रोचक समाचार

बागेश्वरी मन्दिर परिसर विकासबारे अन्तरक्रिया : दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने निष्कर्ष

bgg

पछिल्लो समय सपिंग कम्लेक्स बनाउने भन्दै विवादीत बनेको बागेश्वरी मन्दिरको गुरुयोजना बनाएर विकास गर्नतर्फ अघि बढ्नुपर्ने नेपालगञ्जका सरोकारवालाहरुले जोड दिएका छन । विकासका लागि नागरिक सरोकार मञ्च बाँकेले आयोजना गरेको साँस्कृतिक सम्पदा हाम्रो सरोकार, बागेश्वरी मन्दिर परिसर विकास बारे अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बागेश्वरी मन्दिरका शोधकर्ताको रुपमा कार्य गरेका संस्कृतिबिद् डा. राजकुमार सुवेदीले मन्दिरको दिर्घकालिन विकासका लागि गुरुयोजना बनाउन जरुरी रहेको बताए । गुरुयोजना नबनाए सम्म सटर बनाउनुको कुनै औचित्य नहुँने बताउँदै उनले मन्दिरको स्वरुप लगायत श्रद्धालु भक्तजनको व्यवस्थापन लगायत विभिन्न पक्षको बारेमा योजना बनाएर अघि नबढेसम्म आर्थिक स्रोत संकलन गर्ने नाममा सटर बनाउनुको अर्थ ...

Read More »

घटनास्थल परिवर्तन गरी फसाउन खोजियो : घटना कैलालीमा, मुचुल्का कोहलपुरको

तस्विर : पत्रकार सम्मेलनमा पीडितका बुवा आमा

जिल्ला अदालत बाँकेमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा प्रहरीले घटनास्थल परिवर्तन गरी फसाउन खोजेको आरोप लागेको छ । वैवाहिक बलात्कार कुटपिट र अङ्गभंग सम्बन्धी एक मुद्दामा प्रहरीले झुठो मुचुल्का तयार गरी घटनास्थल नै परिवर्तन गरेको हो । पीडित परिवारले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी कैलालीमा भएको भनिएको घटनालाई प्रहरीले बाँकेको कोहलपुरमा भएको नक्कली मुचुल्का तयार पारी निर्दोश छोरालाई फसाउन खोजेको भन्दै बुवा रेशम बहादुर मल्लले आपत्ती जनाएका हुन । ‘घटनावारे बुझ्न प्रहरी अहिलेसम्म पनी हाम्रो घरमा पुगेको छैन’ उनले भने ‘तर, कैलालीमा भएको भनिएको घटनालाई कोहलपुरमा हाम्रो घरमा भएको भनी झुठो मुचुल्का तयार पारीएको छ ।’ उनका अनुसार घरपरिवारलाई थाहै नदिएर ...

Read More »

मन्दिर परिसरमा सपिङ्ग कम्पलेक्स निर्माण गरिँदै : निर्माण रोक्न शहरी विकास मन्त्रालयद्धारा गृह मन्त्रालयलाई पत्राचार

bageshary shoping complex

पश्चिम नेपालकै प्रमुख शक्तिपीठ मानिने नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरको किनारामा सपिङ कम्पलेक्स निर्माण हुने भएको छ । बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर छेउमा पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ सपिङ कम्पलेक्स निर्माण गर्न थालेको हो । विगतमा ब्यापारिक सटर भत्काइएको स्थानका व्यवसायीहरुवाट रकम संकलन गर्नुका साथै गुठी ब्यवस्थापन समितिको समेत ९३ लाख रुपैयाको लागतमा कम्पलेक्स बनाउन लागिएको हो । नयाँ बन्ने दुईतले व्यवसायीक भवनको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले शिलान्यास गरी निर्माणकार्य शुरु गरिएको छ । उक्त भवनमा १७ वटा व्यवसायीक सटरहरु रहनछन भने प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने ...

Read More »

छाडा पशुचौपाया व्यवस्थापन गर्न पहल गरिँदै , मेयर राणाको अध्यक्षतामा समिति गठन

main news photo

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि पहल थालेको छ । मंगलवार उपमहानगरपालिकाले गाई संरक्षणका लागि भन्दैे सर्वपक्षीय बैठकको आयोजना गरी औपचारीक रुपमा महत्वपुर्ण निर्णयहरु गरेको हो । पशुचौपायाको दिर्घकालिन व्यवस्थापनका लागि आर्थिक रकमको जोहो गर्न कोष बनाउने, रेखदेखका लागि व्यवस्थापन समिति गठन गर्ने र अनुगमन समिति गठन गर्ने निर्णय भएको हो । बैठकमा नेपालगञ्जका मेयर डा. धवल शमसेर राणाले नेपालगन्जमा छाडा छाडिएका पशुचौपाया विकराल समस्याको रुपमा रहेको भन्दै उनले तत्काल अल्पकालिनसँगै दीर्घकालिन रुपमा समाधानका उपायको लागि खोजी भइरहेको बताए । सर्वपक्षीय बैठकमा बोल्दै मेयर डा. राणाले गाई संरक्षणसँगै अन्य पशुचौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिका तयार रहेको बताउँदै चुनौती बन्दै गएको चौपाया ...

Read More »

पत्रकार विरहीको उपचारकालागि मेयर राणाले गरे ५० हजार सहयोग

hhh

क्यान्सर पीडित बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ५० हजार सहयोग गरेका छन । आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखामा आयोजित कार्यक्रममा मेयर राणाले सो रकम हस्तान्त्रण गरेका हुन । कार्यक्रममा मेयर राणाले शाखा अध्यक्ष ठाकुर सिंह थारुलाई डेढ महिनाको पारिश्रमिक हस्तान्तरण गरेका हुन । नेपालगञ्जमा लामो समयसम्म क्रियाशिल क्यान्सरसँग संघर्षरत पत्रकार विरहीले नेपालगञ्जमा पुर्याएको योगदानको स्मरण गर्दै मेयर राणाले सहयोग गरेको बताए । महासंघले विरहीको उपचारका लागि सहयोग अभियान संचालन गरिरहेको छ । विरहीको. उपचार सहयोगार्थ आइतबारसम्म दुईलाख रकम संकलन भईसकेको महासंघका अध्यक्ष थारुले जानकारी दिए । महासंघले सुरु गरेको अभियानमा ...

Read More »

हरित शहरको शुरुवात : १० हजार विरुवा रोप्ने अभियान शुरु

sssa

नेपालगन्जलाई हरित शहरको रुपमा विकास गर्न थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगन्जको आयोजनामा हरित शहरको रुपमा विकास गर्न बृहत वृक्षारोपण शुरु भएको हो । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले आइतवार नेपालगन्जको जमुनाबाट वृक्षारोपण शुरु गरे । सात वटा प्रदेशका सातै शहरमा विरुवा रोप्ने मन्त्रालयको कार्यक्रम अन्तर्गत नेपालगन्जमा मात्रै १० हजार विरुवा रोपिने उनको भनाइ छ । सरकारले नै देशभर बृक्षारोपण गर्ने अभियान चलाइरहेका बेला शहरी विकास मन्त्रालयले भने प्रदेशका प्रमुख शहरहरुमा त्यहाँको सौन्दर्यकरण र हरियालीका लागि वृक्षारोपण शुरु गरेको हो । सौन्दर्य झल्काउने यि विरुवा भारतको कोलकोत्ताबाट ल्याइएको पनि मन्त्री राइले ...

Read More »

गाई संरक्षणमा लाग्न नेपालगञ्ज ग्यालरीको आब्हान : नेपालगञ्जका युवा गाई बचाउ अभियानमा

1zx

यतीबेला पश्चिम तराईका धेरै स्थानीयतहलाई टाउको दुखाईको विषय बनेको छाडा चौपाया व्यवस्थापन गर्ने कार्य नेपालगञ्ज उपमहानगरपालिकामा समेत विकराल बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको उदासीनताकाकारण चौपाय व्यवस्थापनमा समस्या आएको हो । फलस्वरुप उपमहानगरले निर्माण गरेको कान्जिहाउसमा खाना नपाउनुका साथै औषधी उपचार र स्याहार नपाएर दैनिक रुपमा चौपायाको मृत्यु हुने गरेको छ । तर, पछिल्लो समय केही स्थानीय युवाहरु सामाजिक सञ्जाल मार्फत आब्हान गरी गाई संरक्षण अभियानमा जुटेका छन । स्थानीयतहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुनेमा स्थानीयवासी ढुक्क भएपनी निर्वाचित जनप्रतिनिधि आएको लामो समय वितिसक्दा समेत समस्या झन बल्झिएको हो । सडकमा होस या चौपाया ब्यवस्थापनका लागि भन्दै निर्माण गरेको ...

Read More »

जमुनाह नाकाबाट छयालिस जनाको उद्दार

pppp

नेटवर्किङ विजनेशमा काममा लगाई दिने भन्दै विभिन्न जिल्लाका युवायुवतीहरुलाई ठगी गर्ने मनसायले भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले छयालिस जनाको उद्दार गरेको छ । भारतको चेन्नईमा रहेको ओरियन्स कम्पनीमा नेटवर्किङ विजनेशमा काममा लगाई दिने भन्दै भारततर्फ लैजाँदै गर्दा ईलाका प्रहरी कार्यालय जमुनाह बाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरको हो । भारततर्फ लैजादै गरेको अवस्थामा युवायुवतीहरुको उद्धार गरिएका युवा युवतीहरु दाङ, बाँके, बर्दिया, कैलाली जिल्लाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो कार्यमा संलग्न २ जना लाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।

Read More »

अत्याधुनिक बसपार्क निर्माणमा ढिलाई : उपभोक्ता समितिले थाल्यो निर्माणको थप काम

xcac

नेपालगन्जमा निर्माण थालिएको अत्याधुनिक बसपार्क निर्माण कार्यमा ढिलाई भएको छ । निर्माण कम्पनी यूनाइटेड बिल्डर्सको लापरवाहीका कारण निर्माण कार्यमा ढिलाई भएको हो । बसपार्क निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषको १४ करोड ९४ लाख ७५ हजार ऋण लगानीमा निर्माण कम्पनी यूनाइटेड बिल्डर्ससँग १५ महिनाभित्र सम्पन्न गर्नेगरी ३१ मार्च २०१६ मा सम्झौता गरेको थियो । त्यसयता ५ पटक म्याद थप भएर २०७६ साउन १५ भित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार नेपालगन्ज उपमहानगरले साउन १५ देखि बसपार्क सञ्चालन गर्ने दाबी गर्दै आएपनी निर्माणका कतिपय कामहरु बाँकी नै रहेकोले सञ्चालनमा आउन नसकेको बताईएको छ । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताका अनुसार सम्झौता अनुसार ...

Read More »

वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सर्यो

adalat

  उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको बाणिज्य इजलास तुलसीपुर उच्च अदालतमा सारिएको छ । मन्त्रीपरिषद्को बैठकले नेपालगन्ज इजलासबाट बाणिज्य इजलास झिकेर तुलसीपुरमा वाणिज्य इजलास गठन गर्ने निर्णय गरेको हो । यसअघि उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास थिएन । बाणिज्य इजलास तुलसीपुर सारिएपछि यहाँका सेवाग्राहीलाई असहज हुने भएको छ । नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले वाणिज्य इजलास नेपालगन्जबाट तुलसीपुर सार्ने निर्णय न्यायोचित नभएको टिप्पणी गरेका छन् । अवध पोस्ट्सँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेपालगन्जको तुलनामा तुलसीपुरमा वाणिज्य सम्बन्धी मुद्दा अत्यन्तै न्यून छ । इजलास सरेसँगै अब वाणिज्य सम्बन्धी मुद्दा अब सबै तुलसीपुर जान्छ । जसले गर्दा सेवाग्राहीले सास्ती ...

Read More »