प्रदेश

वडा कप क्रिकेट : परसपुर र ढोडे गाउँ फाईनलमा

cricket (2)

वडा नं. १७ मा जारी वडा कप क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार भएका खेलहरुमा परसपुर क्लब र ढोडे गाउँ क्लब बिजयी भएका छन् । वडा नं. १७ को कार्यालयले आयोजना गरेको प्रतियोगिता अन्तरगत पहिलो खेलमा परसपुरले बसन्तपुरलाई २५ रनको अन्तरले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको परसपुरले ११ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो । जसमा इसरायल इद्रीसीको २४ रन, राजा सल्मानीको १२ रन र तसरिफ इद्रिसीको १२ रनको योगदान रह्यो । जवाफी ब्याटिङमा आएको बसन्तपुर भने १३ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । बसन्तपुरलाई सस्तैमा समेट्ने क्रममा परसपुरका ...

Read More »

खजुरामा मिनी रंगशालाको शिलान्यास

football mini rangsala

खजुरा गाउँपालिका वडा नं. ४ स्थित डि गाउँ स्कूलको फुटबल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न लागिएको छ । ४५ लाख रुपैयाँको लागतमा थालिएको पहिलो चरणको काम अन्तरगत प्याराफिटको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आज शिलान्यास गरे । तीन स्टेपको प्याराफिटको लम्बाई १ सय ४६ मिटरको हुने छ । प्रदेश सरकारको ३६ लाख र गाउँपालिकाको ९ लाख रुपैयाँ बजेटमा प्याराफिट निर्माण थालिएको हो । खेलाडी र खेलप्रेमीहरुको बाहुल्यता रहेको खजुरा क्षेत्रमा पछिल्लो समय धमाधम खेलकुद संरचना बनिरहेका छन् भने खेल गतिविधि पनि नियमितजसो भईरहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लिग चरणको खेल र अघिल्लो बर्षको नेपालगन्ज गोल्डकप पनि मिनी ...

Read More »

कालीचरण बाबाको कर्तुत : झारफुक गर्ने भन्दै साढे पाँच लाखको धनमाल लुटेर टाप !

lutpat pic

ग्रहशान्ति र घरकलह अन्त्य गर्न भन्दै ‘तान्त्रिक’ को शरणमा पुगेका चार जना व्यक्ति नराम्रोसँग ठगिएका छन् । ‘तान्त्रिक’ले झारफुक गर्ने भन्दै चार जनाको करिब साढे ५ लाख रुपैयाँ बराबरको धनमाल लुटेर टाप कसेका छन् । झारफुक गरेर समस्या समाधान गर्ने भनि जंगलमा लगेर नशालु पदार्थ खुवाई लुटपाट गर्ने ‘तान्त्रिक’ कालीचरण बाबालाई अहिले प्रहरीले खोजी गरिरहेको छ । कालीचरणको ठगी धन्धामा फस्ने व्यक्तिहरु अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । सोमबार साँझ सम्म एक जनाको होस् आएपनि तीन जनाको होस् पूर्णरुपमा खुलिनसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष रोक्काका अनुसार सबै जनाको होस ...

Read More »

भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

मृतक

बाँकेको बैजनाथ गाउँपालिकामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो सवा १ बजेतिर पूर्वपश्चिम राजमार्गमा पर्ने बैजनाथ गाउँपालिका–५ ह्याचरी उद्योग नजिकै म्याजिक भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । कोहलपुरतर्फ आउँदै गरेको भे.१ ज १०९८ नं. को म्याजिक भ्यानले भे.५प १३७४ नं. को मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा पछाडि बसेका ५० बर्षीय भीम बहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक बैजनाथ गाउँपालिका– ६ निवासी हुन् । मोटरसाईकल चालक गोपाल खत्री भने सामान्य घाईते भएका छन् । ठक्कर दिने चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Read More »

मालपोतमा किर्ते र हत्या प्रकरण : सोह्र जना जेलमा, तीन जना धरौटीमा रिहा, बाह्र जना फरार !

malpot-pic

मालपोत कार्यालय बाँकेमा भएको किर्ते प्रकरण र उक्त प्रकरणसँग जोडिएको एउटा हत्याकाण्डका गरी कुल १६ जना अभियुक्तहरु जेल चलान भएका छन् । तीन जना धरौटीमा रिहा भएका छन् भने १२ जना अँझै फरार छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार जुनेद अन्सारीको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी र सज्जन सैयाद पुर्पक्षका लागि जेल चलान भएका छन् । त्यस्तै सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न कर्मचारी र लेखन्दास समेत गरी १४ जना पनि जेल चलान भएको प्रहरीले जनाएको छ । ५ नम्बर प्रदेश ...

Read More »

राधापुरमा कार्डियो डाईबेटिक हेल्थ क्याम्प

health camp pic (1)

मुटु र सुगर सम्बन्धी रोगका विरामीहरुलाई प्राथमिकतासहित सेवा प्रवाह गर्ने उद्देश्यले खजुरा गाउँपालिका–१ राधापुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शुक्रबार दिनभर संचालित शिविरमा ( कार्डियो डाईबेटिक हेल्थ क्याम्पमा) २ सय ५० जनाको स्वास्थ्योपचार गरिएको थियो । जहाँ उपचारार्थ आएका मुटु, रक्तचाप र सुगरका विरामीहरुलाई एक महिनासम्मको औषधि निशुल्क वितरण गरिएको थियो । इसीजी र ब्लड सुगर पनि निशुल्क परीक्षण गरिएको शिविरमा बरिष्ठ फिजिसियन डा. मधु अर्यालसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र वडा नं १ का अध्यक्ष सुमन मल्लको स्वास्थ्य जाँच गरी शिविरको सुरुवात गरिएको थियो । राधापुर स्वास्थ्य चौकी र ...

Read More »

अडानमा गैरे

भुवन प्रसाद गैरे

नेपाल अडिटर्स एशोसियसन (अडान) बाँकेको अध्यक्षमा भुवन प्रसाद गैरे निर्वाचित भएका छन् । शुक्रबार नेपालगन्जमा भएको अडानको पाँचौ साधारणसभाले गैरेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । अडान बाँकेको उपाध्यक्षमा दीपक रेग्मी, सचिवमा तुलाराम कुर्मी, सहसचिवमा हरि निरौला र कोषाध्यक्षमा प्रकाशजंग राणा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बाबुराम आँकुरा, घनबहादुर चन्द, दत्तराज हमाल, इशाहक दर्जी, कुलानन्द रेग्मी र निर्मल ढुंगाना रहेका छन् । नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्य सबैले शुक्रबार नै सपथ तथा पदभार ग्रहण गरेका छन् । अधिवेशन नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय उपाध्यक्ष अब्दुल करिम खाँको प्रमुख आतिथ्यतामा भएको थियो ।

Read More »

शुल्क बढाउने निजी विद्यालयहरुको प्रस्ताव ‘अस्वीकृत हुने’

nepalgunj-upamahanagarpalika

शिक्षण शुल्क बढाउने निजी विद्यालयहरुको प्रस्तावमा नेपालगन्ज उपमहानगरपालिकाले सहमति नजनाउने संकेत दिएको छ । बिहीबार बसेको नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा सदस्यहरुले अघिल्लो बर्षकै शुल्क कायम गरिनुपर्ने धारणा राखेका थिए । शुल्क बढाउनुपर्ने मुनासिब कारण नदेखिएको भन्दै बोर्ड सदस्यहरुले प्याब्सन/एनप्याब्सनको प्रस्तावप्रति विमति राखेका थिए । यद्यपी बोर्ड बैठकले उपमेयर उमा थापा मगरको संयोजकत्वमा शुल्क निर्धारण समिति भने गठन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने, ‘शुल्क बढाउने विषयमा निजी विद्यालयहरुबाट भएको प्रस्ताव उपयुक्त रहेको वा नरहेको भन्ने विषयमा सुझाव दिन शुल्क निर्धारण समिति गठन भएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा शुल्क बढाउने वा नबढाउने तय हुन्छ ।’ प्रवक्ता ...

Read More »

कान्तिपुर इन्टरनेशनल कलेजद्वारा नजरिनलाई आर्थिक सहयोग

najarin 1

कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंले नेपालगन्जकी नजरिन दर्जीको अध्ययनमा सघाउ पु¥याउन १२ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । नारायण माबि नेपालगन्जमा कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्रा नजरिनलाई १२ कक्षा अध्ययनका लागि आवश्यक पर्ने रकम कान्तिपुर इन्टरनेशनल कलेजले उपलब्ध गराएको हो । नेपालगन्जमा आयोजित मोटिभेशनल स्पिचसहितको करियर काउन्सिलिङ वर्कसपको अवसर पारेर नजरिनलाई सहयोग रकम उपलब्ध गराईएको थियो । आर्थिकरुपमा कमजोर नजरिनले सहगोग प्राप्त गरेपछि भनिन्, ‘मलाई विश्वास गरेर सरहरुले आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । म अँझै मिहेनत गरेर पढ्छु । मैले पाएको सहयोगको सदुपयोग गर्छु ।’ मोटिभेसनल स्पिचसहितको करियर काउन्सिलिङ वर्कसपमा बाँकेका विभिन्न शिक्षण संस्थाका ११ र ...

Read More »

स्वस्तिका मृत्यु प्रकरणः भिसेरा परीक्षणपछि मृत्युको रहस्य खुल्ला त ?

57471882_437486090127995_2280174764234375168_n

स्वस्तिका लिम्बुको मृत्युको रहस्य भिसेरा परीक्षणपछि मात्र खुल्ने भएको छ । भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा स्वस्तिकाको हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्न लागेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार स्वस्तिकाको मृत्युबारे पोस्टमार्टम रिर्पोटमा स्पष्ट नभएपछि सत्यतथ्य बुझ्न भिसेरा परीक्षण गर्न लागिएको हो । उनले भिसेरा परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाईएको बताए । बैशाख १ गते भृकुटीनगरस्थित आफ्नै निवासमा रहस्यमय मृत्यु भएकी १९ बर्षीया स्वस्तिकाको श्रीमानले नै हत्या गरेको माईती पक्षले आरोप लगाउँदै आएको छ । र, श्रीमान आशिष भनिने मुकेश बुढा ...

Read More »