अर्थ/वाणिज्य

समन्वय समितिलाई टेरेनन् जनप्रतिनिधिले : संयोजक श्रीवास्तवद्वारा खेद व्यक्त !

samanya samiti barsik samikchha (3)

बाँकेका जनप्रतिनिधिहरु एक–अर्कोले गरेका राम्रा कामको अनुशरण गर्ने, विगतका कमि कमजोरीहरुको समीक्षा गर्ने र आपसमा समन्वय गर्दै विकास निर्माणमा हातेमालो गर्ने सवालमा विल्कुलै उदासिन भएको पाइएको छ । शुक्रबार नेपालगन्जमा जिल्ला समन्वय समितिले गत आर्थिक बर्षमा यहाँका स्थानीय तहहरुले गरेका कामको समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा देखिएको न्यून उपस्थिति र गतिविधिले जनप्रतिनिधिहरुको उदासिनता प्रष्टिएको हो । आर्थिक बर्ष २०७५/०७६ को बार्षिक समीक्षा कार्यक्रम शुक्रबार बिहान १० बजे तय गरिएको थियो । तर स्थानीय तहका जनप्रतिनिधिहरुको न्यूनतम उपस्थिति कुर्दाकुर्दै १२ बज्दासम्म पनि कार्यक्रम सुरु हुन सकेको थिएन । १२ बजेसम्म कुनै पालिकाका प्रमुख आएका थिएनन् भने कुनै पालिकाका उपप्रमुख आएका थिएनन् ...

Read More »

कर्णाली बैंकद्वारा रु. ४० हजार सहयोग

४० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै कर्णाली डेभलपमेन्ट बैंकका बरिष्ठ प्रबन्धक निरज बिक्रम शाह ।

कर्णाली डेभलपमेन्ट बैंक नेपालगन्जले बाढीपीडितको सहयोगार्थ ४० हजार रुपैयाँ उपलब्ध गराएको छ । भोलि (शुक्रबार) साँझ नमस्ते कटेजमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममार्फत कर्णाली डेभलपमेन्ट बैंकले बाढीपीडितको सहयोगार्थ ४० हजार रुपैयाँ उपलब्ध गराएको हो । बैंकका बरिष्ठ प्रबन्धक निरज बिक्रम शाहले बिहीबार नमस्ते सांस्कृतिक कार्यक्रम संचालन समितिलाई ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले बाढीपीडितका लागि आयोजित कार्यक्रममा सघाएको बरिष्ठ प्रबन्धक शाहले बताए ।

Read More »

आर्थिक अपचलन भएको सहकारीको विशेष साधारणसभाबाट सात प्रस्ताव पारित : दुई बर्षभित्र बचतकर्ताको रकम फिर्ता गरिने

bises sadharan sabha

करिब ३८ करोड रुपैयाँ अपचलन भएको सहकारी वित्तीय विकास संस्था लि. नेपालगन्जको विशेष साधारणसभाले अपचलनमा संलग्न भनिएकाहरुको चल/ अचल सम्पत्ति संस्थामा धितो राख्ने र जसले धितो राख्दैन उसलाई मुद्दा चलाउने निर्णय पारित गरेको छ । शनिबार बसेको विशेष साधारणसभाले हिनामिना भएको रकम बराबरको धितो राखेर प्रत्येकको दायित्व अनुसार २ बर्षभित्र रकम फिर्ता लिने निर्णय पारित गरेको हो । संस्थाको यसअघिको छानबिन समितिले करिब ३८ करोड रुपैयाँ अपचलन भएको देखाएपनि त्यो नै अन्तिम नभएको निष्कर्षसहित हेमन्त कर्माचार्य, सर्वदेव प्रसाद ओझा र राजेन्द्र विक सम्मिलित छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा चार्टड एकाउन्टेन्ट र दुई जना बैंकिङ विज्ञ ...

Read More »

नेपालगन्जमा बहुउद्देश्यीय सभागृह सरकारले बनाउँछ : मन्त्री राई

istiyak rai

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने जानकारी दिएका छन् । उद्योग वाणिज्य संघले सभागृह बनाउन भन्दै भाडामा लिएको सडक विभागको जग्गासम्बन्धी सम्झौता सरकारले खारेज गरेपछि उत्पन्न अन्यौलकाबीच मन्त्री राईले अब नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने बताएका हुन् । अवध पोस्ट्सँग कुरा गर्दै मन्त्री राईले सरकारी तवरबाट बहुउद्देश्यीय सभागृह बनाउन आफूले पहल गरिरहेको बताएका हुन् । जसका लागि नेपालगन्जका मेयर डा. धवल शमशेर राणालाई नगरभित्र उपयुक्त सरकारी जग्गा पहिचान गरी उपलब्ध गराउन आफूले भनेको पनि मन्त्री राईले जानकारी दिए । ‘नेपालगन्ज उद्योग वाणिज्य संघले भाडामा लिएको सडक विभागको जग्गासम्झौता खारेज भएपनि बहुउद्देश्यीय सभागृहको योजना ...

Read More »

उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको सडक विभागको जग्गासम्बन्धी सम्झौता रद्द भएको पुष्टि

udhyog banijya sangh

नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको कारकाँदोस्थित सडक विभागको १० विघा जग्गाको सम्झौता रद्द भएको पुष्टि भएको छ । मन्त्री परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ— नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगन्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगन्जको नाममा कायम गर्ने निर्णय गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले भोगाधिकार पाएको जग्गामा सभागृह बनाउने भन्दै महोत्सवहरु ...

Read More »

अर्को महिना उपमहानगरपालिकाले नगरबस सेवा सुरु गर्दै : बसका कर्मचारीमा महिलालाई प्राथमिकता

नेपालगन्ज भित्रिएका नगरबस ।

आउँदो साउनभित्रमा नगरबस सेवा संचालन गर्ने लक्ष्य लिएको नेपालगन्ज उपमहानगरपालिकाले बुधबार चार वटा बस भित्र्याएको छ । तीन वटा बस भने एक/दुई दिनमै आईपुग्ने बताइएको छ । सुरुवातमा ७ वटा नगरबसबाट सेवा प्रदान गर्ने तयारी भईरहेको र संचालनका लागि कार्यविधि बनाउने काम धमाधम भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार गाडीमा अब सिसि क्यामेरा जडान गर्ने काम चाँडै सुरु गरिँदै छ । नगरबस सेवामा महिला कर्मचारीलाई प्राथमिकता दिने उपमहानगरपालिकाको कार्यनीति छ । जस अनुसार यसअघि नै उपमहानगरपालिकाले करिब ७० जना महिलालाई ड्राईभिङ तालिम समेत दिइसकेको छ । ‘हामीले नगरबसमा महिला कर्मचारीहरुलाई प्राथमिकतामा राख्ने नीति बनाएका ...

Read More »

जग्गा लिज प्रकरण : रद्द सम्झौता पुनः कायम होला त ?

udhyog banijya sangh

उद्योग वाणिज्य संघको लापरबाहीले गर्दा कारकाँदोस्थित सडक विभागको जग्गामा बहुउद्देश्यीय सभागृह बनाउने योजना तुहिने सम्भावना बढेर गएको छ । संघले ५० बर्षका लागि नेपाल सरकारसँग भाडामा लिएको जग्गाबापतको भाडा २०७२ सालदेखि नतिरेपछि ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति–२०७१’ अनुसार सम्झौता रद्द भएको छ । सरकारी जग्गा भाडामा लिने सम्झौता गरेको नेपालगन्ज उद्योग वाणिज्य संघले प्रत्येक महिनाको ५ हजार रुपैयाँका दरले भाडा बुझाउनुपर्ने हुन्छ । कार्यनीतिको दफा २० को उपदफा १ (क) मा जग्गा लिजमा लिनेले दायित्व पुरा नगरेमा, (ख) मा लिइएको उद्देश्य र प्रयोजन अनुसार जग्गा प्रयोग नगरेको पाइएमा र (घ) मा लिजबापत बुझाउनुपर्ने रकम (दफा १७ बमोजिम) ...

Read More »

ग्रीन खजुराको सपना पूरा हुँदै : ‘हरित कृषि र हरित सहरीकरण’को सम्झौतामा हस्ताक्षर

green

खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच मंगलबार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ । उज्वेकस्तानमा जुलाई ८ देखि १० तारिखसम्म सञ्चालन भएको ग्रीन इकोनोमी कार्यक्रममा सहभागि खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ‘हरित कृषि र हरित सहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । खजुरा गाउँपालिका प्रमुख कक्षपति र युएन प्रमुखबीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो । हरित कृषि र हरित सहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि बढ्नेछ । गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटीलगायतका विषयमा पनि छलफल गरेर टुङ्गो लगाइने बताए । हरित खजुरा बनाउने अभियानका लागि ठूलो ...

Read More »

भारतको दवावसामु झुक्यो सरकार : फलफूल र तरकारीको विषादी परीक्षण नगरेरै आयात गर्ने निर्णय

bhansar tarkari (2)

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गरेर मात्र ल्याउन पाउने निर्णयबाट सरकार पछि हटेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण कार्य स्थगन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले हाललाई तरकारी र फलफूलको विषादी परीक्षण गर्ने व्यवस्था स्थगन गर्न ठाडो प्रस्ताव गरेका थिए । यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो । काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र ...

Read More »

प्रहरीले अवैध भनेर समातेका खसी पशु क्वारेन्टाईनले छाडिदियो !

 अगैयाबाट नियन्त्रणमा लिई पशु क्वारेन्टाईनमा बुझाईएका खसीहरु ।

अवैधरुपमा भारतबाट भित्र्याइएका भनिएका १ सय ३१ वटा खसी पशु क्वारेन्टाईन र नेपालगन्ज भन्सार कार्यालयले ‘आर्थिक चलखेल गरेर’ छाडिदिएको खुलासा भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार राति करिब ८ बजे अगैयाबाट ट्रकसहित खसीहरु नियन्त्रणमा लिएर बुझाएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहका अनुसार आवश्यक कागजात नभएको अवस्थामा ट्रकमा लोड गरेर लैजाँदै गरेका भारतबाट ल्याइएका खसी नियन्त्रणमा लिएर भन्सार पठाइएको थियो । तर भन्सार कार्यालयले हामीले हेर्ने हैन भनेर बुझ्न नमानेपछि पशु क्वारेन्टाईको जिम्मा लगाईएको थियो । भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने खसी भन्सारमा नआएको बताए । उनले भने, ‘राजश्व अनुसन्धान कार्यालयमा बुझाए ...

Read More »