स‌ंगित/कला

नितेशसँगै झुम्न आतुर नेपालगन्ज

40404176_333887914016138_2668941103490662400_n

युवा पुस्तामाझ लोकप्रीय गायक नितेशजङ्ग कुँवरको गीतसँगै झुम्ने नेपालगन्जवासीको लामो समयदेखिको चाहना भोलि पुरा हुँदैछ । युवा पुस्ताका भावनाहरुलाई सब्दमा समेटेर चलनचल्तीको गायकी शैलीमा प्रस्तुत गर्दै आएका नितेशको नेपालगन्जमा भोलि साँझ पहिलो कन्सर्ट हुँदैछ । सिद्धार्थ कटेजको गार्डेनमा साँझ पाँचबजेपछि सुरु हुने नितेशको कन्सर्टमा झुम्न यहाँका युवापुस्ता र टीनएजरहरु आतुर देखिएका छन् । नितेशको प्रस्तुतिमा साथ दिँदै सांगीतिक माहोललाई थप रोमाञ्चित बनाउन युवा पुस्ता र टीनएजरहरु समूह/समूह बनाएर कार्यक्रममा जाने तयारी गरिरहेका छन् । नितेशको फ्लर्टी माया, हाम्रो नेपालमा, परि, मिलिजुली लगायत दर्जनबढी गीतहरु टीनएजरहरुमाझ सर्वाधिक लोकप्रीय छन् । भेस्पाको संलग्नतामा टुबोर्गको यो प्रस्तुतीको प्रबद्र्धक एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज ...

Read More »

होटेल सोल्टीमा ‘न्यू इएर इभ’ स्पेशल

passion nepal

नयाँ बर्ष २०७५ को स्वागतमा नेपालगन्जस्थित होटेल सोल्टीमा बृहत सांस्कृतिक कार्यक्रम (न्यू इएर इभ) आयोजना हुने भएको छ । प्यासन नेपाल प्रा.लिले चैत्र ३० गते आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । प्यासन नेपालले आईतबार होटल सोल्टीमै पत्रकार सम्मेलन गरी सांस्कृतिक कार्यक्रममा १९७४ एडी ब्याण्ड, नबिन के भट्टराई, संजीव सिंह लगायतका कलाकारहरुले प्रस्तुती दिने जानकारी दियो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि गायन तथा नृत्य रहने छ । प्यासन नेपालका कार्यकारी प्रमुख भिजन घिमिरेका अनुसार यस्तै प्रकृतिको कार्यक्रम बैशाख १ गते दाङको घोराहीमा पनि आयोजना गरिँदैछ । होटल सोल्टीमा आयोजना हुने कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति २ ...

Read More »

कन्दराको गीतमा नेपालगन्जका प्रमेशको मोडलिङ (भिडियोसहित)

pramesh

कन्दरा ब्याण्डले हिमाल मुनि नामक गीत सार्बजनिक गरेको छ । आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा नेपालको मनमोहक दृश्यसँगै अस्ट्रेलियाको मेलबर्नको दृश्य समेत समेटिएको छ । अस्ट्रेयामा रहँदै आएका नेपालगन्ज–१३ शान्तिनगरका प्रमेश केसीले गीतमा मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् । हिमाल मुनिमा बिबेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/संगीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समाबेश रहेको छ । म्युजिक भिडिओ जीवन रसाइलीले तयार परेका हुन् ।https://www.youtube.com/watch?v=B_c5IlEZco4

Read More »

सुरु भो नेपाल आइडल : नेपालगन्ज अडिसनमा उत्साहप्रद सहभागिता

nepal idol

विश्व टेलिभीजनको चर्चित रियालिटी शो फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आडल’ को अडिसन नेपालगन्जबाट सुरु भएको छ । बुधवारबाट सुरु भएको नेपालगन्ज अडिसन भोलिसम्म चल्ने छ ।  नेपालगन्ज अडिसनपछि नेपाली आइडल देशका अरु मुख्य छ सहरहरुमा हुँदै छ । नेपालगन्ज अडिसनमा मध्य तथा सुदुरपश्चिमका गायनमा रुची राख्नेहरुको उत्साहप्रद सहभागिता रह्यो । विहान १० बजेदेखि सुरु भएको अडिसनमा सहभागि हुन प्रतियोगीहरु विहान झिसमिसे उज्ज्यालोबाटै लाईनमा बसेका देखिन्थे । अडिसन स्थल प्रवेशका लागि गेट खुल्नु अघि प्रतियोगीहरुले समूह–समूहमा गीत गाउँदै कार्यक्रमस्थल आसपासलाई समेत संगीतमय बनाएका थिए । गीटार बजाउँदै अभ्यासरत प्रतीयोगीहरुको उत्साह देखेर जयबागेश्वरी स्कुलको दक्षिणी गेटतर्फको सडकमा ओहोरदोहोर गर्नेहरु पनि रोमाञ्चित ...

Read More »

पाेखरमा अम्बरको सम्झना

22062016092827internation-music-day-300x0

असार ८, २०७३- अम्बर तिमी संगीतका शिखर,  संगीतका चोली हौ,  नेपाली संगीत यो फूलबारीको अमूल्य माली हौ।  अम्बर तिमी नेपाली मन मुटुका धुन हौ,  उज्यालो दिने, शीतल दिने घाम र जुन हौ। पोखरा उद्योग वाणिज्य संघको हल। खचाखच संगीतप्रेमी। प्राज्ञ हरिदेवी कोइरालाले दिवंगत संगीतज्ञ अम्बर गुरुङको सम्झनामा कविताका यी हरफ सुनाउँदा तालीको गडगडाहटसँगै हलको रौनक संगीतमय बन्यो। विश्व संगीत दिवसका अवसरमा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानले अन्य १७ वटा वाङ्मय संस्थाको सहकार्यमा मंगलबार स्वर्गीय संगीतज्ञ गुरुङको सम्झना गर्‍यो। कार्यक्रममा लोकधुन, लोकगीत, भक्तिसंगीत, भजन, लोकदोहोरी, आधुनिक गीत, लोकबाजा, शास्त्रीय संगीतलगायत सांगीतिक प्रस्तुति गरिएको थियो। ‘अम्बर गुरुङको सांगीतिक योगदान सधंै जीवित रहनेछ,’ ...

Read More »