सूचना प्रविधि

आईटी अध्ययनमा आकर्षण : पढाई नसकिँदै कामको अवसर !

nepalgunj college (2)

नेपालगन्ज कलेजबाट सूचना प्रविधि (आईटी) मा स्नातक तह अन्तिम सेमेस्टरको परीक्षा दिएर बसेका धनञ्जय काफ्ले यतिबेला टेक्नोपोएट्स कम्पनीमा आबद्ध छन् । बीएससी सीएसआईटी कोर्ष गरेका धनञ्जय सफ्टवेयर र विभिन्न एप्स बनाउन व्यस्त छन् । सूचना प्रविधि क्षेत्रमा काम गर्न स्थापित नेपालगन्जस्थित टेक्नोपोएट्सले धनञ्जयलाई आकर्षक पारिश्रमिकसहित सेवा–सुविधा दिएर आफ्नो कम्पनीमा आबद्ध गराएको हो । टेक्नोपोयट्सका अलावा धनञ्जय नेपालगन्ज कलेजमै पार्टटाईम काम गरिरहेका छन् भने वेवसाईट डिजाईनको कामलाई पनि सँगसँगै अघि बढाएका छन् । सफ्टवेर निर्माणमा विशेष दख्खल राख्दै आएका धनञ्जय आफ्नो पढाई पुरा नहुँदै राम्रो आर्जन गर्न सफल भएका छन् । हरेक क्षेत्रमा सूचनाप्रविधिको प्रयोग अनिवार्यजस्तै बनेको वर्तमान सन्दर्भमा सूचनाप्रविधिको अध्ययन ...

Read More »

पारदर्शीताको पहल : वडा नं. १८ मा डिजिटल इन्फरमेशन बोर्ड

20190313_151540

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का सबै गतिविधिमा अबदेखि सर्वसाधारणको सहज पहुँच हुने भएको छ । वडा कार्यालयवाट प्रवाह हुने सेवासुविधा, विकास खर्च, कार्यक्रम तथा आयोजना लगायतका विषयमा सर्वसाधारणले सजिलै जानकारी पाउन् भन्ने उद्देश्यले आजदेखि वडा नं. १८ को कार्यालयमा डिजिटल इन्फरमेशन बोर्ड संचालनमा ल्याईएको छ । डिजिटल इन्फरमेशन बोर्डका लागि आवश्यक सफ्टवेयर र स्मार्ट एलईडी टेलिभिजन अमेरिकन एम्बेसीले उपलब्ध गराएको हो । डिजिटल इन्फरमेशन बोर्डबाट अब वडा कार्यालयद्वारा भएका र हुने सबै गतिविधिहरुबारे सर्वसाधारणले जानकारी प्राप्त गर्न सक्ने छन् । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, १८ नं. वडाका वडाध्यक्ष ...

Read More »

जाने हैन त सस्तो बजार ?

IMG_0178

दशैंलाई लक्षित गरेर नेपालगन्ज वितरक संघले आजदेखि नेपालगन्जमा ‘दशैं सस्तो बजार’ संचालन गर्दैछ । नेपाली ग्राहकलाई नेपालमा उत्पादित सामानको बारेमा जानकारी दिन दशैंको अवसरमा सस्तो बजार आयोजना गरिएको हो । भारतीय बजारको तुलनामा धेरै सामानहरु नेपालमै सस्तोमा पाईन्छ भन्ने उपभोक्तामाझ सन्देश प्रवाह गर्ने ‘दशैं सस्तो बजार’को मुख्य उद्देश्य हो ।  ‘दशैं सस्तो बजार’ सञ्चालनार्थ  जिम्मेवारी लिएका विभिन्न व्यवसायीहरु यसको आवश्यकताबारे के भन्छन त ? अजय कुमार टण्डन महासचिव, नेपालगन्ज उद्योग बाणिज्य संघ अन्य दिनमा उपभोक्तालाई केही दिन नसकेपनि दशैंका अवसरमा कोसेलीका रुपमा खाद्यन्न लगायत अन्य दैनिक उपभोग्य सामानमा केही सहुलियत दिएर दशैं मनाउने बातावरण बनाउन नेपालगन्ज उद्योग बाणिज्य संघले ‘दशैं ...

Read More »

नेपालगन्जमा आईसीटीबारे राष्ट्रिय स्तरको गोष्ठि हुँदै

can banke

सूचना र संचार प्रविधि (आईसीटी) बारे नेपालगन्जमा राष्ट्रिय स्तरको गोष्ठि आयोजना हुने भएको छ । चैत्र ३ गते आयोजना हुने गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज/क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति रुची राख्नेहरुको सहभागिता हुने आयोजक कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) बाँके शाखाले जनाएको छ । बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आयोजक क्यान बाँकेले गोष्ठिमा सूचना र संचार प्रविधिबारे प्रशिक्षण पनि दिईने जानकारी गरायो । प्रशिक्षणका लागि आईसीटी क्षेत्रका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी नेपालगन्ज आउने क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनाले जानकारी दिए । क्यानका पूर्व ...

Read More »

गुनासो सुन्न नेपालगन्ज उपमहानगरपालिकामा टोल फ्रि फोन सेवा

toll free

नेपालगन्ज उप महानगरपालिकामा निशुल्क (टोल फ्रि) फोन सेवा संचालनमा ल्याइएको छ । उपमहानगरपालिकासँग सम्वन्धित गुनासा, समस्या राख्न सहज होस् र उपमहानगरसँग सम्बन्धित जानकारीहरु नगरवासीले सहजै निशुल्करुपमा प्राप्त गर्न सकुन् भनेरयो सेवा प्रारम्भ गरिएको हो । देशका कुनै पनि स्थानबाट निशुल्क १६६०८१५२०५२ नम्बरमा कल गर्न सकिने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले जानकारी दिए । यो सेवाबाट उपमहानगरपालिकाका सम्पूर्ण जानकारी समयमै प्राप्त गर्न सकिने छ । यस नम्बरमा फोन गर्दा पैसा नलाग्ने भएको हुँदा सुचना प्रविधिको भरपुर प्रयोग गर्न पनि उपमहानगरपालिकाको सूचना तथा सञ्चार प्रविधि शाखाले जनाएको छ ।

Read More »

नेपालगन्जमा शैक्षिक मेला हुँदै

mtv

साउन ४ र ५ गते नेपालगन्जमा शैक्षिक मेला आयोजना हुने भएको छ । विजनश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्तीदर्शनको सह आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिए । विद्यार्थीहरु राजधानी केन्द्रित हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पद्मा मिडिया ग्रुपका मध्यपश्चिम क्षेत्रीय प्रमुख क्षेत्रनाथ देबकोटाले जानकारी दिए । मेलामा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे छ । नेपालगन्जको सिद्धार्थ कटेजमा आयोजना हुँदैछ । ‘मेलामा ...

Read More »

चौकीदार चुन्न चुनाव !

ad copy

गाउँको सुरक्षाका साथै विविध कार्यक्रमको निम्तो दिनका लागि बाँकेको ईगाउँमा नयाँ चौकीदारको छनौट गरिएको छ । स्थानीय निकायको समेत चुनाव हुन नसकेको बेला बाँकेको इ गाउँमा चौकीदारका लागि चुनाव नै गरिएको छ । चुनावबाट चौकीदार छनोट गरिएको स्थानीयले बताए । सो निर्वाचनले स्थानीय निकायको झझल्को दिएको छ । गाउँमा हुने सामाजिक काम, भेलासहित, व्यक्तिगत बिवाह, ब्रतबन्ध, पुजापाठ लगायतको सूचना दिने चौकीदार छनौटका लागि भएको गाउँभेलामा दुईजनाले आ–आफ्नो दाबी गरेपछि मतदानबाट टुंगो लगाइएको हो । गाउँमा रिक्त रहेको चौकीदार चयनका लागि भएको भेलामा स्थानीय मने सुनार र भिमसिंह सुनारले चौकीदारका लागि दावी गरेका थिए । मतदानमा ८० मत प्राप्त गरी मने ...

Read More »

मन्त्रीद्धारा सरकारी कार्यालय निरीक्षण

16128275_1413135835372828_1083901289_n - Copy

अवधपाेस्ट नेपालगन्ज सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मंगलबार नेपालगन्जस्थित सञ्चारसम्बद्ध सरकारी कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री कार्कीले राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय र जिल्ला हुलाक कार्यालयको निरीक्षण गरेका हुन्। मन्त्री कार्कीलाई राससका क्षेत्रीय प्रमुख नीरज गौतम, टेलिकमका क्षेत्रीय प्रमुख इन्दल यादव र हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले कार्यालयद्वारा सञ्चालित गतिविधि, भौतिक पूर्वाधारको अवस्था र सेवा प्रवाहका विषयमा जानकारी गराएका थिए । यसैबीच मन्त्री कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताए । प्रेस सेन्टर बाँकेद्वारा राँझा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा मन्त्री कार्कीले निर्वाचनका लागि सबै दल तयारी अवस्थामा रहेकाले निर्वाचन ...

Read More »