाउँपालिका कायम गरिएको छ । प्याकुरेलले भने, ‘संविधानको कार्यन्वयनको लागि राज्य पुनः संरचना अयोगले राजपत्रमा सूचना निकालेसँंगै बाँकेमा पनि स्थानीय निकायको कार्यान्वयन गरिएको छ ।’ ...

Read More »

दरिद्र सोंचप्रति श्रद्धान्जली !

कमल न्यौपाने

सोमवार सप्तरीमा ४ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि देश फेरि मुठभेडतर्फ धकेलिने हो कि भन्ने चिन्ता सर्बत्र छाएको छ । सप्तरी घटना देखे÷सुनेकाहरु स्तब्ध छन् । भलै अहिले विगतमा जस्तो देशको एउटा कुनामा दुःख पर्दा अर्को कुनाको जनतालाई दुख्ने सामिप्यता अहिले नहोला । तर मानवीय संवेदना हुनेहरुलाई सप्तरी घटनाले अवश्य दुखाएको छ । यतिबेला सबै जिम्मेवार बन्नुपर्ने समय हो । तर जिम्मेवार भनिएकाहरुबाट नै अहिले गैरजिम्मेवारपूर्ण कुराहरु अभिव्यक्त भईरहेका छन् । घटना मत्थर पार्दै अन्यत्र यस्तो घटना नहोस् भनी सबै देशवासी संवेदनशिल बन्नुपर्ने समयमा अनलाईन मिडिया र सामाजिक संजाल प्रयोगकर्ताहरु गैरजिम्मेवारपूर्ण तवरले प्रस्तुत भईरहेको देखिन्छ । आफु पक्षधरतालाई ...

Read More »

खेलकुद कर्मचारी संघमा गोसाई

पहेंलो टिसर्टमा अध्यक्ष गोसाई

बाँके जिल्ला खेलकुद विकास समिति कर्मचारी संघको अध्यक्षमा दीपक गोसाई चयन भएका छन् । मंगलबार भएको अधिवेशनबाट गोसाई चार बर्षे कार्यकालका लागि दोस्रो पटक सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । त्यस्तै संघको संघको उपाध्यक्षमा लबराज श्रेष्ठ, सचिवमा विमला भण्डारी र कोषाध्यक्षमा राजेन्द्र सिंह चयन भएका छन् भने सदस्यहरुमा दिपेन्द्र प्रताप सिंह, लिलु थापा, कृष्णबहादुर चौधरी र मानबहादुर लामिछाने निर्वाचित भएका छन् । विजयन्त शर्मा (पिन्टु) र अध्यक्ष गोसाई क्षेत्रीय प्रतिनिधि तथा दलबहादुर गुरुङ, चन्द्र प्रकाश श्रेष्ठ र उत्तम बहादुर रिमाल केन्द्रीय प्रतिनिधि चुनिएका छन् ।

Read More »

बाँकेमा निर्वाचनको तयारी तीब्र

nirbachan

सरकारले बैशाख ३१ लाई स्थानीय निकायको निर्वाचनको मिति  तोकेपछि  बाँकेमा निर्वाचनको चहलपहल बढेको छ ।  निर्वाचन कार्यालयले यसको तयारी तीब्र रुपमा अघि बढाएको छ ।   निर्वाचनमा सहभागि हुनका लागि दल दर्तादेखि मतदाता नामावली संकलन सम्मको काम निर्वाचन कार्यालयले सकेको छ । आजभोली कार्यालय जिल्लामा रहेका कर्मचारीको लगत संकलनमा व्यस्त रहेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्तराज अधिकारीले जानकारी दिए । कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन गरेर निर्वाचन आयोगमा पठाईसकेको छ भने यो पटक बाँकेमा २ लाख ४५ हजार नौ सय ८७ जनाको मताधिकार रहेका छन् । सरकारले यो पटक संघिय अवधारणा अनुासर निर्वाचन गराउँने तयारी गरेकोले अहिलेसम्म जिल्लामा मतदान ...

Read More »

मालपोतमा विचौलियाको विगविगी

lekhapadhi

लेखापढीको गैरकानूनी शुल्क असुली मालपोत कार्यालयमा दिनहुँ लाग्ने भिडमा लेखापढी व्यबसायीहरूको पनि उल्लेख्य संख्या रहने गरेको छ । तिनै भिडवाला लेखापढीगर्ने व्यक्तिले सेवाग्राहीलाई कामको सहजताको नाममा हैरानी दिएको पाईएको छ । उनीहरुले गैरकानूनी रुपमा मनोमानी शुल्क समेत असुली गर्दै आएका छन् । अहिलेसमम लेखापढी व्यवसायीले काम गरे वाफत लिन पाउने शुल्क तोकिएको छैन् । यसैले पनि उनीहरुको मनपरी बढ्दै गएको छ । कर्मचारीहरूले लिने घुसको बिषय होस् अथवा घुस मागेको नाउँमा सेवाग्राहीहरूले कर्मचारीमाथि हानेको थप्पडको विषय । बेला बेलामा बाँकेको मालपोतमा चर्चामा आउने यी घटना पछि पछिल्लो समय लेखापढीको मनपरीले सेवाग्राहीहरूमा समस्या सिर्जना भएको छ । मालपोत कार्यालय भित्र सेवाग्राहीको ...

Read More »

बाँके निकुञ्जको काउन्सील अध्यक्षमा खड्का

gehendra kumar khadka

बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा गेहेन्द्र कुमार खड्का (कुमार) निर्वाचित भएका छन् । बाँके निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने जनताहरु सम्मिलित ७७ वटा समूहबाट गठित ९ वटा मध्यवर्ती क्षेत्र विकास समितिबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताको हकअधिकारका लागि काम गर्ने यो समिति काउन्सीलका नामले पनि चिनिन्छ । नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो ५ बर्षे कार्यकालमा प्राकृतिक श्रोतसाधनको समुचित संरक्षण गर्दै निकुञ्ज र आसपासका जनताबीच हुँदै आएको द्वन्द्व न्यूनिकरण गर्ने प्रतिबद्धता जनाएका छन् । अवध पोस्ट्सँग कुरा गर्दै खड्काले भने, ‘निकुञ्जसँग आश्रित जनताको जिविकोपार्जनको ग्यारेन्टी र प्राकृतिक संशाधनको संरक्षण गर्नु मेरो मुख्य ...

Read More »

नेपालगन्जमा भवन निर्माण आचारसंहिता चुनौतीपूर्ण

nepalgunj

नेपालगन्ज उपमहानगरपालिकालाई भवन निर्माण आचारसंहिता लागु गराउन चुनौती थपिएको छ । नगरपालिकाबाट उपमहा नगरपालिकामा बढुवा भएसंगै क्षेत्र विस्तार भएपछि नगरपालिकालाई सो चुनौती थपिएको उपमहानगरपालिकाले बताएको छ । उपमहानगरपालिका बनेपछि विभिन्न गाविस थप भएपछि आचारसंहिता लागु गराउन समस्या भएको उपमहा नगरपालिका कार्यालयले जनाएको छ । पछि क्षेत्र विस्तार भएको मनिकापुर, पुरैना उदयपुरलगायतका आधा दर्जनक्षेत्रमा रहेको करिब पाँच हजार घरधुरी भुकम्प प्रतिरोधात्मक नरहेको उपमहानगरपालिकाका भवन निर्माण शाखाले जनाएको छ । यसो त बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमै सयौंबढी घर भवन निर्माण आचारसंहिता विपरितको रहेका छन् । अधिकांश घर भुकम्पको अत्याधिक जोखिममा रहेका छन् । नगरपालिकाले भवन निर्माण आचारसंहिता लागु गरेको बर्षौ भएपनि नेपालगन्ज्मा ...

Read More »