समाचार

नेपालगन्ज ग्यालेरीको रक्तदान : २९ पिन्ट रगत संकलन

blood

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा भएको रगतको अभाव पुर्ति गर्न नेपालगन्ज ग्यालेरीले आईतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीले सहकार्य गरेको रक्तदान कार्यक्रममा २९ जना दाताले रक्तदान गरेको नेपालगन्ज ग्यालेरीका एडमिन समीरमान श्रेष्ठले जानकारी दिए । नेपालगन्ज, कोहलपुर लगायतका अस्पतालहरुमा उपचारार्थ आउने विरामीहरुका लागि आवश्यक रगत अभाव भएको भन्ने जानकारी प्राप्त भएपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको पनि श्रेष्ठले बताए । बाँकेमा दैनिक सरदर करिब ५० पिन्ट रगत विरामीहरुका लागि आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।

Read More »

सहकारी वित्तीय संस्थामा २५ करोड अपचलन : बैंकिङ कारोबार बन्द, अध्यक्ष पक्राउ !

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा २५ करोड रुपैयाँ भन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट यति ठूलो परिमाणको रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करिब ५२ करोड रुपैयाँ मौज्दात जम्मा गरेको संस्थामा २६ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताहरुले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्ताहरुलाई दिने रकम नभएपछि आईतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । बचत रकम झिक्न नपाएपछि ग्राहकहरु आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराईदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म ...

Read More »

फुटबलर विपीनको विदाई

20190524_083808

एन्फा एकेडेमीको क्याम्पमा पर्न सफल बाँकेका विपीन थापालाई शुक्रबार नेपालगन्जमा सम्मानसहित विदाई गरिएको छ । १३ बर्षमुनीका फुटबल खेलाडीको देशैभरबाट भएको छनौटमा खजुरा गाउँपालिका–२ का विपीन बाँकेबाट छनौटमा परेका हुन् । विपीनलाई अबको पाँच बर्ष एन्फा एकेडेमीले फुटबल प्रशिक्षण दिनुका साथै पढ्ने, बस्ने र खाने व्यवस्थासिहत फुटबल खेलका लागि आवश्यक किटहरु उपलब्ध गराउने छ । विपीन बाँके जिल्ला फुटबल संघ बाँकेका उपाध्यक्ष नगिना श्रेष्ठ थापाका छोरा हुन् । नेपालगन्ज–११ युथ स्पोर्टस् क्लबको आयोजनामा विपीनलाई सम्मान गरिएको हो । क्लबका अध्यक्ष घनश्याम थापा लगायतले विपीनलाई सम्मान एवम् विदाई गर्दै उनको सफलताको कामना गरेका थिए । सो अवसरमा जुम्ला जिल्ला फुटबल संघका ...

Read More »

नर्वदा दिदीको निधन !

narvada sharma didi

समाजसेवी नर्वदा शर्मा खनाल (नर्वदा दिदी) को आज देहान्त भएको छ । युटेरसको क्यान्सरले एक महिना अघिदेखि थला पर्नु भएकी नर्वदा दिदीको हरिसिद्दी क्यान्सर अस्पताल ललितपुरमा उपचार चलिरहेको थियो । उहाँको निधन शुक्रबार राति करिब साढे १ बजे बजेतिर ७५ बर्षको उमेरमा भक्तपुरस्थित भाई डा. माधव खनालको निवास ग्रिनसिटी अपार्टमेन्टमा भएको हो । नर्वदा दिदी बाँके जिल्लामा मात्र नभएर देशैभर एउटा प्रतिष्ठित समाजसेवीका रुपमा चिनिनुहन्थ्यो । नर्वदा दिदीले आफूलाई समाजसेवामा यसरी समर्पित गर्नुभएको थियो कि सामाजिक कार्यमा समय दिन नसकिएला भनेर विवाह नै गर्नुभएन । सम्भ्रान्त परिवारमा जन्मिएकी नेपालगन्ज बेलासपुरकी नर्वदा दिदीले शिक्षण पेशाबाट सामाजिक कार्य थाल्नु भएको थियो । ...

Read More »

कोहलपुरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाईते

kohalpur pic

कोहलपुरको साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएकी छिन् । मोटरसाईकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाईकल चालक कोहलपुर–८ का ६० बर्षीय खड्क बहादुर घर्ती मगरको मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि बसेकी ५५ बर्षीया श्यामकला घर्ती गम्भीर घाईते भएकी हुन् । घाईते श्यामकलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि चिकित्सकहरुले लखनउ रेफर गरेका छन् । उनलाई उपचारका लागि लखनउ लगिएको छ । आज दिउँसो करिब १२ बजे नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे.१त ६४६९ नं. को ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको भे.४प ७३२९ नं. को मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको ...

Read More »

अस्ट्रेलियामा जीपी फाउण्डेसन सक्रिय

pic-group

गिरिजा प्रसाद कोइरालाले राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जीपी कोइराला फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा पु¥याउने पहल थालिएको छ । १० बर्षे माओवादी सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै नेपाललाई शान्तिपूर्ण राजनीतिक बाटोमा हिंडाउने मुख्य नायक गिरिजा प्रसादको योगदानलाई विदेशमा पनि फैलाउने उद्देश्यअनुरुप अस्ट्रेलियामा जीपी फाउण्डेसनले सक्रियता बढाएको हो । जीपी फाउण्डेसन अस्ट्रेलियाका संयोजक रमेश छतकुलीले फाउण्डेसनलाई चाँडै नै अस्ट्रेलियाव्यापी बनाईने बताएका छन् । हालसालै अस्ट्रेलियाको मेलवर्नमा जीपी फाउण्डेसनले आयोजना गरेको अन्तरक्रियामा संयोजक छतकुलीले जीपी फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा सक्रिय बनाउन लागिपरेको बताएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल प्रमुख अतिथि भएको सो अन्तरक्रियामा अस्ट्रेलिया जनसम्पर्क समितिका ...

Read More »

नदीजन्य पदार्थको अवैध उत्खनन् : अनुगमन समितिले समात्छ, प्रहरीले छाड्छ !

nadi dohan (3)

बाँकेमा राप्ती नदीलगायत आधा दर्जन खोलामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन् भईरहेको छ । उत्खनन्को ठेक्का पाएका ठेकेदार कम्पनीले नदी र खोलामै एक्जाभेटर लगाएर सम्झौता विपरित काम गरिरहेको पाईएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन्ले राप्ती नदी र खोला किनारका बस्तीमा वर्षायाममा बाढी र डुबानको खतरा बढेको छ । अघिल्लो शुक्रबार बिहान पौने ९ बजेतिर राप्ती सोनारी गाउँपालिका– ६ को ढलैया जललाघाट पुग्दा राप्ती नदीको बीच भागमा चार वटा एक्जाभेटरले निर्वाध रुपमा टिप्परमा गिट्टी, बालुवा भरिरहेका थिए । दर्जनौंको संख्यामा टिप्पर र ट्रयाक्टर ओहोरदोहोर गरिरहेका थिए । पत्रकारहरु पुगेको सूचना पाएपछि करिब एक घण्टाको अन्तरालमा फत्तेपुरबाट प्रहरी पनि पुग्यो । तर ...

Read More »

आपत्कालिन सहायतार्थ नेपालगन्जमा फर्वार्ड लजिस्टिक बेस बन्दै

फरवार्ड लजिस्टिक बेस सिलान्यास गरिँदै

आपत्कालिन राहत सामाग्री भण्डारणका लागि नेपालगन्जमा फर्वाड लजिस्टिक बेस (एफएलबी) बन्ने भएको छ । नेपालगन्जको राँझा विमानस्थल परिसरमा बन्ने प्रदेश स्तरीय फर्वाड लजिस्टिक बेसको बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री बेरोनेस अलिजाबेथ सगले आज बिहान सिलान्यास गरिन् । यूके एडको सवा करोड रुपैयाँ सहयोगमा निर्माण भईरहेको राँझास्थित फर्वाड लजिस्टिक बेस सन् २०१९ को सेप्टेम्बर ३० भित्रमा पुरा भईसक्ने छ । संघीय सरकारको गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको साझेदारीमा विश्व खाद्य कार्यक्रमले ३ नं. प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा फर्वाड लजिस्टिक बेस निर्माण गर्दैछ । क्षेत्र नं. ३ को हकमा भने काठमाडौं एयरपोर्टस्थित मानवीय सहायता कक्ष यसअघि देखि नै संचालनमा रहेको छ ...

Read More »

ब्राईटल्याण्ड स्कुलको ज्यादती रोकिएन : दश बर्षे बालकलाई एक घण्टा घाममा उभ्याएर यातना !

फाईल फोटो

अनुशासनको नाममा स–साना नानीहरुमाथि डण्डा चलाउँदै आएको ब्राईटल्याण्ड स्कुलमा फेरि एउटा बालकलाई यातना दिएको घटना बाहिरिएको छ । स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाईमा पनि पर्याप्त ध्यान नदिएको भनेर कम्प्लेन (सिकायत) गर्ने एक अभिभावकका ४ कक्षामा अध्ययनरत १० बर्षे छोरालाई घाममा उभ्याएर यातना दिईएको थाहा भएको छ । आफ्ना छोराहरुले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि आमा सीता राना सिकायत गर्न सोमबार बिहान स्कुल पुगेगी थिईन् । सिकायत गर्दा नै प्रिन्सिपल विजय लामाले सीतामाथि अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरुलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएका थिए । गुनासो गरेकै प्रतिशोधमा आफ्नो कान्छो छोरा शिशिरलाई प्रिन्सिपल लामाले १ घण्टा बाहिर घाममा ...

Read More »

नेपालगन्जका दुई भन्सार अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा

ciaa

नक्कली प्रज्ञापनपत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै नेपालगन्ज भन्सार कार्यालयका २ अधिकृतसहित ४ सरकारी कर्मचारी तथा ५ जना व्यवसायी र एक भन्सार एजेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुककृष्ण अधिकारी र जाँचकी बसन्त कुमार अधिकारी र राजश्व अनुसन्धान विभागका नासु देविबहादुर थापाबिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । भन्सारका तीन कर्मचारीबिरुद्ध भन्सार एजेन्ट र व्यवसायीसँग मिलेमतो गरी नक्कली प्रज्ञापनपत्रमार्फत सामान आयात गरेर भन्सार महसुल तथा राजश्व छली गरेको अभियोग लगाईएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागका नासु थापाबिरुद्ध अनुगमनका क्रममा बदनियतसाथ ...

Read More »