मनोरञ्जन

न्यू इयर इभमा नेपालगन्ज ‘मनमगन’ !

siddharth pressmeet (3)

‘मनमगन’ गीतमार्फत नेपाली सांगीतिक क्षेत्रलाई देश/विदेशमा चिनाउने गायक दीपक बज्राचार्यको टीमसँगै बाँकेबासीले नयाँ बर्ष २०७६ लाई स्वागत गर्ने अवसर पाउने भएका छन् । सिद्धार्थ ग्रुपले नयाँ बर्ष २०७६ को अवसर पारेर चैत्र ३० गते होटल सिद्धार्थ भ्यू नेपालगन्जमा आयोजना गर्न लागेको ‘न्यू इयर इभ’ पार्टीमा प्रस्तुतिका लागि गायक बज्राचार्यको रिदम ब्याण्ड यहाँ आउने भएको छ । नेपाली नयाँ बर्ष भब्य र हर्षोल्लासपूर्वक मनाउन सिद्धार्थ ग्रुुपले सबै पुस्तामाझ लोकप्रीय गायक बज्राचार्यको टीमलाई ल्याउने जमर्को गरेको हो । नेपाली नयाँ बर्ष तथा सिद्दार्थ होटेल स्थापना भएको एक दशक पुरा भएको अबसर समेत पारेर नेपाली कलाकार र गीत–संगीतमा रमाउने परिपाटीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ...

Read More »

माघी महोत्सवले पश्चिम तराईका थारु बस्तीमा माघीको रौनक (फोटो फिचर)

IMG_3026

[थारु गोचाली समाजले फत्तेपुरमा आयोजना गरेको माघी महोत्सव उद्घाटन कार्यक्रममा सहभागी थारु अगुवाले संस्कृति, संस्कार, भेषभुषा, रितिरिवाज जिवित रहेमात्र थारु समुदायको पहिचान रहने बताए । महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संस्कृति, भेषभुषा र रितिरिवाज नभएको समुदायको कुनै अर्थ नरहने बताए । उनले रितिरिवाज, संस्कार, परम्परा, भेषभुषा समुदायको गहना भएको बताउँदै उनले समाजलाई सिंगार्ने काम समुुदायको भेषभुषा र संस्कृतिले गर्ने धारणा राखे । ‘भेषभुषा र संस्कृति नभएको समुदाय पानी बिनाको नदी जस्तै हो,’ उनले भने । उद्घाटन समारोहमा कौशल्या मेमोरियल अस्पताल कोहलपुरका प्रवन्ध निर्देशक चन्द्रबहादुर महतोले संस्कृतिले नै समुदायको पहिचान र अस्तित्व जोगाउने भएकोले सवैले आ–आफ्नो ठाउँबाट संस्कृति संरक्षणमा लाग्नु ...

Read More »

रमणीय रानीतलाउ ! (फोटो फिचर)

20181208_142236

नेपालगन्जस्थित रानीतलाउ पुनःनिर्माण गरिएपछि हिंजोआज यहाँ रमाईलो गर्न आउनेहरुको संख्या बढ्दो छ । बोटिङ, बालबालिकाका लागि झुलुवा, चिप्लेटी लगायतको व्यवस्था भएपछि बालबालिका तथा युवाहरु उल्लेख्य संख्यामा रानीतलाउ अवलोकनका लागि पुग्ने गरेका छन् । विशेषगरी रानीतलाउमा विदाका दिन उल्लेख्य घुइँचो लाग्ने गरेको छ । आज शनिबार रानीतलाउको दृश्य यस्तो रह्यो…

Read More »

नितेशसँगै झुम्न आतुर नेपालगन्ज

40404176_333887914016138_2668941103490662400_n

युवा पुस्तामाझ लोकप्रीय गायक नितेशजङ्ग कुँवरको गीतसँगै झुम्ने नेपालगन्जवासीको लामो समयदेखिको चाहना भोलि पुरा हुँदैछ । युवा पुस्ताका भावनाहरुलाई सब्दमा समेटेर चलनचल्तीको गायकी शैलीमा प्रस्तुत गर्दै आएका नितेशको नेपालगन्जमा भोलि साँझ पहिलो कन्सर्ट हुँदैछ । सिद्धार्थ कटेजको गार्डेनमा साँझ पाँचबजेपछि सुरु हुने नितेशको कन्सर्टमा झुम्न यहाँका युवापुस्ता र टीनएजरहरु आतुर देखिएका छन् । नितेशको प्रस्तुतिमा साथ दिँदै सांगीतिक माहोललाई थप रोमाञ्चित बनाउन युवा पुस्ता र टीनएजरहरु समूह/समूह बनाएर कार्यक्रममा जाने तयारी गरिरहेका छन् । नितेशको फ्लर्टी माया, हाम्रो नेपालमा, परि, मिलिजुली लगायत दर्जनबढी गीतहरु टीनएजरहरुमाझ सर्वाधिक लोकप्रीय छन् । भेस्पाको संलग्नतामा टुबोर्गको यो प्रस्तुतीको प्रबद्र्धक एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज ...

Read More »

होटेल सोल्टीमा ‘न्यू इएर इभ’ स्पेशल

passion nepal

नयाँ बर्ष २०७५ को स्वागतमा नेपालगन्जस्थित होटेल सोल्टीमा बृहत सांस्कृतिक कार्यक्रम (न्यू इएर इभ) आयोजना हुने भएको छ । प्यासन नेपाल प्रा.लिले चैत्र ३० गते आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । प्यासन नेपालले आईतबार होटल सोल्टीमै पत्रकार सम्मेलन गरी सांस्कृतिक कार्यक्रममा १९७४ एडी ब्याण्ड, नबिन के भट्टराई, संजीव सिंह लगायतका कलाकारहरुले प्रस्तुती दिने जानकारी दियो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि गायन तथा नृत्य रहने छ । प्यासन नेपालका कार्यकारी प्रमुख भिजन घिमिरेका अनुसार यस्तै प्रकृतिको कार्यक्रम बैशाख १ गते दाङको घोराहीमा पनि आयोजना गरिँदैछ । होटल सोल्टीमा आयोजना हुने कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति २ ...

Read More »

नेपाल आईडलको दोस्रो सिजनको अडिसन भैरहवाबाट सुरु

IMG_6147

राधेश्याम विश्वकर्मा/भैरहवा नेपाल आईडल दोश्रो संस्करणको पहिलो अडिसन भैरहवामा सम्पन्न भएको छ । पहिलो अडिसनमा नै भाग लिन नेपालका बिभिन्न जिल्लाबाट संगीतप्रेमीहरुको घुँईचो लागेको थियो । भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडि) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा मंगलबार नेपाल आइडलको अडिसन भएको हो । अडिसनमा भाग लिन लुम्बिनी अञ्चलका जिल्लाहरु एवम् पूर्वका जनकपूर, पश्चिम रोल्पा, रुकुम, जुम्ला लगायतका जिल्लाबाट सहभागीहरु भैरहवा आएका थिए । अडिसनको लागि मुलुकको विभिन्न स्थानबाट संगितप्रेमीहरु अडिसनमा सहभागी भएको एपीवान एचडी टेलिभिजनका डाइरेक्टर सुरेश पौडेलले जानकारी दिए । संगितप्रेमीहरुको मनोबल उच्च गर्नका लागि नेपाल आइडलको पहिलो सिजनमा टप ५ पर्न सफलरुपन्देहीकी सुजाता पाण्डे र ...

Read More »

मिस कलेज बाँके हुँदै

मिस कलेज बाँकेका प्रतियोगिहरु ।

यही भदौ ३१ गते नेपालगन्जमा मिस कलेज बाँके–२०१७ आयोजना हुने भएको छ । नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा नेपालगन्जमै पहिलो पल्ट मिस कलेज बाँके आयोजना हुन लागेको हो । मिस कलेजको पहिलो संस्करणमा १६ प्रतियोगीको सहभागिता रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । मिस कलेज बाँकेको उपाधि बिजेताले करिब ३ लाख रुपैयाँको ईटालीजेट स्कुटी, फस्ट रनरअपले ल्यापटप र सेकेन्ड रनरअपले एलईडी टेलिभिजन प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै अन्य आठ विधामा उत्कृष्ठ हुनेहरुले पनि आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, बेस्ट पर्सनालिटी, मिस कन्फिडेन्स, बेस्ट ड्रेस, भ्यूअर्स च्वोईस र मिस मल्टिमिडिया विधामा पहिलो हुनेले ...

Read More »

कसले जित्ला मिस नेपालगन्जको उपाधी ?

miss nepalgunj

मिस नेपालगन्जको उपाधीका लागि १० जना प्रतिस्पर्धी भिड्दै छन् । प्रतियोगिताको यो सिजनमा ईन्जिनियरिङ्गदेखि नर्सिङ्का विद्यार्थीसम्म सहभागि छन् । जसले ¥याम्पमा आफ्नो जादु फैलाउने छ अनि बौद्विकता दर्शाउने छ–उसले नै मिस नेपालगन्जको चौथो संस्करणको ताज चुम्ने छ । विशेष गरी नेपालगन्ज र आसपासका युवा पुस्ता मिस नेपालगन्जको चौथो संस्करणको व्यग्र प्रतिक्षामा छन् । एक्स जेनेरेशनको आयोजनामा हुन लागेको मिस नेपालगन्ज प्रतियोगिता शनिबार दिउँसोदेखि सिद्धार्थ कटेजमा सुरु हुँदैछ । असार ३ गते  प्रतियोगितामा उत्रने तयारीमा रहेका मिस नेपालगन्जका सहभागिहरुले यो क्षेत्रमा आउँदा गरेको अनुभव यस्तो छ । सृजना थपलिया, कोहलपुर म पहिले राम्ररी बोल्न पनि हिचकिचाउँथे । धेरै मानिसहरु देखे भने त ...

Read More »

सुरु भो नेपाल आइडल : नेपालगन्ज अडिसनमा उत्साहप्रद सहभागिता

nepal idol

विश्व टेलिभीजनको चर्चित रियालिटी शो फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आडल’ को अडिसन नेपालगन्जबाट सुरु भएको छ । बुधवारबाट सुरु भएको नेपालगन्ज अडिसन भोलिसम्म चल्ने छ ।  नेपालगन्ज अडिसनपछि नेपाली आइडल देशका अरु मुख्य छ सहरहरुमा हुँदै छ । नेपालगन्ज अडिसनमा मध्य तथा सुदुरपश्चिमका गायनमा रुची राख्नेहरुको उत्साहप्रद सहभागिता रह्यो । विहान १० बजेदेखि सुरु भएको अडिसनमा सहभागि हुन प्रतियोगीहरु विहान झिसमिसे उज्ज्यालोबाटै लाईनमा बसेका देखिन्थे । अडिसन स्थल प्रवेशका लागि गेट खुल्नु अघि प्रतियोगीहरुले समूह–समूहमा गीत गाउँदै कार्यक्रमस्थल आसपासलाई समेत संगीतमय बनाएका थिए । गीटार बजाउँदै अभ्यासरत प्रतीयोगीहरुको उत्साह देखेर जयबागेश्वरी स्कुलको दक्षिणी गेटतर्फको सडकमा ओहोरदोहोर गर्नेहरु पनि रोमाञ्चित ...

Read More »

खलनायक बन्दै सरोज

timthumb

कुनै बेला अभिनेता सरोज खनालको परिचय विशुद्ध रंगकर्मीको थियो । पछि विस्तारै फिल्ममा जमे । नेपाली फिल्ममा जमिरहेकै बेला यिनी अमेरिका लागे । लामो समयपछि मुलुक फिरेका उनी फिल्म र रंगकर्ममै क्रियाशील हुने प्रयत्न गरिरहेका छन् । यतिबेला उनै खनाल मण्डला थिएटरको नयाँ नाटकमा देखा पर्दै छन् । सन् १९५७ मा रिलिज एक अमेरिकी फिल्मको नेपाली नाटय रूपान्तरणमा उनी छिट्टै देखिँदै छन्, नकारात्मक भूमिकामा । हतारको निर्णयले कसैको अमूल्य जीवन धरापमा पर्न सक्छ रूप भन्ने सन्देश बोकेको रेगिनाल्ड रोजको अमेरिकी फिल्म ‘१२ एंग्रिमेन’ लाई नाटकको रूपमा राजन खतिवडाले स्टेजमा उतार्न लागेका हुन् । अमेरिकी अदालतमा जुरी मेम्बरले एक घटनामाथि गरेको ...

Read More »