नेपालगन्ज, ९ साउन नेपाल विद्यार्थी संघ बाँकेको प्रतिनिधि छनौटमा अनियमितता भएको भन्दै असन्तुष्ट समुहले विवाद सुल्झाउन कांग्रेस सभापतिलाई ४ दिनको अल्टिमेटम दिएको छ । नेविसंघका जिल्ला सदस्य विवेक मल्लको नेतृत्वमा सयौं नेविसंघका कार्यकर्ताहरु विवाद मिलाउन माग गर्दै आइतबार पार्टी कार्यालय घेराउन गर्न पुगेका थिए । जहाँ पार्टी सभापति किरण कोइराला लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरुले चाँडैं नै विवाद मिलाउने आश्वासन दिएको मल्लले जानकारी दिए । पार्टी सभापति कोइरालालाई उद्धृत गर्दै मल्ले भने,‘यो विषय हामी कुनै पनि हालतमा मिलाउँछौं, छुटेका र छुटाइएकाहरुको नाम दिनुहोस् । म दुवै पक्षलाई सँगै राखेर समाधान निकाल्छु ।’ नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्यले मनोमानी तरिकाले प्रतिनिधि छनौट ...
Read More »प्रदेश
रातभरीको झरीले अस्तव्यस्त नेपालगन्ज
वन उपभोक्त समुहमा दादागिरीः नयाँ कार्यसमितिलाई काम गर्न दिइएन
नेपालगन्ज सिद्धबाबा बन उपभोक्ता समुह फत्तेपुर बाँकेको नयाँ कार्य समिति चयन भइसकेको ९ महिना वितिसक्दा पनि पुरानो कार्यसमितिले कागजात र काठको मौज्दात बझबुझारथ नगरेको खुलासा भएको छ । २०७२ मंसिरमा भएको निर्वाचनबाट विफलाल थारु सिद्धबाबा बन उपाभोक्ता समुहको अध्यक्ष चुनिएका हुन् । तर अघिल्लो कार्यकालकी अध्यक्ष मोतीदेवी बुढाथोकीले बझबुझारथ नगर्ने अडान कसेर बसेकी छिन् । मोतिदेवीका पालामा समुहमा निक्कै अनियमितता भएको कुरा सार्वजनिक हुने डरले बझबुझारथ गर्न आनाकानी गरेको हालको कार्यसमितिका सदस्यहरुको आरोप छ । नयाँ समितिका एक सदस्यले भने, ‘ अहिले पनि मोतीदेवीले समुह मातहतको काठहरु चिरान गरिरहेको भेटिएको छ । हामीले त्यसो नगर, बझबुझारथ गर भन्दा तिमिहरु के ...
Read More »बाँकेमा आधा, बर्दियामा पुरै
नेपालगन्ज । अनियमित बर्षाका कारण बाँकेमा अझै ५० प्रतिशत धान खेत बाँझै छन् । जिल्ला कृषि कार्यालय बाँकेका अनुसार असार समाप्त हुँदा पनि बाँकेमा करिव ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत हसमुल्ला खाँले सिंचाइँ सुविधा भएका अधिकांश गाविसमा भने रोपाई सकिएको बताए । सीतापुर, राधापुर, बिनौना, बैजापुर, फत्तेपुर, नौवस्ता लगायतका गाविसमा रोपाइँ पूरा भएको छ खाँले भने, आकासे पानीको भरमा रोपाइँ हुने अन्य क्षेत्रमा भने हुन सकेको छैन् ।’ बाँकेमा साढे ३६ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । उता बर्दियामा ९२ प्रतिशत धान रोपाइँ पूरा भएको बताइएको छ ...
Read More »अख्तियार विरुद्ध उजुरी
नेपालगन्ज । कृषि अनुसन्धान परिषद् नार्कका कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवलाई घूस सहित अख्तियारले पक्राउ गरेको भनिएको घटनाका सम्बन्धमा राष्टिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । प्राविधिक अधिकृत यादवलाई शुक्रवार साढे १ बजे पक्राउ गर्ने क्रममा कुटपिट र अमानविय व्यवहार भएको भन्दै प्रत्यक्षदर्शीहरुले आयोगमा उजुरी दर्ता गरेका हुन् । बाँके बागेश्वरी २ खजुराका घनश्याम निरौलाले यादवलाई कोसेबाली अनुन्धान कार्यक्रम कार्यालयको उत्तरपट्टी निर्माणाधीन बोरिङ गृह नजिकै कुटपिट गरिरहेको आफूले देखेको बताएका छन् । यादवलाई अख्तियारको टोलीले पक्राउ गरिसकेपछि पनि जथाभावी कुटपिट र गालीगलौज गरेको निरौलाको उजुरीमा उल्लेख छ । उनी हिलाम्ये थिए । उनको नाकबाट रगत बगेको थियो ...
Read More »दुई लाख ५० हजार घूस सहित अधिकृत पक्राउ
बाँके । खजुरा स्थित कोशेबाली कार्यालयमा घूस लेनदेन हुन लागेको सूचना पाएपछि केहि बेर अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयले छापा हानेको छ । एउटा निजी कम्पनीले जडान गरेको ट्युबेलको बिल पास गर्न नेपाल कृषि अनुसन्धान परिषद् काठमाडौको प्राविधिक अधिकृत विरेन्द्र यादवले लिएको २ लाख ५० हजार घूस रकम सहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । घूस लिएर खेतमा भाग्दै गर्दा उनलाई प्रहरी र अख्तियारको टोलीले धान खेतमा लेखेटेर समातेको श्रोतले जनाएको छ । यादवबाट घूस रकम बरामद भएको अख्तियारले जानकारी दिएको छ ।
Read More »बाँकेको महादेवपुरीमा कार दुर्घटना, ४ जना घाइते
नेपालगन्ज, २९ असार / बाँकेको शमशेरगन्जमा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको कार महादेवपुरी गाविस ७ अन्तर्गत पर्ने जंगलमा दुर्घटना भएको हो । बा ९ च. ७२०७ नम्बरको कारको अगाडिको टायर पड्किँदा अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्ष्यदर्शीले अवध पोस्ट्लाई जानकारी गराएका छन् । घाइते २ पुरुष, १ महिला र करिब ३ बर्षिय बालकको अझै परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइते सबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बुझिएको छ । प्रत्यक्षदर्शीका अनुसार बच्चलाई चोटपटक लागेको छैन ।
Read More »डक्टरको लापरवाहीले एमालेका युवा नेताको मृत्यु
डक्टरको लापरवाहीले नेकपा एमाले बाँकेका युवा नेता दत्तबहादुर विकको मृत्यु भएको छ । काँधको हड्डी फुस्किएको सामान्य समस्या भएका विकको वेस्टर्न अस्पताल नेपालगन्ज काडक्टर विनोद थापाको लापरवाहीका कारण मृत्यु भएको उनका परिवारजनले आरोप लगाएका छन् । नेकपा एमाले कोहलपुर नगर कमिटीका सदस्य विकले घरखर्च चलाउन अटो रिक्सा चलाउँथे । जेष्ठ २३ गते मोटरसाइकल र अटो रिक्सा ठोक्किएर भएको दुर्घटनापछि काँध दुखेर उपचारार्थ वेस्टर्न अस्पतालपुगेका कोहलपुर– २ निवासी विकलाई डा. विनोद थापाले काँधको हड्डी फुस्किएको भन्दै सामान्य ब्यान्डेज गरेर पठाएका थिए । करिब १ महिना पुग्न लाग्दा दुखाई कम हुनुको साटो झनै बढ्दै गएपछि विक असार १६ गते हिंडेरै डक्टर थापाकोमा ...
Read More »