प्रवास/विश्व

एनआरएनए अस्ट्रेलियामा प्रजातान्त्रिक प्यानलको बर्चस्व : अध्यक्षमा कंडेल

keshav kandel australia

एनआरएनए अस्ट्रेलियाको चुनावमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । प्रजातान्त्रिक प्यानलबाट केश कंडेल अध्यक्षमा विजयी भएका छन् । कंडेलले बामपन्थी उम्मेदवार दिनेश पोखरेललाई करिब ४ सय मततान्तरले पराजित गरेका हुन् । कंडेलले करिब ४१ सय मत ल्याउँदा पोखरेलले करिब ३७ सयको आसपासमा मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा पनि प्रजातान्त्रिक प्यानलकै डा. ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । सचिवमा भने बामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुमा सबै प्रजातान्त्रिक प्यानलका विजयी भएका छन् । बामपन्थी निकटस्थहरु समावेशी प्यानलबाट र प्रजातान्त्रिक समूहका उम्मेदवारहरु साझा प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । आठमध्ये अधिकांश स्टेटमा पनि प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरु ...

Read More »

एनआरएनए अस्ट्रेलिया चुनाव : वेस्टर्न अस्ट्रेलियाका दुई सशक्त दावेदार भण्डारी र केसी

navin_pramesh

यही जुलाई ६ तारिखमा (शनिवार) हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचन अन्तरगत वेस्टर्न अस्ट्रेलियाबाट नेतृत्वका लागि दुई जुझारु युवाहरु सशक्तरुपमा मैदानमा उत्रिएका छन् । चितवन भरतपुर घर भई करिब १२ बर्षदेखि अस्ट्रेलियमा रहँदै आएका नविन भण्डारी र नेपालगन्ज घर भई ५ बर्षदेखि अस्ट्रेलियामा रहँदै आएका प्रमेश केसी क्रमशः वेस्टर्न अस्ट्रेलियाका स्टेट को–अर्डिनेटर र युथ को–अर्डिनेटरका लागि बलियो दावेदारका रुपमा एउटै प्यानलबाट चुनावी मैदानमा उत्रिएका छन् । स्टेट को–अर्डिनेटर विजेता स्वतः एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष हुने भएको हँुदा यो पदलाई महत्वपूर्ण मानिन्छ । त्यस्तै अधिकांश युवाहरु रहेको अस्ट्रेलियामा प्रत्येक स्टेटका युथ को–अर्डिनेटरको पनि महत्वपूर्ण भूमिका रहन्छ । स्टेट को–अर्डिनेटरमा उम्मेदवारी दिएका भण्डारीले अस्ट्रेलियामा रहँदै ...

Read More »

अस्ट्रेलियामा जीपी फाउण्डेसन सक्रिय

pic-group

गिरिजा प्रसाद कोइरालाले राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जीपी कोइराला फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा पु¥याउने पहल थालिएको छ । १० बर्षे माओवादी सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै नेपाललाई शान्तिपूर्ण राजनीतिक बाटोमा हिंडाउने मुख्य नायक गिरिजा प्रसादको योगदानलाई विदेशमा पनि फैलाउने उद्देश्यअनुरुप अस्ट्रेलियामा जीपी फाउण्डेसनले सक्रियता बढाएको हो । जीपी फाउण्डेसन अस्ट्रेलियाका संयोजक रमेश छतकुलीले फाउण्डेसनलाई चाँडै नै अस्ट्रेलियाव्यापी बनाईने बताएका छन् । हालसालै अस्ट्रेलियाको मेलवर्नमा जीपी फाउण्डेसनले आयोजना गरेको अन्तरक्रियामा संयोजक छतकुलीले जीपी फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा सक्रिय बनाउन लागिपरेको बताएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल प्रमुख अतिथि भएको सो अन्तरक्रियामा अस्ट्रेलिया जनसम्पर्क समितिका ...

Read More »

डा. रिजालको अस्ट्रेलिया भ्रमण : ‘कांग्रेसजनलाई एकाकार गर्ने अवसर’

60897846_291080598468263_8021929921632796672_n

नेपाली कांग्रेसको पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिको निमन्त्रणामा अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल प्रवासी नेपालीहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् । अस्ट्रेलियामा रहेका नेपाली कांग्रेससम्बद्ध विभिन्न संघ/संगठनका प्रतिनिधिहरुसँग समेत भेटघाट गरी कांग्रेसमा आस्था राख्ने सवै प्रवासी नेपालीलाई एकताबद्ध भई नेपालको विकासमा योगदान पु¥याउन डा. रिजालले आग्रह गरेका छन् । पश्चिम अस्ट्रेलियाको पर्थमा कांग्रेससम्बद्ध संघ/संगठनका प्रतिनिधिहरुसँग भएको अन्तरक्रियामा डा. रिजालले आगामी एनआरएनए (नन रेसिडेन्टल नेपाली अस्ट्रेलिया) निर्वाचनबारे पनि चासो व्यक्त गर्दै सबैलाई समेटेर सहमतिमा अघि बढ्न सुझाव दिएको पर्थमा रहँदै आएका नेपाली कांग्रेसका नेता राजीव नरसिंह केसीले जानकारी दिए । पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष निल थपलियाका ...

Read More »

सबै नेपालीलाई आवास : मन्त्री राई

istiyak

नेपालगन्ज–नेपाल सरकारका सहरी बिकासका मन्त्री मोहम्मद ईस्तियाक राईले अब देशमा कोहि पनि आवास बिहिन नहुने बताएका छन् । बिहिबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा शहरी सघनको सडक उद्घाटन गर्न बर्दिया पुगेका मन्त्री राईले सो कुरा बताए । मन्त्री राईलेले अब देशमा कसैले पनि आवास बिहिन हुनु नपर्ने बताउदै अव आर्थिक बर्षमा जनताको घर घरमा जस्तापाता खरिद गर्न सरकारले नै रकमको आयोजना गर्ने जानकारी दिए। कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रि राईले बर्दिया जिल्लालाई बिकासमा कुनै पनि किसिमको कमि हुन नदिने बताए । उनले अहिले सञ्चालनरत रहेको परियोजना अन्तर्गत रकमको अभाव हुन नदिने र आगामि बर्ष त्यसलाई दोब्बर बनाईने प्रतिबद्धता समेत जाहेर गरे । कार्यक्रममा बोल्दै गुलरिया ...

Read More »

भारतमा बेचिएका आमा–छोराको फिल्मी शैलीमा उद्दार !

प्रतिकात्मक स्केच

भारतको बैंगलुरुमा बेचिएकी एक महिला र उनको २ बर्षीय छोराको उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमान्ले ४ महिना अघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेको प्रारम्भिक जानकारी प्राप्त भएको उद्दारकर्ता मध्येको एक सामाजिक सेवा केन्द्र सोसेक दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । श्रीमान्बाट बेचिएर प्लास्टिक उद्योगमा नारकीय जीवन विताईरहेकी ती महिलाको फिल्मी शैलीमा उद्दार गरिएको थियो । लखनउमा कार्यरत नेपाली मुलका भारतीय प्रहरीले (जो बेचिएकी महिलाका चिनेका व्यक्ति हुन्) व्यक्तिगतरुपमा जोखिम मोलेर महिलाको उद्दार गरेका हुन् । सोसेकका संस्थापक अध्यक्ष थापाका अनुसार बेचिएकी महिलाले लुकिछिपी फोन गरेर आफन्तलाई आफू बेचिएको खबर गरेको र ...

Read More »

नेपालगन्ज गोल्डकपलाई सिंगापुरबाट सहयोग

football sahayog

यही जेठ २१ देखि खजुराको डी गाउँमा आयोजना हुने नेपालगन्ज गोल्डकप फुटबलको तेस्रो संस्करणका लागि सिंगापुरमा बस्ने नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् । नेपालीहरुको पहलमा नेपालगन्ज गोल्डकपका लागि सिंगापुरबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । विशेष गरी सिंगापुरमा रहँदै आएका फिफा मास्टर विप्लप गौतमले यस क्षेत्रको फुटबलको विकासका लागि भनेर आर्थिक सहायता जुटाउन पहल गरेको पनि शाहीले बताए । गौतमसहित नेपाल र सिंगापुरका गरी २४ जनाले मिलेर नेपालगन्ज गोल्डकपका लागि आर्थिक सहयोग गरेका हुन् ।

Read More »

कन्दराको गीतमा नेपालगन्जका प्रमेशको मोडलिङ (भिडियोसहित)

pramesh

कन्दरा ब्याण्डले हिमाल मुनि नामक गीत सार्बजनिक गरेको छ । आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा नेपालको मनमोहक दृश्यसँगै अस्ट्रेलियाको मेलबर्नको दृश्य समेत समेटिएको छ । अस्ट्रेयामा रहँदै आएका नेपालगन्ज–१३ शान्तिनगरका प्रमेश केसीले गीतमा मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् । हिमाल मुनिमा बिबेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/संगीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समाबेश रहेको छ । म्युजिक भिडिओ जीवन रसाइलीले तयार परेका हुन् ।https://www.youtube.com/watch?v=B_c5IlEZco4

Read More »

मुजफ्फर नगरमा रेल दुर्घटना, ३० जनाको मृत्यु

train7

भारतको उत्तर प्रदेशमा पर्ने मुजफ्फर नगरमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा परी पचास जना भन्दा बढी घाइते भएको भारतीय न्यूज पोर्टल जागरण डट कमले जनाएको छ । पुरीबाट हरिद्वार जाँदै गरेको कलिङ उत्कल एक्सप्रेसको १४ वटा डब्बा लिगबाट उछिट्टिएर दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । घाइतेको उद्दार कार्य जारी छ । भारतीय रेल मन्त्री सुरेश प्रभुले घाईतेहरुको उद्धार र प्रभावकारी उपचारका लागि उच्च अधिकारीहरुलाई निर्देशन दिएक छन् ।

Read More »

कम्बोडियाको पहिरोमा परी तीन सय एक जनाको मृत्यु

news feature

 एजेन्सी/  २४ चैत । कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ । गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ । उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ । बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी ...

Read More »