खेलकुद

फुटबलर विपीनको विदाई

20190524_083808

एन्फा एकेडेमीको क्याम्पमा पर्न सफल बाँकेका विपीन थापालाई शुक्रबार नेपालगन्जमा सम्मानसहित विदाई गरिएको छ । १३ बर्षमुनीका फुटबल खेलाडीको देशैभरबाट भएको छनौटमा खजुरा गाउँपालिका–२ का विपीन बाँकेबाट छनौटमा परेका हुन् । विपीनलाई अबको पाँच बर्ष एन्फा एकेडेमीले फुटबल प्रशिक्षण दिनुका साथै पढ्ने, बस्ने र खाने व्यवस्थासिहत फुटबल खेलका लागि आवश्यक किटहरु उपलब्ध गराउने छ । विपीन बाँके जिल्ला फुटबल संघ बाँकेका उपाध्यक्ष नगिना श्रेष्ठ थापाका छोरा हुन् । नेपालगन्ज–११ युथ स्पोर्टस् क्लबको आयोजनामा विपीनलाई सम्मान गरिएको हो । क्लबका अध्यक्ष घनश्याम थापा लगायतले विपीनलाई सम्मान एवम् विदाई गर्दै उनको सफलताको कामना गरेका थिए । सो अवसरमा जुम्ला जिल्ला फुटबल संघका ...

Read More »

दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता हुँदै

saaririk sugathan press meet

यही जेठ ४ गते दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता संयोजक बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी ६ वटा तौल समूहका खेलाडीहरु प्रतियोगितामा सहभागि हुने जानकारी दियो । संघका अध्यक्ष मनोज कुमार श्रेष्ठका अनुसार ५५, ६०, ६५, ७०, ७५ तथा ८० र सोभन्दा माथिका गरी ६ समूहमा विभाजन गरेर खेलाडीहरुको प्रतिस्पर्धा गराईने छ । प्रत्येक समूहबाट प्रि–जजिङ राउण्ड पार गर्ने ५ जनालाई मात्र फाईनल राउण्डमा सहभागि हुने अवसर प्राप्त हुने छ । प्रि–जजिङ राउण्ड भने जेठ ३ गते नै हुने छ । नगरभवनको हलमा संचालन हुने प्रतियोगितामा प्रत्येक ...

Read More »

अन्तरबैंक फुटसल : कैलाश विकास बैंकलाई उपाधी

footsal pic (1)

प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी कैलाश विकास बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा एसबीआई बैंकलाई सून्यका विरुद्ध तीन गोलले पराजित गर्दै कैलाश विकास बैंकले उपाधी जितेको हो । फाईनलमा कैलाश विकास बैंकका लागि रमेश बोहोराले २ गोल गरे भने निशान थापाले १ गोल गरेका थिए । उपाधि विजेता टोलीले २५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एसबीआई बैंकले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले विजेता/उपविजेता टोली तथा खोलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा अनुशासित टीम भार्गव विकास बैंक भएको छ । कैलाश विकास बैंकका ...

Read More »

वडा कप क्रिकेट : परसपुर विजयी

विजेता टीम परसपुर क्लबलाई ट्रफी प्रदान गर्दै वडा नं. १७ का वडाध्यक्ष अजय कुमार पाठक ।

१७ नं. वडा कप क्रिकेट प्रतियोगिता परसपुर क्लबले जितेको छ । शुक्रबार भएको फाईनलमा ढोडे गाउँ क्लबलाई १० रनले पराजित गर्दै परसपुरले उपाधि जितेको हो । टस जितेर ब्याटिङमा उत्रिएको परसपुरले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउँदै ८२ रन जोडेको थियो । जसमा इसराइल इद्रिसीले २६, मोबिन इद्रिसीले १३ र सुफियान शेषले ११ रन जोडेका थिए । ८३ रनको लक्ष्य पछ्याएको ढोडे गाउँका ब्याट्स्म्यानहरुले बुद्दिमतापूर्वक नखेल्दा म्याच गुमाउनु परेको थियो । आक्रामक ब्याटिङ गर्ने धुनमा ढोडे गाउँका प्रविण सिंह बाहेकका व्याट्सम्यानहरु सस्तैमा पेवेलियन फर्कनु परेको थियो । प्रविणले २८ रन बनाउँदा उनलाई साथ दिने कोही खेलाडी भएनन् । प्रतियोगिताको ...

Read More »

खजुरामा मिनी रंगशालाको शिलान्यास

football mini rangsala

खजुरा गाउँपालिका वडा नं. ४ स्थित डि गाउँ स्कूलको फुटबल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न लागिएको छ । ४५ लाख रुपैयाँको लागतमा थालिएको पहिलो चरणको काम अन्तरगत प्याराफिटको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आज शिलान्यास गरे । तीन स्टेपको प्याराफिटको लम्बाई १ सय ४६ मिटरको हुने छ । प्रदेश सरकारको ३६ लाख र गाउँपालिकाको ९ लाख रुपैयाँ बजेटमा प्याराफिट निर्माण थालिएको हो । खेलाडी र खेलप्रेमीहरुको बाहुल्यता रहेको खजुरा क्षेत्रमा पछिल्लो समय धमाधम खेलकुद संरचना बनिरहेका छन् भने खेल गतिविधि पनि नियमितजसो भईरहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लिग चरणको खेल र अघिल्लो बर्षको नेपालगन्ज गोल्डकप पनि मिनी ...

Read More »

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहको कार्यतालिका यस्तो छ

फोटो : विष्णु कंडेल

– बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ । – साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ । – ५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ । – ६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ । – ६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ । – ७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ । – ७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ । – सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगीतिक गतिविधि गर्ने छन् ।। – करिब ९ बजे सम्म ...

Read More »

आठौं खेलुकद : नेपालगन्जमा हक्की सुरु

hakki 3

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको हक्की खेल आजदेखि नेपालगन्जस्थित मंगल माबिको मैदानमा सुरु भएको छ । बिहान भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाली सेनालाई बराबरीमा रोकेको छ । सुरुवातदेखि अन्त्यसम्म नै गण्डकी प्रदेशलाई दवावमा राखेपनि नेपाली सेनाले गोल भने गर्न सकेन । डिफेण्डिङ् च्याम्पियन नेपाली सेनालाई बराबरीमा रोकेपछि गण्डकी प्रदेशले जीत झैं खुसीयाली मनाएको छ । बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । गण्डकी प्रदेशका कोच राजेन्द्र पाठकले नयाँ खेलाडीहरुलाई मैदानमा उतारेर नेपाली सेनालाई बराबरीमा रोक्नु जीत सरह नै भएको प्रतिक्रिया दिएका छन् । गण्डकी प्रदेशका ६ राम्रा खेलाडी विभागीय टोली नेपाल पुलीसमा आबद्ध भएको पाठकको ...

Read More »

कट्कुइँयामा टी–ट्वान्टी क्रिकेट टुर्नामेन्ट शुरु

Crick Naraina-04

नरैनापुर(बाँके), फागुन २६ । नरैनापुर गाउँपालिकाको मँझरेटीमा आजदेखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई आपसमा जोड्ने भन्दै प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने बताएका शाहले खेल मैदानको विकास र स्तरोन्नति गर्ने प्रतिबद्धता पनि जनाए । उनले अब निर्माण हुने रंगशालाले नरैनापुरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ...

Read More »

पूर्वाधार निर्माणको काम नसकिँदा आठौं राष्ट्रिय खेलकुद अन्योलमा ः मिति तोक्न केन्द्रमाथि दवाव

khelkud

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने हो भन्ने अँझै पनि अलमल नै छ । आयोजनाको जिम्मेवारी पाएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले चैत्र अन्तिम साताभित्र जसरी पनि आठौं राष्ट्रिय खेलकुद गर्ने बताइरहँदा निर्णायक राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) भने प्रतियोगिताको मिति तोक्न सकिरहेको छैन । कतिपय पूर्वाधार निर्माणका कामहरु नसकिएको कारण देखाउँदै राखेप प्रतियोगिता आयोजना हुने निश्चित मिति तोक्न अनकनाईरहेको हो । आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति भने कुनै पनि बहानामा प्रतियोगिता सार्न नहुने पक्षमा देखिएको छ । तर, प्रतियोगिताको मिति तय गराउनका लागि राखेपलाई मनाउन आफूबाट मात्र सम्भव नहुने देखिएपछि आयोजक मध्यपश्चिम खेलकुद विकास समितिले सबैतिरबाट दवाव सृजना गराउने र जसरी पनि प्रतियोगिता ...

Read More »

मेयर कप फुटबलको उपाधि बाँके शिक्षालाई, पूर्णसिंहको रह्यो महत्वपूर्ण योगदान

football (2)

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि बाँके शिक्षाले चुमेको छ । शुक्रबार धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा भएको उपाधि भीडन्तमा बाँके शिक्षाले आदर्श उच्च माविविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । निर्धारित समयमा दुवै टोलीले २–२ बराबरी गोल गरेपछि खेल सोझै टाईब्रेकरमा लगिएको थियो । टाईब्रेकरमा बाँके शिक्षाले आदर्शविरुद्ध ५–४ को अग्रता बनाउँदै मेयर कपको उपाधिमा कब्जा जमाएको हो । टाईब्रेकरमा आदर्शका रोशन बुढामगरको सुरुवाती प्रहार नै बाँके शिक्षाका किपर डेबीड केसीले रोकेका थिए भने बाँके शिक्षाका रबिन्द्र थापा मगरको प्रहार आदर्शका किपरले सेभ गरेका थिए । पाँचौ नम्बरमा पेनाल्टी प्रहार गरेका आदर्शका नबिन थापाको गोल बाँके शिक्षाका किपर डेबिडले ...

Read More »