प्रदेश

मोटरसाइकल दुर्घटनामा मृत्युु

news feature

नेपालगन्जको बाइपास रोडमा मोटरसाईकल दुर्घटना हुँदा अन्दाजी २२ बरका दिनेश लामिछनेको मृत्यु भएको छ । आज बिहान करिब साढे २ बजे बिजुलीको पोलमा मोटरसाईकल ठोकिएको थियो । मृतक लामिछाने मोटरसाईकलको पछाडि बसेका थिए । मोटरसाईकल चलाउने प्रबेश सिंंखडाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Read More »

डुडुवा प्रकरणमा कांग्रेसद्वारा कार्यकर्ताहरुको बचाउ : झुठो मुद्दा लगाईएको दाबी !

duduwa congress

डुडुवा गाउँपालिकामा भएको घटनामा प्रहरी÷प्रशासनले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ— डुडुवा गाउँपालिकामा भएको एक घटनामा एकपक्षीय, राजनीतिक पूर्वाग्रह राखी व्यवहार भएकोप्रति नेपाली कांग्रेस बाँकेको ध्यानाकर्षण भएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँ कुटिएको भनिएको घटनामा आफ्ना निर्दोष नेता÷कार्यकर्ताहरुलाई फसाईएको बाँके कांग्रेसको दाबी छ । सगिरमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जसलाई कांग्रेस बाँकेले पूर्वाग्रही कारबाही बताउँदै आएको छ । ‘गणेश कुमार यादवको खेतजग्गाबाट माटो लिन ट्रयाक्टर गइरहँदा स्वयम् मदिराले लठ्ठीएका ...

Read More »

क्वीक्स कप फुटबल : सुजनको ह्याट्रिकसँगै प्रभात विजयी

quicks football

नेपालगन्जमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तरगत दोस्रो दिनका खेलहरुमा दीपज्योती विद्याश्रम, अरुणोदय बोर्डिङ स्कूल, प्रभात मावि र प्रयत्न इ.मि. स्कूल विजयी भएका छन् । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा प्रभात मावि, बैजनाथले सेन्चुरी एजुकेशनल एकेडेमीलाई ५–१ गोलले पराजित गरेको छ । प्रभातका लागि सुजन रानामगरले ह्याट्रिक गरेका थिए । जारी प्रतियोगितामा सुजनको ह्याट्रिक पहिलो हो । सुजनले ३ मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका थिए । २३ र ४५ मिनेटमा गोल गरेर उनले ह्याट्रिक गरे । प्रभातका लागि नरेश कार्की र जीवन आर्गीले एक/एक गोल गरेका थिए । दीपज्योती विद्याश्रम, चप्परगौडीले दीपज्योती विद्यानेकतन, डिगियालाई २–० ...

Read More »

एकता युवा क्लबको उद्घाटनसँगै रक्तदान

yakata club (1)

नेपालगन्ज वडा नं. २२ पुरैनीका युवाहरुको सक्रियतामा एकता युवा क्लब स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी, वडा नं. २२ का अध्यक्ष विद्याराम बर्मा लगायतको आतिथ्यतामा शनिबार एकता युवा क्लबको उद्घाटन गरिएको छ । राजेश कुमार यादव अध्यक्ष रहेको क्लबले विशेषगरी युवाहरुको क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । युवाशक्तिलाई कुलतमा फस्न नदिन र उत्पादनमुलक कार्यमा लगाउन क्लबको स्थापना गरिएको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका क्लबका सल्लाहका चेतबहादुर घर्तीले बताए । उद्घाटनको अवसर पारेर क्लबले रक्तदान गर्दै पहिलो सामाजिक कामको पनि सुरुवात गरेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा क्लबले आयोजना ...

Read More »

भोलि नेपालगन्जमा नेपाल–भारत मैत्री संघको योग शिविर

1538050190_NepalBharatFriendshipAssociation

विश्व योगा दिवसको अवसर पारेर नेपाल भारत मैत्री संघ बाँकेले भोलि बिहान नेपालगन्जमा योग शिविर आयोजना गर्दैछ । बीवी चोक नजिकै सुनाखरी रेस्टरेन्टको हलमा योगा शिविर आयोजना गर्न लागिएको नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष प्रदीप कुमार गुप्ताले जानकारी दिएका छन् । योगगुरु गिरिराज भट्टराईले शिविरमा प्रशिक्षण दिने छन् ।  शिविरमा संघका केन्द्रीय अध्यक्ष राजकुमार सिन्धी र केन्द्रीय महासचिव श्रीपद कोइराला पनि सहभागि हुने गुप्ताले बताए । हरेक बर्ष जुन २१ तारिखका दिन विश्व योगा दिवस मनाउने गरिएपनि विभिन्न संघ/संस्थाहरुले साताव्यापीरुपमै यो दिवस मनाउने गरेका छन् । शिविर बिहान ६ बजेदेखि सुरु हुने छ ।

Read More »

युक्रेनका विश्वचर्चित डिजे लिनेटा नेपालगन्ज आउँदै : स्नेहा होटलको पुल पार्टीमा जलवा देखाउने !

pool party

विश्वचर्चित डीजे लिनेटाको उपस्थितिमा नेपालगन्जको स्नेहा होटेलमा आउँदो सोमबार डिजे पुल पार्टी आयोजना हुने भएको छ । दिउँसो २ बजेदेखि राति १० बजेसम्म संचालन हुने डिजे पुल पार्टी एक्स जेनेरेसनले आयोजना गर्न लागेको हो भने समन्वय होटेल स्नेहा क्लार्क ईन स्वीट्सले गरेको हो । आयोजक एक्स जेनेरेसनका अध्यक्ष संयोग जंग शाहले शनिबार पत्रकार सम्मेलन गरेर पुल पार्टीको व्यवस्थापन चुस्त पारिने दाबी गरे । अधिकतम ३ सय ५० जनासम्म सहभागि गराईने पुल पार्टीमा प्रत्येक व्यक्तिको प्रवेश शुल्क ५ सय रुपैयाँ लाग्ने पनि शाहले बताए । पुल पार्टीको आकर्षण युक्रेनका डिजे लिनेटा रहने छिन् । उनी विश्वचर्चित सय डिजेमध्येकै एक भएको आयोजकको ...

Read More »

१७ नं. वडाबासीको सुझाव : विद्यालय र वडा कार्यालय छुट्टाछुट्टै राख

wada bhela _17

नेपालगन्ज वडा नं. १७ का वासिन्दाले कृषि, स्वास्थ्य, शिक्षासँगै भैतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राख्न सुझाएका छन् । आगामी आर्थिक बर्षका लागि वडाको योजना तर्जुमा गर्न शनिबार परसपुरमा आयोजित भेलाका सहभागि स्थानीयले सबैभन्दा बढी कृषिसँग सम्बन्धित योजनाहरु अघि सारेका छन् । कृषि व्यवसाय बढ्ता हुने वडा नं. १७ का वासिन्दाले सिचाइँका लागि विद्युत लाईनको विस्तार, बोरिङ, बीऊबिजन लगायतको उपलब्धताका लागि कार्यक्रम बनाउन सुझाव दिएका छन् । भेलामा सय भन्दा बढी योजनाहरु प्रस्ताव भएकामा ५० भन्दा बढी कृषिसँग सम्बन्धित रहेको वडा नं. १७ का अध्यक्ष अजय कुमार पाठकले जानकारी दिए । स्वास्थ्यतर्फ दक्ष चिकित्सकको व्यवस्था, स्वास्थ्य केन्द्रहरुमा औषधिको सहज उपलब्धताको व्यवस्था ...

Read More »

एक दशकमा तयार भयो नेपालगन्जको स्विमिङ पुल : पहिलो पटक जिल्ला स्तरीय पौडी प्रतियोगिता आयोजना

swimming pool

खेलकुदका भौतिक पूर्वाधारमा सम्पन्न नेपालगन्ज रंगशालामा अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल पनि थपिएको छ । स्विमिङ पुल निर्माण भएसँगै अब नेपालगन्ज पनि राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरका पौडी प्रतियोगिता आयोजना गर्न सक्ने भएको छ । नेपालगन्ज रंगशालामा निर्मित अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल परीक्षणका रुपमा संचालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टको उपस्थितिमा शुक्रबारदेखि परीक्षण थालिएको स्वीमिङ पुल पूर्णरुपमा भने अर्को महिनादेखि संचालनमा ल्याईने बताईएको छ । तत्कालिन खेलकुद मन्त्री गणेश बहादुर नेपालीको कार्यकालमा सिलान्यास भएको नेपालगन्ज रंगशालास्थित स्विमिङ पुल करिब १८ करोड रुपैयाँ लागतमा एक दशकपछि संचालनमा ल्याउन सकिएको हो । ५० मिटर लम्बाई र २५ मिटर चौंडाई भएको ...

Read More »

राजापुर हत्या प्रकरणको अनुसन्धानमा भुण्टीको सहयोग

64655889_432253337629857_5431277808431136768_n

बर्दियाको राजापुर नगरपालिकामा पर्ने नंगापुरमा एक जनाको हत्या भएको छ । घरको आँगनमा सुतिरहेको अवस्थामा ५५ वर्षीय जयराम थारुको बुधबार राति हत्या भएको हो । प्रहरीका अनुसार थारुको निधारमा धारिलो हतियार (खुर्पा) प्रहार भएको देखिन्छ । राति खाना खाएर सुतेका थारुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखाबाट कुकुरसहितको टोली पनि बिहीबार बिहानै घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । शाखाका इन्चार्ज प्रहरी निरीक्षक बासुदेव सुवेदीको कमाण्डमा भुण्टी नामको कुकुर घटनास्थलमा पुगेको थियो । ‘भुण्टी घटनास्थलदेखि तीन किलोमिटर परसम्म पुगेर रोकियो । जहाँ एउटा मदिरा ...

Read More »

तरुण दलका रजकमाथि आक्रमण गर्ने तीन जना पक्राउ

gundagardi

राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजक (धोबी)माथि सांघातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले तीनै जनालाई कोहलपुरबाट पक्राउ गरेको हो । बसन्त घर्तीलाई बुधबार पक्राउ गरिएको हो भने नारायण डाँगी र ऋषि देवकोटालाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । कुटपिटमा ८ जना प्रत्यक्ष संलग्न रहेको भन्ने जानकारी आफूसमक्ष आएको बताएका प्रहरी नायब उपरीक्षक सिंहले चाँडै नै सबैलाई पक्राउ गर्ने जानकारी दिए । ‘मेरो जानकारीमा आक्रमणमा ८ जना संलग्न थिए भन्ने आएको छ । खोजतलास जारी छ ...

Read More »