कलिउड

छक्का पञ्जा–३ एकाउन्न दिन चल्यो : खुसियालीमा केक काटियो

chhakka panja

नेपालगन्जस्थित क्यूएफएक्स बागेश्वरी सिनेमा हलमा छक्का पञ्जा–३ ले ५१ दिन पूरा गरेको छ । नेपालगन्जमा नेपाली चलचित्र ५१ दिन पूरा गरेको यो दोश्रो पटक हो । यसअघि श्रीकृष्ण श्रेष्ठको सुख दुख फिल्मले नेपालगन्जमा ५१ दिन चलेको रेकर्ड बनाएको थियो । चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा बिहीबार क्यूएफएक्स बागेश्वरी सिनेमा हलले केक काटेर खुसीयाली मनाएको छ । दर्शकको माग नघटेका कारण ५१ दिन सम्म चलाएको क्यूएफएक्स बागेश्वरी सिनेमा हलका मेनेजर निरजमान शाक्यले बताए । चलचित्रका निर्माता, निर्देशक र कलाकार नेपालगन्ज आउन नभ्याएपछि सिनेमा हलले केक काटेर खुसीयाली मनाएको उनले बताए । ‘नेपाली चलचित्रको प्रमोशनका लागि पनि हामीले केक काटेर खुसीयाली ...

Read More »

खलनायक बन्दै सरोज

timthumb

कुनै बेला अभिनेता सरोज खनालको परिचय विशुद्ध रंगकर्मीको थियो । पछि विस्तारै फिल्ममा जमे । नेपाली फिल्ममा जमिरहेकै बेला यिनी अमेरिका लागे । लामो समयपछि मुलुक फिरेका उनी फिल्म र रंगकर्ममै क्रियाशील हुने प्रयत्न गरिरहेका छन् । यतिबेला उनै खनाल मण्डला थिएटरको नयाँ नाटकमा देखा पर्दै छन् । सन् १९५७ मा रिलिज एक अमेरिकी फिल्मको नेपाली नाटय रूपान्तरणमा उनी छिट्टै देखिँदै छन्, नकारात्मक भूमिकामा । हतारको निर्णयले कसैको अमूल्य जीवन धरापमा पर्न सक्छ रूप भन्ने सन्देश बोकेको रेगिनाल्ड रोजको अमेरिकी फिल्म ‘१२ एंग्रिमेन’ लाई नाटकको रूपमा राजन खतिवडाले स्टेजमा उतार्न लागेका हुन् । अमेरिकी अदालतमा जुरी मेम्बरले एक घटनामाथि गरेको ...

Read More »

छबिराज ब्यानरमा निर्मात्री शिल्पा, ‘मंगलम’ सुभ साइत

mangalam muhart

अभिनेत्री शिल्पा पोखरेलले निर्माणमा डेब्यू गर्न लागेको फिल्म ‘मंगलम’को शुभ साइत भएको छ । भेट्रान निर्माताको छबि बनाएका छबिराज ओझाको ब्यानरमा बन्न लागेको यो फिल्ममा शिल्पा कार्यकारी निर्माता छिन् । ‘मंगलम’को राजधानीको मैतिदेवी मन्दिर र कमलादी स्थित गणेश मन्दिरमा स्कृप्ट र क्ल्याप पूजा गरियो । जहाँ स्कृप्ट र क्ल्याप पूज्दै निर्माण टिम अनि लिड कलाकारले सफलताको कामना गरे । ‘मंगलम’ फेमिली ड्रामालाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मकी लिड अभिनेत्री शिल्पा नै हुन् । शिल्पाले यो फिल्ममा पुष्प खड्का र पृथ्वीराज प्रसाईंसँग स्कृन सेयर गर्दै्छिन् । फिल्मको छायाँकन माघ ७ गतेबाट सुरु हुने छ ।  फिल्मको सम्पुर्ण छायाँकन काठमाडौंमा नै ...

Read More »

उपमहानगरपालिकाको कार्यशैलीप्रति आक्रोश

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयको पूर्वोत्तरमा रहेको फोहोर

नेपालगन्ज उपमहानगरपालिका यतिबेला फोहोर र अव्यवस्थाको पर्याय जस्तै बनेको छ । उपमहानगरपालिकाको कार्यालयमा लामोसमयसम्म कार्यकारी अधिकृत नहुँदा र त्यहाँको कर्मचारी संयन्त्र निष्क्रिय हुँदा नगर क्षेत्रले फोहोर र अव्यवस्थाको उपमा पाएको हो । भर्खरैमात्र नयाँ कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न आईपुगेका गिरिराज ज्ञवालीका सामु नेपालगन्ज नगरलाई कसरी व्यवस्थित अनि सफा र हराभरा बनाउने भन्ने ठूलै चुनौति तेर्सिएको छ । ज्ञवालीले आउँदा–आउँदै चर्कै गुनासा र दबाबको सामना गर्नुपरिरहेको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा पुगेका जिम्मेवार निकायका प्रतिनिधिहरुले पनि कार्यकारी अधिकृत ज्ञवालीसामु फोहर र अव्यवस्थाबारे थुप्रै गुनासाहरु राखे । कतिपयले उपमहानगरपालिका निकम्मा साबित भईसकेको भन्दै आफुहरुलाई जिम्मा दिए ...

Read More »