स्वास्थ्य

किन्डरपिलरमा दन्त शिविर : अड्चालिस जना नानीहरुको दाँत परीक्षण गरियो

kinderpiller (2)

नेपालगन्जको शितलनगरस्थित किन्डरपिलर प्रि–स्कुलका नानीहरुको आज दन्त परीक्षण गरिएको छ । डा. बेला अग्रवाल कनोडियाले किन्डरपिलरका स–साना नानीहरुको दन्तपरीक्षण गरेकी थिइन् । किन्डरपिलरका स–साना नानीहरुको स्वास्थ्य परीक्षण गर्ने नियमित कार्यक्रम अन्तरगत शुक्रबार आयोजित निशुल्क शिविरमा यो पटक दन्तपरीक्षण गरिएको हो । जहाँ ४८ जना नानीहरुको दन्तपरीक्षण गरिएकोमा अधिकांशको दाँत स्वस्थ रहेको पाइएको किन्डरपिलर प्रि–स्कुलकी प्रिन्सीपल रिता श्रेष्ठ कक्षपतिले जानकारी दिईन् । ‘स्कुलको नियमित कार्यक्रम अन्तरगत यो पटक अभिभावकहरुको आग्रहमा दन्तशिविर संचालन गरेका हौं । दन्तपरीक्षण गरिएकामध्ये ८ जनाको दाँतमा सामान्य समस्या देखिएको चिकित्सकबाट जानकारी पायौं ।’ प्रिन्सीपल कक्षपतिले भनिन्, ‘सोही अनुसार हामीले अभिभावकलाई आवश्यक औषधोपचारका लागि जानकारी गराएका छौं ।’ ...

Read More »

भारतको दवावसामु झुक्यो सरकार : फलफूल र तरकारीको विषादी परीक्षण नगरेरै आयात गर्ने निर्णय

bhansar tarkari (2)

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गरेर मात्र ल्याउन पाउने निर्णयबाट सरकार पछि हटेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण कार्य स्थगन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले हाललाई तरकारी र फलफूलको विषादी परीक्षण गर्ने व्यवस्था स्थगन गर्न ठाडो प्रस्ताव गरेका थिए । यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो । काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र ...

Read More »

एकता युवा क्लबको उद्घाटनसँगै रक्तदान

yakata club (1)

नेपालगन्ज वडा नं. २२ पुरैनीका युवाहरुको सक्रियतामा एकता युवा क्लब स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी, वडा नं. २२ का अध्यक्ष विद्याराम बर्मा लगायतको आतिथ्यतामा शनिबार एकता युवा क्लबको उद्घाटन गरिएको छ । राजेश कुमार यादव अध्यक्ष रहेको क्लबले विशेषगरी युवाहरुको क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । युवाशक्तिलाई कुलतमा फस्न नदिन र उत्पादनमुलक कार्यमा लगाउन क्लबको स्थापना गरिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका क्लबका सल्लाहका चेतबहादुर घर्तीले बताए । उद्घाटनको अवसर पारेर क्लबले रक्तदान गर्दै पहिलो सामाजिक कामको पनि सुरुवात गरेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा क्लबले आयोजना ...

Read More »

भोलि नेपालगन्जमा नेपाल–भारत मैत्री संघको योग शिविर

1538050190_NepalBharatFriendshipAssociation

विश्व योगा दिवसको अवसर पारेर नेपाल भारत मैत्री संघ बाँकेले भोलि बिहान नेपालगन्जमा योग शिविर आयोजना गर्दैछ । बीवी चोक नजिकै सुनाखरी रेस्टरेन्टको हलमा योगा शिविर आयोजना गर्न लागिएको नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष प्रदीप कुमार गुप्ताले जानकारी दिएका छन् । योगगुरु गिरिराज भट्टराईले शिविरमा प्रशिक्षण दिने छन् ।  शिविरमा संघका केन्द्रीय अध्यक्ष राजकुमार सिन्धी र केन्द्रीय महासचिव श्रीपद कोइराला पनि सहभागि हुने गुप्ताले बताए । हरेक बर्ष जुन २१ तारिखका दिन विश्व योगा दिवस मनाउने गरिएपनि विभिन्न संघ/संस्थाहरुले साताव्यापीरुपमै यो दिवस मनाउने गरेका छन् । शिविर बिहान ६ बजेदेखि सुरु हुने छ ।

Read More »

नेपालगन्ज ग्यालेरीको रक्तदान : २९ पिन्ट रगत संकलन

blood

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा भएको रगतको अभाव पुर्ति गर्न नेपालगन्ज ग्यालेरीले आईतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीले सहकार्य गरेको रक्तदान कार्यक्रममा २९ जना दाताले रक्तदान गरेको नेपालगन्ज ग्यालेरीका एडमिन समीरमान श्रेष्ठले जानकारी दिए । नेपालगन्ज, कोहलपुर लगायतका अस्पतालहरुमा उपचारार्थ आउने विरामीहरुका लागि आवश्यक रगत अभाव भएको भन्ने जानकारी प्राप्त भएपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको पनि श्रेष्ठले बताए । बाँकेमा दैनिक सरदर करिब ५० पिन्ट रगत विरामीहरुका लागि आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।

Read More »

स्वास्थ्यतर्फ कुल बजेटको दश प्रतिशत पु¥याउन पहल गरेको छु– स्वास्थ्य मन्त्री यादव

60391080_1163187570522694_1028546926821244928_n

काठमाडौं २, जेष्ठ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् । यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु¥याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए । महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहिबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,–‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार ...

Read More »

असुरक्षित गर्भपतन प्रकरण : बालिकाको अवस्था ‘आउट अफ डेन्जर’, रगत अँझै आवश्यक

icu pic_nepalgunj medical college kohalpur (2)

असुरक्षित गर्भपतनका कारण ज्यानै जोखिममा परेकी १३ बर्षीया बालिकाका लागि आवश्यक रगत नपाउँदा उपचारमा समस्या परेको छ । बालिकाको एबी नेगेटिभ समूहको रगत अभाव रहेको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ति बालिकाको शरीरमा अहिले मात्र ६ पिन्ट रगत रहेको उपचारमा संलग्न चिकित्सक डा. विनोद महासेठले जानकारी दिए । डा. महासेठका अनुसार बालिकालाई अहिलेसम्म ४ पिन्ट रगत चढाई सकिएको छ । ‘शरीरमा कम्तिमा पनि १० पिन्ट रगत हुनुपर्छ । तर अहिले विरामीको शरीरमा आधामात्र रगत भएको अवस्था छ ।’, डा. महासेठले भने । आवश्यक पर्ने थप रगत संकलनका लागि सबैतिर पहल भईरहेको डा. महासेठले बताए । बालिकाको अवस्था खतरामुक्त ...

Read More »

तेह्र बर्षीया बालिकाको यौन शोषण : गर्भपतन गराउँदा ज्यानै जोखिममा !

icu pic_nepalgunj medical college kohalpur (1)

यौन शोषणमा परेर गर्भ बोकेकी १३ बर्षीय एक बालिकाको गर्भपतन गराउन खोज्दा ज्यानै खतरामा परेको छ । असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिँदा उनको अवस्था चिन्ताजनक छ । अचेत अवस्थामा रहेकी बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भई करिब ३ महिना यता नेपालगन्ज–१० गोसाइँ गाउँमा बस्दै आएकी ति बालिकामाथि यौन शोषण गर्ने व्यक्ति को हुन् अँझै थाहा लागेको छैन । प्रहरी श्रोतका अनुसार घरका सदस्यहरुले नै बालिकाको गर्भपतन गराउन भारतीय सीमावर्ती बजार रुपैडिहा लगेका थिए । यौन शोषण गर्ने व्यक्ति पक्राउ परिनसकेको र बालिका पनि अचेत अवस्थामा रहेको जानकारी दिएको ...

Read More »

दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता हुँदै

saaririk sugathan press meet

यही जेठ ४ गते दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता संयोजक बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी ६ वटा तौल समूहका खेलाडीहरु प्रतियोगितामा सहभागि हुने जानकारी दियो । संघका अध्यक्ष मनोज कुमार श्रेष्ठका अनुसार ५५, ६०, ६५, ७०, ७५ तथा ८० र सोभन्दा माथिका गरी ६ समूहमा विभाजन गरेर खेलाडीहरुको प्रतिस्पर्धा गराईने छ । प्रत्येक समूहबाट प्रि–जजिङ राउण्ड पार गर्ने ५ जनालाई मात्र फाईनल राउण्डमा सहभागि हुने अवसर प्राप्त हुने छ । प्रि–जजिङ राउण्ड भने जेठ ३ गते नै हुने छ । नगरभवनको हलमा संचालन हुने प्रतियोगितामा प्रत्येक ...

Read More »

राधापुरमा कार्डियो डाईबेटिक हेल्थ क्याम्प

health camp pic (1)

मुटु र सुगर सम्बन्धी रोगका विरामीहरुलाई प्राथमिकतासहित सेवा प्रवाह गर्ने उद्देश्यले खजुरा गाउँपालिका–१ राधापुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शुक्रबार दिनभर संचालित शिविरमा ( कार्डियो डाईबेटिक हेल्थ क्याम्पमा) २ सय ५० जनाको स्वास्थ्योपचार गरिएको थियो । जहाँ उपचारार्थ आएका मुटु, रक्तचाप र सुगरका विरामीहरुलाई एक महिनासम्मको औषधि निशुल्क वितरण गरिएको थियो । इसीजी र ब्लड सुगर पनि निशुल्क परीक्षण गरिएको शिविरमा बरिष्ठ फिजिसियन डा. मधु अर्यालसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र वडा नं १ का अध्यक्ष सुमन मल्लको स्वास्थ्य जाँच गरी शिविरको सुरुवात गरिएको थियो । राधापुर स्वास्थ्य चौकी र ...

Read More »