अपराध

सहकारी वित्तीय संस्थामा २५ करोड अपचलन : बैंकिङ कारोबार बन्द, अध्यक्ष पक्राउ !

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा २५ करोड रुपैयाँ भन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट यति ठूलो परिमाणको रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करिब ५२ करोड रुपैयाँ मौज्दात जम्मा गरेको संस्थामा २६ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताहरुले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्ताहरुलाई दिने रकम नभएपछि आईतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । बचत रकम झिक्न नपाएपछि ग्राहकहरु आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म ...

Read More »

नदीजन्य पदार्थको अवैध उत्खनन् : अनुगमन समितिले समात्छ, प्रहरीले छाड्छ !

nadi dohan (3)

बाँकेमा राप्ती नदीलगायत आधा दर्जन खोलामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन् भईरहेको छ । उत्खनन्को ठेक्का पाएका ठेकेदार कम्पनीले नदी र खोलामै एक्जाभेटर लगाएर सम्झौता विपरित काम गरिरहेको पाईएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन्ले राप्ती नदी र खोला किनारका बस्तीमा वर्षायाममा बाढी र डुबानको खतरा बढेको छ । अघिल्लो शुक्रबार बिहान पौने ९ बजेतिर राप्ती सोनारी गाउँपालिका– ६ को ढलैया जललाघाट पुग्दा राप्ती नदीको बीच भागमा चार वटा एक्जाभेटरले निर्वाध रुपमा टिप्परमा गिट्टी, बालुवा भरिरहेका थिए । दर्जनौंको संख्यामा टिप्पर र ट्रयाक्टर ओहोरदोहोर गरिरहेका थिए । पत्रकारहरु पुगेको सूचना पाएपछि करिब एक घण्टाको अन्तरालमा फत्तेपुरबाट प्रहरी पनि पुग्यो । तर ...

Read More »

ब्राईटल्याण्ड स्कुलको ज्यादती रोकिएन : दश बर्षे बालकलाई एक घण्टा घाममा उभ्याएर यातना !

फाईल फोटो

अनुशासनको नाममा स–साना नानीहरुमाथि डण्डा चलाउँदै आएको ब्राईटल्याण्ड स्कुलमा फेरि एउटा बालकलाई यातना दिएको घटना बाहिरिएको छ । स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाईमा पनि पर्याप्त ध्यान नदिएको भनेर कम्प्लेन (सिकायत) गर्ने एक अभिभावकका ४ कक्षामा अध्ययनरत १० बर्षे छोरालाई घाममा उभ्याएर यातना दिईएको थाहा भएको छ । आफ्ना छोराहरुले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि आमा सीता राना सिकायत गर्न सोमबार बिहान स्कुल पुगेगी थिईन् । सिकायत गर्दा नै प्रिन्सिपल विजय लामाले सीतामाथि अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरुलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएका थिए । गुनासो गरेकै प्रतिशोधमा आफ्नो कान्छो छोरा शिशिरलाई प्रिन्सिपल लामाले १ घण्टा बाहिर घाममा ...

Read More »

नेपालगन्जका दुई भन्सार अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा

ciaa

नक्कली प्रज्ञापनपत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै नेपालगन्ज भन्सार कार्यालयका २ अधिकृतसहित ४ सरकारी कर्मचारी तथा ५ जना व्यवसायी र एक भन्सार एजेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुककृष्ण अधिकारी र जाँचकी बसन्त कुमार अधिकारी र राजश्व अनुसन्धान विभागका नासु देविबहादुर थापाबिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । भन्सारका तीन कर्मचारीबिरुद्ध भन्सार एजेन्ट र व्यवसायीसँग मिलेमतो गरी नक्कली प्रज्ञापनपत्रमार्फत सामान आयात गरेर भन्सार महसुल तथा राजश्व छली गरेको अभियोग लगाईएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागका नासु थापाबिरुद्ध अनुगमनका क्रममा बदनियतसाथ ...

Read More »

तेह्र बर्षीया बालिकाको यौन शोषण : गर्भपतन गराउँदा ज्यानै जोखिममा !

icu pic_nepalgunj medical college kohalpur (1)

यौन शोषणमा परेर गर्भ बोकेकी १३ बर्षीय एक बालिकाको गर्भपतन गराउन खोज्दा ज्यानै खतरामा परेको छ । असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिँदा उनको अवस्था चिन्ताजनक छ । अचेत अवस्थामा रहेकी बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भई करिब ३ महिना यता नेपालगन्ज–१० गोसाइँ गाउँमा बस्दै आएकी ति बालिकामाथि यौन शोषण गर्ने व्यक्ति को हुन् अँझै थाहा लागेको छैन । प्रहरी श्रोतका अनुसार घरका सदस्यहरुले नै बालिकाको गर्भपतन गराउन भारतीय सीमावर्ती बजार रुपैडिहा लगेका थिए । यौन शोषण गर्ने व्यक्ति पक्राउ परिनसकेको र बालिका पनि अचेत अवस्थामा रहेको जानकारी दिएको ...

Read More »

ब्राईटल्याण्डद्वारा विद्यार्थी कुटेको स्वीकार !

प्रतिकात्मक तस्विर (गुगलबाट)

ब्राईटल्याण्ड स्कुलकी कक्षा ३ मा अध्यनरत ८ बर्षिया बालिका अनन्या शर्मामाथि शिक्षिकाबाट कुटपिट भएको स्कुल प्रशासनले स्वीकारेको छ । आईतबार घटनाबारे बुझ्न गएको इन्सेकको टोलीसँग कुरा गर्दै प्रिन्सिपल विजय लामा र कुटपिट गर्ने शिक्षिका अनिता शर्माले गल्ती स्वीकारेका हुन् । तर नाकबाट खुन आउनेगरी भने नकुटिएको उनीहरुको प्रष्टिकरण थियो । घटनाबारे बुझ्न पुगेका इन्सेकका डकुमेन्टेसन अफिसर विनोद पाण्डेले अवध पोस्ट्सँग कुरा गर्दै भने, ‘शिक्षिका र प्रिन्सिपल दुवैले बालिकालाई कुटिएको स्वीकारे । तर नाकबाट रगत आएको भन्ने कुरा भने उनीहरुले स्वीकारेनन् ।’ कपीमा गाता (कभर) नहालेको र लेख्दा दायाँ/बाँया (मार्जिन) नछाडेको हुँदा शिक्षिका शर्माले अनन्यालाई झापड हानेको भन्ने जानकारी आफूहरुलाई दिईएको ...

Read More »

‘ध्वाँसे चितुवा’ को छालासहित तीन जना पक्राउ

Copy

ध्वाँसे चितुवा जस्तो देखिने जनावरको छालासहित ३ जनालाई ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु खनाल, सालिकराम भण्डारी र दिपक भण्डारी रहेका छन् । तीनै जनालाई संकास्पद तरिकाले  हिंडिरहेको अवस्थामा दाङको भालुवाङबाट पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Read More »

ब्राईटल्याण्ड स्कुलमा ८ बर्षीया बालिका कुटपिट प्रकरण : प्रिन्सिपल र शिक्षिकालाई कारबाही गरिँदै

प्रतिकात्मक तस्विर (गुगलबाट)

कपीमा कभर (गाता) नहालेको भन्दै ३ कक्षामा अध्ययनरत ८ बर्षीया बालिकामाथि कुटपिट गर्ने ब्राईटल्याण्ड स्कुल नेपालगन्जकी शिक्षिका र घटना दवाउन भूमिका खेल्ने प्रिन्सिपल विजय लामालाई नेपालगन्ज उपमहानगरपालिकाले कारबाही गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको शिक्षा समितिले आईतबार स्कुलमै पुगेर घटनाको वास्तविकता बुझेपछि कारबाही अघि बढाउने भएको हो । शिक्षा समितिका सदस्य अजय कुमार पाठकले आईतबार घटनाबारे विस्तृत बुझिसकेपछि कसलाई के–कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्ने बताए । शिक्षा समितिका संयोजक मेयर डा. धवल शमशेर राणा बाहिर रहेका कारण आज स्कुलमा जान नसकिएको बताउँदै वडा नं. १७ का अध्यक्ष समेत रहेका पाठकले भने , ‘मेयर ज्यू काठमाडौं हुनुभएको र सम्पर्क ...

Read More »

ब्राईटल्याण्ड स्कुलकी निर्दयी शिक्षक : कपीमा कभर नलाएको भन्दै ८ बर्षीया बालिकामाथि कुटपिट

प्रतिकात्मक तस्विर (गुगलबाट)

नेपालगन्जस्थित ब्राईटल्याण्ड स्कुलकी एक शिक्षिकाले ३ कक्षामा अध्ययनरत आफ्नै विद्यार्थीलाई नराम्ररी कुटपिट गरेको आरोप लागेको छ । ३ कक्षामा पढ्ने अनन्या शर्मामाथि कुटपिट गर्ने शिक्षिकाको नाम स्कुलले गोप्य राखेको छ । कपीमा कभर नलगाएको निहुँमा बुधबार शिक्षिकाले ८ बर्षीया अनन्यालाई कुटेकी हुन् । घरमा पुगेर अनन्याले कान र नाकमा पीडा भईरहेको हाउभाउ देखाएपछि अभिभावकहरुले सोध्दा शिक्षिकाले नाक र कानमा बेस्सरी हानेको जवाफ दिएकी थिईन् । अनन्यालाई उधृत गर्दै उनका काका सन्तोष शर्माले भने, ‘कपीमा कभर नलगाएको भनेर मिसले पिट्नु भयो । नाकबाट खुन पनि आएको थियो । कान पनि दुखीरहेको छ ।’ अनन्यामाथि कुटपिट भएको थाहा पाएपछि काका सन्तोषले बिहीबार ...

Read More »

मेडिकल कलेजका विद्यार्थी ब्राउनसुगरसहित पक्राउ

medical college kohalpur

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत २ जना एमबीबीएसका विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढी–१ का निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।   दुर्व जनाको साथबाट साढे ६ ग्राम ब्राउनसुगर बरामद भएको जानकारी दिएका प्रहरी निरीक्षक मल्लले दुवै जना लागुऔषध प्रयोगकर्ता समेत रहेको बताए । पक्राउ परेका दुवै जना अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका चन्द र शर्मालाई सोमबार राति जमुनाहाबाट पक्राउ गरिएको हो ।

Read More »