प्रदेश

एक बर्षमा ९९ वटा ठूला दुर्घटना : सातामा एक जनाको मृत्यु, तीन जना घाइते !

accident

बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारीसाधन ठूला दुर्घटनामा पर्ने गरेका छन् । दुर्घटनामा प्रत्येक हप्ता कम्तिमा १ जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रिपोर्ट अनुसार अघिल्लो आर्थिक बर्षमा बाँकेमा ९९ वटा ठूला दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको छ भने १ सय ७५ जना गम्भीर घाइते र ८६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको रिपोर्टमा उल्लेख छ । दुर्घटनाका प्रमुख कारणमा चालकको लापरवाही र तीब्र गति रहेको रिपार्टमा औंल्याइएको छ । ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ ...

Read More »

सामाजिक सद्भावमा साइक्लिस्टहरुको सहकार्य !

पत्रकार सम्मेलनमा आयोजक साइक्लिङ क्लबका उपाध्यक्ष लवराज श्रेष्ठ (बायाँ) र कार्यक्रम संयोजक सतिश निरौला । तस्विर : अवध पोस्ट्

फरक–फरक धार्मिक समुदायलाई आपसमा जोड्दै सामाजिक सद्भाव अभिबृद्धि गर्ने उद्देश्यसहित नेपालगन्ज कोरा साइक्लिङ अर्थात साइकलबाट धार्मिकस्थलहरुको परिक्रमा गरिने भएको छ । हिन्दू, मुस्लिम, बौद्ध, शिख इशाइ समुदायका नेपालगन्जस्थित धार्मिकस्थलसम्म पुगेर एक–अर्काको धर्म, संस्कृति, रितिरिवाज र परम्पराबारे जानकारी आदान–प्रदान गर्न कोरा (परिक्रमा) साइक्लिङ सहयोगी सिद्ध हुने आयोजक नेपालगन्ज साइक्लिङ क्लबको विश्वास छ । आयोजक साइक्लिङ क्लबले बिहीबार पत्रकार सम्मेलन गरी यही शनिबार बिहान साढे ६ बजे न्यूरोडस्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा सुरु हुने जानकारी दियो । नेपालगन्ज कोरामा १ सय ५० जनाभन्दा बढी साइक्लिस्ट (साइकल चालक) सहभागि हुने नेपालगन्ज कोराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए । नेपालका ठूला सहरहरु काठमाडौं, ...

Read More »

तीन थुनुवा हिरासतबाटै फरार !

received_720455355040644

  बाँकेको धनौलीवाट प्रहरी हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ बर्षिय सिमन बि.क, खजुरा ३ का १९ बर्षिय निर्मल थापा र उज्वल कार्की शनिवार राती १२ बजे फरार भएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहेपनी तिनजना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन । ‘चार जना मध्य कतब्य ज्यान मुद्धाका आरोपी त्यही छन’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बिर बहादुर ओलीले भने ‘घटना लगत्तै म आफै त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टी कपडाले छोपेर राखेको अवस्थामा भेटीयो ।’ ...

Read More »

अध्यक्ष कक्षपतिको स्वागत

kismat wellcome

उज्वेकिस्तानमा आयोजित ग्रीन इकोनोमी सम्बन्धी कार्यक्रममा सहभागी भई दीगो कृषि तथा हरित खजुराको लागि सम्झौता गरेर फर्किएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई नेपालगन्ज विमानस्थलमा शनिवार स्वागत गरिएको छ । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, खजुरा गाउँपालिका नेकपाका अध्यक्ष राजकुमार विक, वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँ, सामाजिक विज्ञ पूर्णचन्द्र उपाध्याय, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम शर्मा, उद्योग वाणिज्य संघ खजुराका अध्यक्ष नेत्र रानाभाटलगायतको टोली स्वागतका लागि विमानस्थल पुगेको थियो । खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच गत मंगलबार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको थियो । उज्वेकिस्तानमा ...

Read More »

आर्थिक अपचलन भएको सहकारीको विशेष साधारणसभाबाट सात प्रस्ताव पारित : दुई बर्षभित्र बचतकर्ताको रकम फिर्ता गरिने

bises sadharan sabha

करिब ३८ करोड रुपैयाँ अपचलन भएको सहकारी वित्तीय विकास संस्था लि. नेपालगन्जको विशेष साधारणसभाले अपचलनमा संलग्न भनिएकाहरुको चल/ अचल सम्पत्ति संस्थामा धितो राख्ने र जसले धितो राख्दैन उसलाई मुद्दा चलाउने निर्णय पारित गरेको छ । शनिबार बसेको विशेष साधारणसभाले हिनामिना भएको रकम बराबरको धितो राखेर प्रत्येकको दायित्व अनुसार २ बर्षभित्र रकम फिर्ता लिने निर्णय पारित गरेको हो । संस्थाको यसअघिको छानबिन समितिले करिब ३८ करोड रुपैयाँ अपचलन भएको देखाएपनि त्यो नै अन्तिम नभएको निष्कर्षसहित हेमन्त कर्माचार्य, सर्वदेव प्रसाद ओझा र राजेन्द्र विक सम्मिलित छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा चार्टड एकाउन्टेन्ट र दुई जना बैंकिङ विज्ञ ...

Read More »

नेपालगन्जमा बहुउद्देश्यीय सभागृह सरकारले बनाउँछ : मन्त्री राई

istiyak rai

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने जानकारी दिएका छन् । उद्योग वाणिज्य संघले सभागृह बनाउन भन्दै भाडामा लिएको सडक विभागको जग्गासम्बन्धी सम्झौता सरकारले खारेज गरेपछि उत्पन्न अन्यौलकाबीच मन्त्री राईले अब नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने बताएका हुन् । अवध पोस्ट्सँग कुरा गर्दै मन्त्री राईले सरकारी तवरबाट बहुउद्देश्यीय सभागृह बनाउन आफूले पहल गरिरहेको बताएका हुन् । जसका लागि नेपालगन्जका मेयर डा. धवल शमशेर राणालाई नगरभित्र उपयुक्त सरकारी जग्गा पहिचान गरी उपलब्ध गराउन आफूले भनेको पनि मन्त्री राईले जानकारी दिए । ‘नेपालगन्ज उद्योग वाणिज्य संघले भाडामा लिएको सडक विभागको जग्गासम्झौता खारेज भएपनि बहुउद्देश्यीय सभागृहको योजना ...

Read More »

नेपालगन्ज प्रादेशिक राजधानी नभए कर्णालीमा मिसिने : मेयर राणा

sarbajanik sunuwai (1)

नेपालगन्जका मेयर डा. धवल शमशेर राणाले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन र त्यो नहुने भए कर्णाली प्रदेशमा मिसिने आन्दोलनका लागि मानसिकरुपमा तयार रहन नगरवासीसँग आग्रह गरेका छन् । शुक्रबार नेपालगन्जमा आयोजित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा मेयर राणाले आउने महिनादेखि आन्दोलन थाल्ने तयारीमा लाग्न नगरवासीलाई आग्रह गरेका हुन् । ‘आउने महिनादेखि मुभमेन्ट सुरु गर्ने, जनस्तरमा चेतना फैलाउने हो । विस्तारै प्रादेशिक राजधानीका लागि आन्दोलन र अभियान नै चलाउने हो ।’, मेयर राणाले भने, ‘यदि प्रादेशिक राजधानी नेपालगन्जलाई बनाउन सकिएन भने हामी (बाँके र बर्दिया) कर्णाली प्रदेशमा मिसिन तयार हुनुपर्छ । त्यसका लागि तपाइँहरु मानसिकता बनाउँदै गर्नुस् ।’ मेयर राणाले वर्तमान सरकारले नेपालगन्जलाई ओझेल ...

Read More »

किन्डरपिलरमा दन्त शिविर : अड्चालिस जना नानीहरुको दाँत परीक्षण गरियो

kinderpiller (2)

नेपालगन्जको शितलनगरस्थित किन्डरपिलर प्रि–स्कुलका नानीहरुको आज दन्त परीक्षण गरिएको छ । डा. बेला अग्रवाल कनोडियाले किन्डरपिलरका स–साना नानीहरुको दन्तपरीक्षण गरेकी थिइन् । किन्डरपिलरका स–साना नानीहरुको स्वास्थ्य परीक्षण गर्ने नियमित कार्यक्रम अन्तरगत शुक्रबार आयोजित निशुल्क शिविरमा यो पटक दन्तपरीक्षण गरिएको हो । जहाँ ४८ जना नानीहरुको दन्तपरीक्षण गरिएकोमा अधिकांशको दाँत स्वस्थ रहेको पाइएको किन्डरपिलर प्रि–स्कुलकी प्रिन्सीपल रिता श्रेष्ठ कक्षपतिले जानकारी दिईन् । ‘स्कुलको नियमित कार्यक्रम अन्तरगत यो पटक अभिभावकहरुको आग्रहमा दन्तशिविर संचालन गरेका हौं । दन्तपरीक्षण गरिएकामध्ये ८ जनाको दाँतमा सामान्य समस्या देखिएको चिकित्सकबाट जानकारी पायौं ।’ प्रिन्सीपल कक्षपतिले भनिन्, ‘सोही अनुसार हामीले अभिभावकलाई आवश्यक औषधोपचारका लागि जानकारी गराएका छौं ।’ ...

Read More »

वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सर्यो

adalat

  उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको बाणिज्य इजलास तुलसीपुर उच्च अदालतमा सारिएको छ । मन्त्रीपरिषद्को बैठकले नेपालगन्ज इजलासबाट बाणिज्य इजलास झिकेर तुलसीपुरमा वाणिज्य इजलास गठन गर्ने निर्णय गरेको हो । यसअघि उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास थिएन । बाणिज्य इजलास तुलसीपुर सारिएपछि यहाँका सेवाग्राहीलाई असहज हुने भएको छ । नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सार्ने निर्णय न्यायोचित नभएको टिप्पणी गरेका छन् । अवध पोस्ट्सँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेपालगन्जको तुलनामा तुलसीपुरमा वाणिज्य सम्बन्धी मुद्दा अत्यन्तै न्यून छ । इजलास सरेसँगै अब वाणिज्य सम्बन्धी मुद्दा अब सबै तुलसीपुर जान्छ । जसले गर्दा सेवाग्राहीले सास्ती ...

Read More »

उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको सडक विभागको जग्गासम्बन्धी सम्झौता रद्द भएको पुष्टि

udhyog banijya sangh

नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको कारकाँदोस्थित सडक विभागको १० विघा जग्गाको सम्झौता रद्द भएको पुष्टि भएको छ । मन्त्री परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ— नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगन्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगन्जको नाममा कायम गर्ने निर्णय गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले भोगाधिकार पाएको जग्गामा सभागृह बनाउने भन्दै महोत्सवहरु ...

Read More »