राजनीति

अध्यक्ष कक्षपतिको स्वागत

kismat wellcome

उज्वेकिस्तानमा आयोजित ग्रीन इकोनोमी सम्बन्धी कार्यक्रममा सहभागी भई दीगो कृषि तथा हरित खजुराको लागि सम्झौता गरेर फर्किएका खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई नेपालगन्ज विमानस्थलमा शनिवार स्वागत गरिएको छ । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, खजुरा गाउँपालिका नेकपाका अध्यक्ष राजकुमार विक, वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँ, सामाजिक विज्ञ पूर्णचन्द्र उपाध्याय, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम शर्मा, उद्योग वाणिज्य संघ खजुराका अध्यक्ष नेत्र रानाभाटलगायतको टोली स्वागतका लागि विमानस्थल पुगेको थियो । खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच गत मंगलबार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको थियो । उज्वेकिस्तानमा ...

Read More »

नेपालगन्जमा बहुउद्देश्यीय सभागृह सरकारले बनाउँछ : मन्त्री राई

istiyak rai

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने जानकारी दिएका छन् । उद्योग वाणिज्य संघले सभागृह बनाउन भन्दै भाडामा लिएको सडक विभागको जग्गासम्बन्धी सम्झौता सरकारले खारेज गरेपछि उत्पन्न अन्यौलकाबीच मन्त्री राईले अब नेपालगन्जमा सरकारले नै बहुउद्देश्यीय सभागृह बनाउने बताएका हुन् । अवध पोस्ट्सँग कुरा गर्दै मन्त्री राईले सरकारी तवरबाट बहुउद्देश्यीय सभागृह बनाउन आफूले पहल गरिरहेको बताएका हुन् । जसका लागि नेपालगन्जका मेयर डा. धवल शमशेर राणालाई नगरभित्र उपयुक्त सरकारी जग्गा पहिचान गरी उपलब्ध गराउन आफूले भनेको पनि मन्त्री राईले जानकारी दिए । ‘नेपालगन्ज उद्योग वाणिज्य संघले भाडामा लिएको सडक विभागको जग्गासम्झौता खारेज भएपनि बहुउद्देश्यीय सभागृहको योजना ...

Read More »

नेपालगन्ज प्रादेशिक राजधानी नभए कर्णालीमा मिसिने : मेयर राणा

sarbajanik sunuwai (1)

नेपालगन्जका मेयर डा. धवल शमशेर राणाले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन र त्यो नहुने भए कर्णाली प्रदेशमा मिसिने आन्दोलनका लागि मानसिकरुपमा तयार रहन नगरवासीसँग आग्रह गरेका छन् । शुक्रबार नेपालगन्जमा आयोजित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा मेयर राणाले आउने महिनादेखि आन्दोलन थाल्ने तयारीमा लाग्न नगरवासीलाई आग्रह गरेका हुन् । ‘आउने महिनादेखि मुभमेन्ट सुरु गर्ने, जनस्तरमा चेतना फैलाउने हो । विस्तारै प्रादेशिक राजधानीका लागि आन्दोलन र अभियान नै चलाउने हो ।’, मेयर राणाले भने, ‘यदि प्रादेशिक राजधानी नेपालगन्जलाई बनाउन सकिएन भने हामी (बाँके र बर्दिया) कर्णाली प्रदेशमा मिसिन तयार हुनुपर्छ । त्यसका लागि तपाइँहरु मानसिकता बनाउँदै गर्नुस् ।’ मेयर राणाले वर्तमान सरकारले नेपालगन्जलाई ओझेल ...

Read More »

उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको सडक विभागको जग्गासम्बन्धी सम्झौता रद्द भएको पुष्टि

udhyog banijya sangh

नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार दिइएको कारकाँदोस्थित सडक विभागको १० विघा जग्गाको सम्झौता रद्द भएको पुष्टि भएको छ । मन्त्री परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ— नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगन्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगन्जको नाममा कायम गर्ने निर्णय गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले भोगाधिकार पाएको जग्गामा सभागृह बनाउने भन्दै महोत्सवहरु ...

Read More »

डुडुवा प्रकरण : अदालतको आदेशमा कांग्रेस कार्यकर्ताहरु रिहा

congress duduwa

डुडुवा गाउँपालिकामा भएको मारपिटको घटनामा पक्राउ परेका नेपाली कांग्रेसका ५ जना कार्यकर्ता रिहा भएका छन् । ज्यान मार्ने उद्योगको मुद्दा चलाइएका पाँच जनामध्ये ३ जनालाई १०/१० हजार रुपैयाँ धरौटी र २ जनालाई साधारण तारेखमा जिल्ला अदालत बाँकेले रिहा गर्न आदेश दिएको हो । रामकुमार यादव, गणेश यादव र दिनेश यादवलाई धरौटीमा तथा सलिम खाँ र असिफ खाँ साधारण तारेखमा रिहा भएका हुन् । रिहा भएका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस बाँकेले बुधबारै पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको थियो । जहाँ पार्टी सभापति किरण कोइरालाले प्रहरी/प्रशासनले सत्ताको आडमा पूर्वाग्रही तरिकाले आफ्ना कार्यकर्ताहरुलाई फसाउन खोजेपनि अदालतबाट न्यायको आभाष भएको प्रतिक्रिया दिइन् ...

Read More »

डुडुवा प्रकरणमा नेपाली कांग्रेसको चरणबद्ध आन्दोलन : प्रशासनमा धर्नादेखि प्रहरी कार्यालय घेराउसम्म !

शुक्रबार विहान जिल्ला प्रशासनमा धर्ना दिँदै नेपाली कांग्रेसका नेता/कार्यकर्ता l

आफ्ना कार्यकर्ताहरुलाई झुठो मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसले प्रहरी/प्रशासनविरुद्ध चरणबद्ध आन्दोलन थालेको छ । शुक्रबार बिहान १ घण्टा जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको नेपाली कांग्रेसले साँझ जिल्ला भेला गरी चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँसहितका समाजवादी पार्टीका कार्यकर्ताहरुसँग नेपाली कांग्रेसका कार्यकर्ताहरुको मारपिट भएको घटनामा प्रहरी/प्रशासनले सत्ताको दवावमा पूर्वाग्रही तरिकाले आफ्ना कार्यकर्ताहरुलाई फसाएको कांग्रेसको आरोप छ । असार १२ गते डुडुवामा भएको मारपिटको घटनामा नेपाली कांग्रेसका रामकुमार यादव, गणेश यादव, दिनेश यादव, सलिम खाँ र हसिफ खाँविरुद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको छ । तर समाजवादी ...

Read More »

डुडुवा प्रकरणमा कांग्रेसद्वारा कार्यकर्ताहरुको बचाउ : झुठो मुद्दा लगाईएको दाबी !

duduwa congress

डुडुवा गाउँपालिकामा भएको घटनामा प्रहरी÷प्रशासनले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ— डुडुवा गाउँपालिकामा भएको एक घटनामा एकपक्षीय, राजनीतिक पूर्वाग्रह राखी व्यवहार भएकोप्रति नेपाली कांग्रेस बाँकेको ध्यानाकर्षण भएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ का अध्यक्ष सगिर खाँ कुटिएको भनिएको घटनामा आफ्ना निर्दोष नेता÷कार्यकर्ताहरुलाई फसाईएको बाँके कांग्रेसको दाबी छ । सगिरमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जसलाई कांग्रेस बाँकेले पूर्वाग्रही कारबाही बताउँदै आएको छ । ‘गणेश कुमार यादवको खेतजग्गाबाट माटो लिन ट्रयाक्टर गइरहँदा स्वयम् मदिराले लठ्ठीएका ...

Read More »

तरुण दलका रजकमाथि आक्रमण गर्ने तीन जना पक्राउ

gundagardi

राप्ती सोनारी गाउँपालिकाका तरुण दल उपाध्यक्ष प्रदीप रजक (धोबी)माथि सांघातिक आक्रमण गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले तीनै जनालाई कोहलपुरबाट पक्राउ गरेको हो । बसन्त घर्तीलाई बुधबार पक्राउ गरिएको हो भने नारायण डाँगी र ऋषि देवकोटालाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । कुटपिटमा ८ जना प्रत्यक्ष संलग्न रहेको भन्ने जानकारी आफूसमक्ष आएको बताएका प्रहरी नायब उपरीक्षक सिंहले चाँडै नै सबैलाई पक्राउ गर्ने जानकारी दिए । ‘मेरो जानकारीमा आक्रमणमा ८ जना संलग्न थिए भन्ने आएको छ । खोजतलास जारी छ ...

Read More »

अस्ट्रेलियामा जीपी फाउण्डेसन सक्रिय

pic-group

गिरिजा प्रसाद कोइरालाले राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जीपी कोइराला फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा पु¥याउने पहल थालिएको छ । १० बर्षे माओवादी सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै नेपाललाई शान्तिपूर्ण राजनीतिक बाटोमा हिंडाउने मुख्य नायक गिरिजा प्रसादको योगदानलाई विदेशमा पनि फैलाउने उद्देश्यअनुरुप अस्ट्रेलियामा जीपी फाउण्डेसनले सक्रियता बढाएको हो । जीपी फाउण्डेसन अस्ट्रेलियाका संयोजक रमेश छतकुलीले फाउण्डेसनलाई चाँडै नै अस्ट्रेलियाव्यापी बनाईने बताएका छन् । हालसालै अस्ट्रेलियाको मेलवर्नमा जीपी फाउण्डेसनले आयोजना गरेको अन्तरक्रियामा संयोजक छतकुलीले जीपी फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा सक्रिय बनाउन लागिपरेको बताएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल प्रमुख अतिथि भएको सो अन्तरक्रियामा अस्ट्रेलिया जनसम्पर्क समितिका ...

Read More »

डा. रिजालको अस्ट्रेलिया भ्रमण : ‘कांग्रेसजनलाई एकाकार गर्ने अवसर’

60897846_291080598468263_8021929921632796672_n

नेपाली कांग्रेसको पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिको निमन्त्रणामा अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल प्रवासी नेपालीहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् । अस्ट्रेलियामा रहेका नेपाली कांग्रेससम्बद्ध विभिन्न संघ/संगठनका प्रतिनिधिहरुसँग समेत भेटघाट गरी कांग्रेसमा आस्था राख्ने सवै प्रवासी नेपालीलाई एकताबद्ध भई नेपालको विकासमा योगदान पु¥याउन डा. रिजालले आग्रह गरेका छन् । पश्चिम अस्ट्रेलियाको पर्थमा कांग्रेससम्बद्ध संघ/संगठनका प्रतिनिधिहरुसँग भएको अन्तरक्रियामा डा. रिजालले आगामी एनआरएनए (नन रेसिडेन्टल नेपाली अस्ट्रेलिया) निर्वाचनबारे पनि चासो व्यक्त गर्दै सबैलाई समेटेर सहमतिमा अघि बढ्न सुझाव दिएको पर्थमा रहँदै आएका नेपाली कांग्रेसका नेता राजीव नरसिंह केसीले जानकारी दिए । पश्चिम अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्ष निल थपलियाका ...

Read More »